बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३५ करोडको बजेट

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

उपमहानगर नगर सभाको एघारौँ अधिवेशनमा शुक्रवार उपप्रमुख सावित्रीदेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो ।

बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, सङ्घीय सरकारबाट समानीकरण अनुदानवापत् १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको छ ।

नगर सभामा बजेट पेश गर्दै उपप्रमुख अर्यालले उपमहानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गर्नुभएको छ ।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ ।

जनताको सेवा संगै कृषि कर्ममा रमाईरहेका पौरखी वडाध्यक्ष

Previous articleपोखराको नगर सभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन
Next articleभीमदत्त नगरपालिकाको बजेट १ अर्ब ८४ करोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।