डेब्यू खेलमै कुशलको विश्व कीर्तिमान

बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटको डेब्यू खेलमै विश्व कीर्तिमान कायम गरेका छन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन्।

यो रेकर्ड कायम गर्दा कुशलको उमेर १५ वर्ष ३ सय ४० दिनको रहेको छ। ४९ बलमा कुशलले ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रनको कीर्तिमान कायम गरेका हुन्।

यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए। रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए। जुन ओडीआई क्रिकेटमा सर्वािधक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए।

सो अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेको थिए। यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए।

सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने

Previous articleथाइल्यान्डका एक सैनिकद्वारा गोली हानी १२ जनाको हत्या (अपडेट)
Next articleनेपालले अमेरिकालाई दियो १९१ रनको चुनौती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।