चितवनमा मृतकको हातबाट ब्रासलेट चोरेको आरोपमा अस्पतालका सुरक्षा गार्ड पक्राउ

२१ पुस, चितवन । दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो ।

गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं. २९ केरावारीमा भएको दुर्घटनामा मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीको आरोप छ । मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखिएको बेला हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीले जनाएको छ ।

उनको गतिविधि शंकास्पद मानेर अनुसन्धान गर्दा चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रासलेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

पक्राउ परेका राई विरुद्ध जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढेको डीएसपी पण्डितले जानकारी दिए । banking Jobs in Nepal

https://ujyaalonepalnews.com/archives/25691

Previous articleछाडा पशुचौपाया नियन्त्रण गर्ने नाममा रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अमानवीय हर्कत
Next articleभिरबाट बस खस्दा एकै गाउँका ६ महिलाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।