Home Uncategorized स्वर्गीय नेता गणेशमान सिंहको सम्झनामा १० किमि दौड प्रतियोगिता हुने

स्वर्गीय नेता गणेशमान सिंहको सम्झनामा १० किमि दौड प्रतियोगिता हुने

प्रजातान्त्रिक आन्दोलका प्रेरणास्रोत स्व. गणेशमान सिंहको स्मृतिमा वीर गणेशमान सिंह एडिडास १० किलोमिटर रोड रेस प्रतियोगिता हुने भएको छ।

काठमाडौंमा मगंलबार पत्रकार सम्मेलन गर्दै रोड रेस फागुन २४ गते हुने आयोजक रुटस फेसन प्रालिका प्रबन्धनिर्देशक सञ्जीव तुलाधरले जानकारी दिए।

एडिडास शोरुम दरबारमार्गबाट सुरु हुने रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, नागपोखरी, जयनेपाली सिनेमा घर हुँदै पुनः एडिडास शोरुम दरबारमार्गमा आएर सकिनेछ।

रोडरेसको महिला–पुरुषतर्फको विजेताले समान ६० हजार रुपैयाँ पाउनेछन्। दोस्रो हुनेले ३०, तेस्रोले १५, चौथोले १० र पाँचौ हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको छैटौंदेखि १०औंसम्मको खेलाडीले ४ हजारबराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। प्रतियोगिता आयोजना गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महिला हिंसासम्बन्धी कानुनी विषयमा संसद्मा छलफल गर्न पाइएन : मन्त्री रेग्मी

Previous articleसीमानाका बन्द भएपछि १४ नेपाली चीनको चाँगामै रोकिए
Next articleसावित्राको गाेलमा गाेकुलमको अपराजित यात्रा कायमै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।