Home Uncategorized किरणको टोलीको दोस्रो हार

किरणको टोलीको दोस्रो हार

राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पञ्जाब एफसीले भारतीय (आई) लिगमा हार बेहोरेको छ।

आइतबार कल्याणीमा भएको खेलमा पञ्जाब शीर्षस्थानको मोहन बगानसँग १–० ले पराजित भएको छ। मोहन बगानका पापा बाबाकार डिएवाराले ४२ औं मिनेटमा गरेको गोल नै खेलका लागि निर्णायक बन्यो।

आइतबार खेलमा किरणले पुरा समय खेलेका थिए। सिजनमा यो पञ्जाबको दोस्रो हार हो। यो हारपछि शीर्षस्थानको मोहन बगान र पन्जाबबीचको अन्तर दुरी अझै फराकिलो भएको छ। ११ खेलमा मोहन बगानको २६ अंक छ। मोहन बगानले ८ खेलमा जित , २ मा बराबरी खेल्दा १ मा हार बेहोरेको थियो।

त्यत्तिनै खेलमा पञ्जाबको १७ अंक छ। पञ्जाबले यो खेलमा ४ खेल जित्दा ५ खेलमा बराबरीमा चित्त बुझाउनु परेको थियो। ११ टोलीको सहभागिता रहेको लिगमा रियल कष्मिर १५ अंका साथ तेस्रो स्थानमा छ।

नेपोलीको मैदानमा बार्सिलोना बराबरीमा राेकियाे

Previous articleसाझेदारी तोड्न नसक्दा हार्‍यौं: कप्तान ज्ञानेन्द्र
Next articleआँधीका कारण म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल रोकियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।