बेलवारी आइडल २ का लागि ६१ प्रतियोगी प्रिसेमिफाइनलमा

बेलवारी । सुर सप्तक बेलवारी आइडल २ को पहिलो चरणबाट ६१ जना दोस्रो चरणका लागी छनौट भएका छन् । गायन प्रतियोगिता सुर सप्तक बेलवारी आइडल २ को माघ १७ गते बाट सुरु भएको छनौट चरणबाट ६१ प्रतियोगी छनोट भएर प्रिसेमिफाइनलमा प्रवेश गरेका हुन ।

पहिलो दिनको छनोट चरण माघ १७ गते बेलवारी–७ स्थित प्रगति बोर्डिङ स्कुल र रणवीर बोर्डिङ स्कुलमा भएको थियो भने अन्तिम छनोट आज शनिवार बेलवारी–११ स्थित श्री लक्ष्मी मा.वि र बेलबारी ३ स्थित मदनमोहन सांस्कृतिक भवनमा सम्पन्न भएको छ । दुई दिन भएको छनोट चरणको निर्णायकहरूमा संगितकार भीम बस्नेत, शेखर थापा मगर, गोपाल श्रेष्ठ र टेकराज मगर रहेका थिए ।

दुई सय भन्दा बढी सहभागी प्रतियोगीबाट ६१ जना छनोट भएको स्रष्टा समाजका सचिव तथा कार्यक्रम संयोजक जे.वि थुलुङले जनाएका छन् । प्रिसेमिफाइनल माघ २५ गते आरोहण सङ्गीत विद्यालय बेलवारीमा हुने थुलुङले जनाएका छन् ।

The post बेलवारी आइडल २ का लागि ६१ प्रतियोगी प्रिसेमिफाइनलमा appeared first on Purbeli News.

नारायणी नदी किनारमा ३ वटा शव फेला

Previous articleआज धेरै ठाउँमा घाम लाग्ने, यस्तो छ ३ दिनको मौसम अनुमान
Next article२५ औं खेलसम्म लिभरपुलकाे अपराजित यात्रा कायमै, म्यानचेस्टर सिटी २२ अंकले पछि पारे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।