Home Uncategorized किरणको टोलीको चौथो जित

किरणको टोलीको चौथो जित

राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतीय लिगमा बुधबार चौथो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा नेरोकालाई ३–२ ले हराउँदै पन्जाबले लिगमा लिगमा चौथो जित हात पारेको हो।

१० खेलमा ४ मा जित, ५ बराबरी गरेको पन्जाबले एक खेल गुमाएको थियो। १ खेल कम खेलेको मोहन बगान २० अंकसहित शीर्षस्थानमा रहँदा १७ अंक जोडेको पन्जाब दोस्रो स्थानमा यथावत छ। गुरु नानक स्टेडियममा २–० ले पछि परेको खेल उल्टाउँदै पञ्जावले नतिजा आफ्नो पक्षमा पारेको हो।

पन्जाबका लागि डिपान्डा डिकाले ह्याट्रिक पुरा गरे। बरुणले चौथो मिनेटमा गोल गर्दै नेरोकालाई अग्रता दिलाएका थिए। २० औं मिनेटमा टेटी फिलिपले गोल गर्दै अन्तरलाई दोब्बर पारेपछि पन्जाब दबाबमा परेको थियो। तर, डिकाले २७ औं मिनेटमा गोल गर्दै गोलअन्तर घटाएका थिए। ४४ औं मिनेटमा डिकाले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। पहिलो हाफमा २–२ को बराबरी भएको खेलमा पञ्जाबले अन्तिम मिनेटमा गोल गर्दै महत्वपूर्ण जित निकालेको हो।

पञ्जावले आगामी २६ गते आइतबार शीर्षस्थानको मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ। खेल, कल्याणी स्टेडियममा सवा ५ बजे सुरु हुनेछ।

भारतले अमेरिकी रोमियो हेलिकप्टर खरिद गर्ने

Previous articleरोहित जकार्तामै रहने, २ वर्षको सम्झौता नविकरण
Next articleदुई खेलअगावै सुपरओभरमा भारतलाई शृंखला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।