बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना, एकको मृत्यु , ५ जना घाइते

बैतडी- बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हिजो साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएर दुर्घटना हुँदा सुर्नया-३ का २५ वर्षीय दुर्गा चन्दको मृत्यु भएको हो । उनको उपचारका लागि डडेल्धुरा लैजादै गर्दा बाटोमानै मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर राजेश शाहीले बताउनुभयो । घाइते हुनेमा सुर्नया-३ का ३५ बर्षीया माधवी चन्द, ३५ बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट रहेका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै समान्य घाइते भएका सुर्नया-३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पाटनमा उपचार पछि घर फर्किएका प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

घर पोत्नका लागि रातो माटो ल्याउन उनीहरु पाटन गएको बताइएको छ । ट्रक चालक पाटन ४ का विरेन्द्र खत्री फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/17946

Previous articleनेप्सेद्वारा सूचीकृत कम्पनीहरूको वर्गीकरण
Next articleजापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर लगानी गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।