Home Uncategorized राष्ट्रपतिबाट दाहाललाई राष्ट्रियसभामा मनोनित

राष्ट्रपतिबाट दाहाललाई राष्ट्रियसभामा मनोनित

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/18576

Previous articleनाबालिकाहरुलाई यौनदुर्व्यवहार गर्ने चितवनका दुई शिक्षक पक्राउ
Next articleऔद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।