यी र्यापरले अन्तरबार्तामै छाडा गीत गाएपछि (भिडियो सहित)

0
58

ईटहरी / युवापुस्ता माझ खुबै लोकप्रिय रहेको र्यापले यतिबेला बजार पिटेको छ । समय र परिस्थिति आधुनिकता तर्फ ढलिक्दै जादा र्याप हान्ने र्यापरहरुको लाईन पनि बढ्दै गएको देख्न सकिन्छ । तर यसमा आउने केही अस्लिल शब्दहरुले भने कहिले काही बिबाद सिर्जना गर्ने गर्छ । यस्तैमा एक र्यापर र्यापको दुनियामा आफ्नो भविश्य खोजिरहेका छन् । हेर्नुस् सो र्यापर संग गरिएको रमाइलो कुराकानी ।

यी र्यापर हुन् बिशाल सैजु श्रेष्ठ । उनले आफुलाई ‘एनके सम्राट’ टाईटल दिएका छन् । काठमाडौ घर भएपनि उनी बिगत २ वर्ष देखि झापामा बस्दै आएका छन् । उनी र्याप हान्ने सपना पूरा गर्न नै झापा आएको बताउछन् । घरमा बसेर आफ्नो परिवारले र्याप हान्ने माहौल सिर्जना नगर्दिएपछि आफू बाध्य भएर यो सपना पूरा गर्न घर छोडेको सुनाए ।

उनको र्यापमा पनि कहि कतै अश्लिस शब्द हरु भेटिन्छन् । तर, सबै गीतहरुमा उनले अश्लिलतालाई फैल्याएका भने छैनन् । घर छोडेर झापामा कोठा लिई एक्लै बस्दै आएका विशाल २ छाक टार्न र र्याप गाउने सपना पूरा गर्नलाई एक होटलमा सेफ को काम गरिरहेका छन् । उनले ‘दामी सम्बन्ध’, ‘काण्ड’ जस्ता र्याप गितहरु गाईसकेका छन् । उनको दामी सम्बन्ध गीतको भने १ बर्ष अघि नै म्युजिक भिडियो सार्बजनिक भैसकेको छ ।

The post यी र्यापरले अन्तरबार्तामै छाडा गीत गाएपछि (भिडियो सहित) appeared first on Purbeli News.

रत्ननगर अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्ट, पिसिआर मेसिन पनि तत्कालै आइपुग्ने

Previous articleखर्च जोगाउन बीबीसीले ४५० रोजगार कटौती गर्ने
Next articleजन्मदिनको अवसरमा चन्द्रागिरि केवलकार सेवा निःशुल्क