दुई खेलअगावै सुपरओभरमा भारतलाई शृंखला

सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पाँच खेलको ट्वान्टी–२० सिरिज भारतले २ खेलअगावै आफ्नो पक्षमा पारेको छ। सुपर ओभरमा न्युजिल्यान्डले दिएको १८ रनको चुनौतीलाई पछ्याएको भारतले अन्तिम बलमा छक्का प्रहार गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो।

सुपर ओभरमा भारतलाई अन्तिम २ बलमा १० रन आवश्यक हुँदा रोहितले लगातार दुई छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। सुपर ओभरअघि पाहुना टोली भारतले प्रस्तुत गरेको १ सय ० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रनमा सीमित भएपछि खेल सुपर ओभरमा गएको थियो।

न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ९५ रनको उत्कृष्ट पारी खेले। ४ बलको सामना गरेका उनले ८ चौका र ६ छक्कासहित ९५ रन बनाएका थिए। ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले ३१ रन र कोलिन मुनरोले १४ रन जोडे। भारतका शार्दुल ठाकुर र मोहम्मद शामिले समान २ विकेट लिए। युजवेंद्र चहल र रविन्द्र जडेजाले पनि आफ्नो नाममा १–१ विकेट लेखाए।

त्यसअघि हामिल्टनस्थित सेडानपार्कमा सिरिजको तेस्रो खेलमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो। ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र लोकेश राहुलले ९ रनको साझेदारी गरे। लोकेश ८ दशमलव ६ ओभरमा २७ रन जोड्दा कोलिन डीको बलमा मुनरोको हातबाट क्याच आउट भए। हामिश बेनेटको बलमा क्याच आउट भएका रोहितले ६५ रनको योगदान दिए। ४० बलको सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। कप्तान विराट कोहलीले ३ रन जोडे।

न्युजिल्यान्डका हामिश बेनेटले ३ तथा कालिन डी ग्राण्डहोम र मिचेल सान्टनरले समान १ विकेट लिए। सिरिजको चौथो खेल पर्सि शुक्रबार हुनेछ।

विवाद भएपछि विपक्षीको यौनांग टोकिदिने फुटबलरलाई पाँचवर्ष प्रतिबन्ध

Previous articleकिरणको टोलीको चौथो जित
Next articleमनाङको अपराजित यात्रा कायमै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।