आईलिगमा अनिताको टोली समूह उपविजेता बन्दै सेमिफाइलमा

बरोडा एफसीलाई पराजित गर्दै राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी समूह उपविजेताको रुपमा भारतीय महिला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार ब्यांग्लोर स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा सेथुले बरोडालाई ६–० ले हराएको हो।

१२ अंकमा तालिकाको दोस्रो स्थानमा रहँदै सेथु समूह ‘ए’को उपविजेता बन्दै अन्तिम ४ मा पुगेको हो। समूह चरणमा सेथुले ४ खेलमा जित निकाल्दा १ खेलमा पराजित भएको थियो।

सेथुको जितमा सन्ध्याले ह्याट्रिकसहित ४ गोल गरिन्। खेलको नवौं मिनेटमा पहिलो गोल गरेकी सन्ध्याले १५ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन्। ७५ मिनेटमा व्यक्तिगत गोल थप्दै ह्याट्रिक पुरा गरेकी सन्ध्याले ८२औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन्। कार्तिकाले ७९ र अम्सा भल्लीले ३४ मिनेटमा गोल गरेकी थिइन्।

शीर्ष स्थानको अपराजित कृप्सा एफसी १५ अंकमा समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। यता समूह ‘बी’मा रहेको सावित्रा भण्डारी सम्मिलीत टोली गोकुलम केरला एफसीले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ। लिगमा अपराजित रहेको गोकुलमको ४ खेलबाट १२ अंक छ।

हामी उत्कृष्ट हतियार बनाएर भारतलाई बेच्छौंः ट्रम्प

Previous articleमोटरसाइकलको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु
Next articleसुजता र विशाल राष्ट्रिय स्की च्याम्पियन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।