प्रधान सेनापति शर्माद्वारा बेलीबृजको उद्घाटन 

0
73

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले गोरखा जिल्लास्थित बेनीघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक आयोजना अन्तर्गत माछा खोलामा नेपाली सेनाद्वारा निर्माण गरिएको नवनिर्मित बेलीबृजको समुद्घाटन गर्नु भएको छ ।   

उक्त समुद्घाटन कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरू र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

समुद्‌घाटन कार्यक्रम पश्चात्, प्रधानसेनापति शर्माले बेनीघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाको निर्माणाधीन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गर्नुका साथै आयोजनाको प्रगति विवरण लगायत विविध पक्षका बारेमा जानकारी लिनु भएको सेनाले जनाएको छ । 

https://www.ujyaalonepalnews.com/archives/20388

Previous articleरत्ननगर १५ मा आशिक तामांगको अग्रता
Next articleविराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै