काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता ढाँट्ने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दनक दिएका छन् ।
शनिवार काठमाडौंमा आयोजित ‘नेपालमा लोकतन्त्रमाथि चुनौती र अगाडिको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रवक्ता शर्माले बुढीगण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाइरहेको सरकारले बुढीगण्डकी चिनियाँ गेजुवा कम्पनीलाई दिएको खुलासा गरे ।
उनले नेपाली लोकतन्त्र विधि मात्रै नभएर संस्कृति पनि भएको बताए । सरकारले पछिल्लो समय अगाडि सारेका विधेयकले लोकतन्त्र नै खतरामा परेको बताउँदै शर्माले भने, ‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक जसरी सरकारले ल्याएको छ । त्यसले लोकतन्त्रमाथि खतरा छ । बुढीगण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले लिने तर चिनियाँ गेजुवा कम्पनीलाई दिने ? यस्तो अपारदर्शीताले खतरा छ ।’
संविधानको दायरा बढाउन सरकारले गम्भीरता देखाउनुपर्ने र नभए लोकतन्त्रलाई नै त्यसले खतरा गर्ने शर्माले बताए ।
कार्यक्रममा पत्रकार बबिता शर्मा लगायतले धारणा राखेका थिए । कार्यक्रममा सहभागीसँग अन्तर्क्रिया समेत गरिएको थियो ।
भद्रकाली मा. वि मा भु.पु विद्धार्थीहरुको भेला, एलिन गुरुङको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति गठन