आइफोन निर्माता कम्पनी फक्सकनले कोरोना भाइरस प्रतिरोधी मास्क बनाउने

प्रविधिको क्षेत्रमा राम्रो कम्पनी मानिएको फक्सकनले कोरोना भाइरस प्रतिरोधी सर्जिकल मास्क निर्माण गर्ने बीबीसीले जनाएको छ।

ताइवानस्थित फक्सकनले दिनमा २० लाख मास्क उत्पादन गर्नेगरी यसै महिनाको अन्तिमबाट काम थाल्ने बताइएको छ।

कोरोनाको त्रासपछि विश्वभर मास्कको खपत बढेको छ। फक्सकनले विश्वका मानिसको मागलाई पूर्ति गर्ने वीच्याटमार्फत् जनाएको छ।

शनिबारसम्म कोरोनाका कारण ७ सय २२ जनाको मृत्यु भइसक्दा ३४ हजार ५४६ जना कोरोनाबाट संक्रमित बनेका छन्। एजेन्सी

मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया

Previous article‘पुर्नर्निमाणका कामहरुबाट राष्ट्रपति उत्साहित’
Next articleथाइल्यान्डका एक सैनिकद्वारा गोली हानी १२ जनाको हत्या (अपडेट)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।