बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३५ करोडको बजेट

0
46

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

उपमहानगर नगर सभाको एघारौँ अधिवेशनमा शुक्रवार उपप्रमुख सावित्रीदेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो ।

बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, सङ्घीय सरकारबाट समानीकरण अनुदानवापत् १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको छ ।

नगर सभामा बजेट पेश गर्दै उपप्रमुख अर्यालले उपमहानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गर्नुभएको छ ।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ ।

https://www.ujyaalonepalnews.com/archives/22025

Previous articleजनकपुरधाम उपमहानगरपालिकाद्वारा एक अर्ब असी करोड बढीको बजेट प्रस्तुत
Next articleधुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने