उज्यालो नेपाल, जेठ ४– रत्ननगरमा जारी मतगणनामा वडा नं. १३ को पनि मतगणना सुरु गरिएको छ । जेठ ४ गते दिउँसो ४ बजे देखि वडा नं. १३ को पनि मतगणना गर्न सुरु गरिएको हो । यो वडामा जम्मा ३२९१ मत खसेको छ ।
रत्ननगरका ९ ओटा वडाको मतगणना सकिएर नतिजा समेत सार्वजनिक भईसकेको छ । नतिजा सार्वजनिक भएका मध्ये वडा नं. १,२,३,४,५,६ र ८ नं. वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । त्यस्तै वडा नं. ७ र ११ मा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
यतिबेला वडा नं. ९, १०, १२ र १३ को मतगणना जारी छ ।
https://ujyaalonepalnews.com/archives/20328


