Home Uncategorized उपाधि होडबाट बाहिरियो मनाङ

उपाधि होडबाट बाहिरियो मनाङ

सातदोबाटोस्थित एन्फा मैदानमा मगंलबार भएको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई जिते पनि यो संस्करणको उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ।

पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

मनाङले गत संस्करण संकटा क्लबलाई हराउँदै आठौ पटक लिगको उपाधि उचालेको थियो। यो संस्करण राष्ट्रिय टोलीका खेलाडीसहित अन्य भरपर्दा खेलाडीले छाडेपछि केही कमजोर आकलन गरिएपनि लिगमा सशक्त प्रर्दशन गर्दै आएको थियो।

यसअघि मनाङले ०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२, ०७० र २०७५ सालमा भएको लिगको उपाधि जितेको थियो।

लिगको उपाधिका लागि भने शीर्षस्थानको त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।

मनाङले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो। खेलको ३२ औं मिनेटमा आदित्य चौधरीको लामो पास अन्जन राईले क्लियर गर्न नसकेको बलमा विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा अन्जन विष्टको गोलमा मनाङले अग्रता दोब्बर पा¥यो। अन्जनले निशान लिम्बुको पासमा हेडमार्फत गोल गरेका थिए।

मनाङ ७ खेलमा जित, ४ मा बराबरी र १ मा हार भोग्दै तेस्रो स्थानमा छ। मिश्रित खेल पस्कँदै आएको पुलिस क्लब भने ५ मा जित २ मा बराबरी र ५ मा हार भोग्दै १७ अंकसहित छैठौं स्थानमा छ।

बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

Previous articleभरतको कीर्तिमानी ५०औं गोल छोरी स्वर्णिकालाई समर्पण
Next articleत्रीदेबी फेसन हाउसकाे डिजाइनमा मोडलहरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।