सुजता र विशाल राष्ट्रिय स्की च्याम्पियन

0
137

नेपाल भ्रमण वर्षलाई सहयोग पु-याउने उद्देश्यले आयोजना गरिएको तेस्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ।

हिउँ, पयर्टन, प्रवद्र्धन र स्की खेलको विकासका साथै भ्रमणवर्षलाई सफल पार्न आयोजना गरिएको स्की च्याम्पियनसीमा ३३ जना खेलाडीको सहभागिता रहेको थियो। स्कीका तीन विधालाई मुख्य आधार बनाएर खेलाइएको च्याम्पियनसीपमा हिउँमा खेल्ने खेलाडीलाई एक आपसमा प्रतिस्पर्धा गरिएको थियो।

स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले स्की खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न सकिने बताए। उनले पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले हिउँमा खेलिने यो खेल मुस्ताङ्मा सम्पन्न भएको बताए। उनले स्की खेल खेल्न र हेर्न आउने विदेशीहरु बढी खर्चालु हुने भएकाले पनि पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। 

च्याम्पियनसीको क्रम कन्टीतर्फ सुजता नामपुरले पहिलो स्थान हासिल गरिन्। इशा तामाङ दोस्रो भइन्। यस्तै थुप्तेन लामा र चिनार तामाङ क्रमसः तेस्रो र चौथो स्थान हासिल गरे। यसैगरी स्नो बोडिङ तर्फ विशाल तामाङ, नविन तामाङ र छिरिङ तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। अल्पाईन स्कीतर्फ सिनियर र जुनियर गरी २ समूहमा पुरुष र महिलाबीच अलग अलग प्रतिस्पर्धा गराईएको थियो।

अप्लाईन स्कीको सिनिर पुरुष तर्फ साहसराम श्रेष्ठ प्रथम, सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो भए। महिला सिनियर तर्फ गौरीमाया तामाङ प्रथम, संगिता लामा दोस्रो र लक्ष्मी राई तेस्रो भइन्। जुनियर पुरुष तर्फको स्पर्धामा सागर तामाङ प्रथम, उमंग रञ्जित दोस्रो र किरण रञ्जित तेस्रो भए। महिला जुनियर तर्फ लाक्पा डोल्मा शेर्पा प्रथम, आरसी महर्जन दोस्रो र उजला मुनिकार तेस्रो भइन्।

औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह

Previous articleकाश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
Next articleप्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई