रत्ननगर १६ मा पैसठ्ठी लाख लागतमा बाख्रापालन प्रोजेक्ट सुरु हुँदै

0
52

निराजन घिमिरे, चितवन- चितवनको रत्ननगर १६ पिठुवामा रहको प्रगतिशील बाख्रापालन कृषक समूह र लाईफ स्टक सेक्टर ईनोभेसन आयोजनाको सयुक्त लगानीमा उन्नत बाख्रापालन तथा खसीबोका बिक्रि वितरण उप-आयोजना संचालन हुने भएको छ। पशुजन्य पदार्थको उत्पादकत्व तथा मूल्य शृंखलामा वृद्धि र छनोट गरिएका पशुजन्य वस्तुमा आधारित साना किसान तथा उद्धमीको जीवनस्तर सुधार गर्ने उद्धेश्यले संचालित लाईफ स्टक सेक्टर ईनोभेसन आयोजना देशका २८ जिल्लाका २७९ स्थानीय तहमा संचालित छ ।

पशुको क्षेत्रमा नीतिगत सुधार गर्दै नविनतम प्रविधिको प्रयोग मार्फत विकास र समृद्धिको राष्ट्रिय लक्ष्यमा टेवा पुर्याउनु यस योजनाको ध्यय हो । यो कार्यक्रम अन्तर्गत प्रादेशिक तहमा विकेन्द्रिकृत आयोजना ईकाई सक्रिय छन् । यहि कार्यक्रम अन्तर्गत रत्ननगर १६ पिठुवाका बाख्रापालक कृषकहरुको साझेदारीमा उन्नत बाख्रापालन तथा खसीबोका बिक्रि वितरण उप-आयोजना संचालन हुने भएको हो ।

उप-आयोजना संचालन बारे सम्झौता सम्पन्न भईसकेको सार्वजनिक सुनुवाई गरि जानकारी गराईएको छ । सार्वजनिक सुनुवाई अगाडी कृषक समुहले एक कार्यक्रमको आयोजना गरि उप-आयोजनाको कार्यालय समेत उद्घाटन गरेको थियो । वडा नं १६ को कार्यालय परिसरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा समूह कि अध्यक्ष ईश्वरी सिंखडाको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिको रुपमा वडाध्यक्ष हेमराज थापा हुनुहुन्थ्यो । त्यस्तै कार्यक्रमा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका दिनेश ढकाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगाले, भद्रकाली माविका प्रा.अ तिलक कुँवर, सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरी पनेरु लगायतको आतिथ्यता रहेको थियो ।

करिब ६५ लाखको लागतमा संचालन हुन लागेको उप-आयोजनामा २० प्रतिशत अर्थात् करिब १३ लाख कृषक समूह, ३० प्रतिशत अर्थात १९ लाख रुपैयाँ एनसीसी बैंक रत्ननगर र बाँकी ५० प्रतिशत अर्थात ३२ लाख रुपैयाँ लाइभस्टक सेक्टरले लगानी गरि उन्नत बाख्रापालन तथा खसीबोका बिक्रि वितरण उप-आयोजना संचालन गर्न लागेको समुहकी अध्यक्ष ईश्वरी सिम्खडाले जानकारी दिईन् ।

रत्ननगर नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा थापाले किसानको हक हितका लागि सहयोग गर्न सधै तयार रहेको बताए ।आफु पनि बाख्रापालक कृषक भएको जानकारी दिंदै थापाले कृषकको समस्यामा आफु सधैं साथमा रहने प्रतिबद्धता ब्यक्त गरे ।

उप-आयोजना बाट रत्ननगर १६ का सोह्र घरपरिवारका ४५ पुरुष र ३५ महिला गरि ८० जना प्रत्यक्ष लाभान्वित हुनेछन । आयोजनाले खसीबोका उत्पादन गर्ने, स्थानियस्तरमा रोजगारी सिर्जना गर्ने, बाख्रापालानामा आधुनिक प्रविधिको प्रयोग गरि उत्पादन तथा उपादकत्व वृद्धि गर्ने, खसीबोकाको बजार सुनिश्चित गर्न श्रोत केन्द्र स्थापना गर्ने, मासुका लागी खसीबोका तथा पाठापाठी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

https://www.ujyaalonepalnews.com/archives/17674

Previous articleछ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ
Next articleशिव परियार र ‘एकदुमे’ संगै झुमे दर्शक, रत्ननगर महोत्सवमा २५ हजार दर्शकको भिड