काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ । सूचिकृत कम्पनीहरू मार्फत प्राप्त विवरणका आधारमा नेप्सेले सो कम्पनीहरूको वर्गीकरण गरेको हो ।

नेप्सेले सूचिकृत सङ्गठित संस्थाहरूलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार वटा समूहमा वर्गीकरण गरेको जनाएको छ ।

नेप्सेले गरेको वर्गीकरणमा ‘ए’ समूहमा २५ वटा वाणिज्य बैङ्क, ४ वटा विकास बैङ्क, २ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ३ वटा हाइड्रोपावर कम्पनी र १ उत्पादन तथा प्रशोधन कम्पनी गरी ३६ वटा कम्पनी परेका छन् ।
त्यसैगरी ‘बी’ समूहमा ९ वटा कम्पनी परेका छन् । जसमा २ वटा फाइनान्स कम्पनी, ४ वटा लघुवित्त संस्था, २ वटा हाइड्रोपावर कम्पनी र १ लगानी कम्पनी परेको छ ।
समूह ‘जी’ मा ८ वटा लघुवित्त संस्था, ५ वटा जीवन बिमा कम्पनी, ३ वटा निर्जीवन बिमा कम्पनी, १४ वटा जलविद्युत कम्पनी, ४ वटा लगानी कम्पनी तथा अन्य होटेल तथा पर्यटन समूहका एउटा कम्पनी गरी ३६ वटा कम्पनी परेका छन् ।
नेप्सेले समूह ‘जेड’ मा भने एउटा वाणिज्य बैङ्कसहित १४८ वटा कम्पनी परेका छन् ।
कम्पनीहरूबाट प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरूको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/17940


