मेस्सीले बार्सिलोनाबाटै खेल जीवन समापन गर्नेछन्ः पेप ग्वार्डिओला

बार्सिलोना छाडेर मेस्सी विभिन्न क्लबमा जाने हल्ला चलेपछि बार्साका पूर्व प्रशिक्षक ग्वार्डिओलाले मेस्सी कुनै क्लबमा समावेश नहुने साथै उनले बार्सिलोनादेखि नै खेल जीवनबाट सन्यास लिने बताएका हुन्।

ग्वार्डिओलाले मेस्सीलाई सन् २००८ देखि २०१२ सम्म बार्सामा प्रशिक्षण दिएका थिए। ग्वार्डिओला भन्छन्,‘जहासम्म मलाई लाग्छ मेस्सीले बार्सा कहिल्यै छाड्दैनन्। उनले त्यही क्लबबाट खेल जीवन समापन गर्नेछन्।’

मेस्सी सन् २००१, किशोरावस्था देखि नै बार्सासँग आवद्ध छन्। समर ट्रान्सफरमा मेस्सीलाई क्लब छोड्ने छुट भएको बताइएको छ।

हाल म्यानचेस्टर युनाइटेडजस्ता क्लबले मेस्सीलाई भित्र्याउने प्रयास गरेको हल्लाकाबीच पेपको पछिल्लो प्रतिक्रिया आएको हो। एजेन्सी

अछाममा जीप दुर्घटना, १ को मृत्यु, १२ जना घाइते

Previous articleनेपालले अमेरिकालाई दियो १९१ रनको चुनौती
Next articleसन्दीप र करण चम्किँदा चार ओभरमा अमेरिकाको ४ विकेट गुम्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।