बालुवाटार जग्गा प्रकरणः ओलीले सीआइबी मार्फत दिए विष्णु पौडेललाई क्लिन चिट !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका महासचिव विष्णु पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत छुट दिएका छन् । पौडेललाई ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका पौडेललाई छुट दिइएको छ ।

सीआईबीले प्रहरी महानिरिक्षकको सचिवालयमार्फत गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा नामसारी गर्ने सरकारी कर्मचारी तथा गुठी संस्थानसम्मका कर्मचारीलाई कारवाही गरेर मुद्दा चलाउन प्रतिवेदनमा सुझाव दिइएको छ ।

बालुवटार जग्गा प्रकरणमा नेकपामा महासचिव पौडेल पनि जोडिएका थिए । पौडेलका छोराले त्यहाँ ८ आना जग्गा किनेका थिए । प्रहरीका स्रोतका अनुसार पौडेलको विषयमा प्रतिवेदन मौन बसेको छ ।

‘विष्णु पौडेलको विषयमा प्रतिवेदनमा केही पनि उल्लेख छैन,’ सीआइबी स्रोतले भन्यो, ‘उहाँको नाम पत्रिकाले उछालेका हुन्, किर्ते गर्नमा दर्जनौ कर्मचारीहरु संलग्न देखिएका छन् ।’

मुख्यरुपमा जग्गाको पहिलो र दोस्रो नामसारी हुने व्यक्तिहरुलाई कारवाही गर्न भनिए पनि अन्य व्यक्तिको नाम यसमा आएको छैन । २०४९ सालदेखि २०७० सालसम्म यो घटनामा मुछिएका सरकारी कर्मचारीलाई कारवाही गर्न ब्युरोले आफ्नो प्रतिवेदन दिएको छ ।

कालिकाको क्लब चोकमा रहेको दीपज्योति सप्लायर्स बाट सामान खरिद गरेका १७ जनालाई उपहार

Previous article‘ए’ डिभिजन लिगमा मछिन्द्र शीर्षस्थानमा फर्कियो
Next articleविश्वप्रकाश शर्माले दिए जनता ढाँट्ने कम्युनिस्ट सरकारलाई दनक !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।