चितवन । नेपाली कांग्रेसबाट रत्ननगर नगरपालिकाको मेयर पदका उम्मेदवार प्रलाद सापकोटाले गरेको सामाजिक योगदानकै कारण उनले स्थानीय तहको निर्वाचनमा एउटा महत्वपूर्ण अबसर प्राप्त गरेका छन् ।
चितवनकै पुरानो नगर रत्ननगर नगरपालिकाको नेतृत्व गरेर राजनीति तथा सामाजिक क्षेत्रमा स्थापित हुने यो उनको जीवनकै पहिलो खुडकिलो पनि हो । यस अघि उनले पार्टीको संगठन निर्माण र सामाजिक क्षेत्रमा गरेको कामलाई समेत कम आकलन गर्न सकिदैन । लामो समय युवा पुस्तामा लोकप्रिय रहेका सापकोटा पछिल्लो समय पार्टी र नगरभित्रका बुढापाकाहरुसंग पनि आत्मिय छन् । नेपाली कांग्रेस रत्ननगर नगर समितिका सभापति समेत रहेका सापकोटाको राजनीतिक तथा सामाजिक योगदान लामो छ ।
अन्य नेताहरु मेयरको टिकटको लागि दौडधुप गर्दा सापकोटा भने सामाजिक काममा गरेको योगदानकै कारण आफुले टिकट पाउनेमा विश्वस्त थिए । उनलाई कार्यकर्ता तहबाटै मेयर बन्न चर्को दबाब थियो । सापकोटा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको दुई दशक बढी भइसक्यो । विरामीको उपचार,अन्यायमा परेकालाई न्याय दिलाउन उनले सँधै नेतृत्वदायी भूमिका निर्वाह गरिरहे ।
अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिलचियर,आर्थिक अभावका कारण उपचार नपाएर विस्तारामा थलिएकालाई आर्थिक सहयोग र आर्थिक अभावकै कारण विद्यालय जान नसकेकाको अभिभावक बनेर शिक्षा दिँदै आएका छन् । व्यवसाय तथा सामाजिक काममा सक्रिय सापकोटाले आफुले कमाएको केही हिस्सा दीनदुःखीको सेवामा खर्च गर्दै आएका छन् । २०४९ सालमा तत्कालीन शक्तिखोर गाविसबाट प्रत्यक्ष राजनीतिमा संलग्न भई राजनीतिक यात्रा सुरु गरेका सापकोटाले ११ बर्ष विदेश बसाई पछि स्वदेश फर्किएर २०६७ साल देखि तरुणदल चितवनको राजनीतिक यात्रा सुरु गरेका हुन ।
२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ मा युवा परिचालन समितिको संयोजक रही पार्टीलाई निर्वाचन जिताउन सफल भएका थिए । २०७२ सालमा भएको पार्टीको १३औं महाधिवेशनमा नेपाली कांग्रेस जिल्ला सदस्यमा निर्वाचित भएका सापकोटा लगतै चितवन जिल्लाको तरुण विभाग प्रमुख भएका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा रत्ननगरको युवा परिचालन र संघीय निर्वाचनको समेत युवा परिचालन समितिमा नेतृत्वदायी भूमिका निभाउन सफल भएका थिए ।
२०७८ सालबाट चितवनकै पुरानो क्याम्पस शहीद स्मृति बहुमुखी क्याम्पस टाँडीको व्यवस्थापन समितिको सदस्य बनेका सापकोटाले उच्च शिक्षा अध्ययनको लागि विपन्न समुदायका विद्यार्थीलाई सहयोग गरेका थिए । कोरोनाको पहिलो लहरले आक्रान्त परेका समुदायको हितका लागि स्वास्थ्य सामाग्री र विपन्न समुदायलाई खाद्यान्न समेत वितरण गरेका थिए । अरुको सेवा गर्दा गर्दै सापकोटा आफै संक्रमित समेत हुन पुगेको थिए ।
२०७२ सालको विनासकारी भूकम्पले पीडित बनेका कमजोर आर्थिक अबस्थाका समुदायलाई दुरदराजमा रहेका विपन्न बस्तीमा पुगेर खाद्यान्न तथा लत्ताकपडा,त्रिपाल,भाडाकँुडा र औषधि सामाग्री प्रभावित क्षेत्रमा पुगेरै हस्तान्तरण गरेका थिए ।
https://ujyaalonepalnews.com/archives/19558


