Home Blog Page 105

एकीकृत समाजवादीको महाधिवेशन जेठमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि, माघको १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो तर राष्ट्रियसभा निर्वाचन र जाजरकोट भूकम्पका कारण महाधिवेशन सार्ने निर्णय गरिएको समाजवादीले जनाएको छ । त्यस्तै बैठकले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको खतिवडाले जानकारी दिए । बैठकले विधानमा छलफल गर्न कार्यदल गठन, राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि समिति गठन गरिएको उनले बताए ।

त्यस्तै मंसिर २८ र २९ गते सचिवालयको बैठक, पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्व्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने खतिवडाले जानकारी दिए । प्रचार विभाग प्रमुख खतिवडाले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि नेकपा समाजवादीलाई गाली गरेपनि त्यसले कुनै असर नपर्ने जिकिर गरे ।

नवराज विकसहित ६ जनाको ज्यान गएको सोती घटनामा २३ जनालाई जन्मकैद

जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको सोतीमा भएको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासले उक्त घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाइएको हो ।आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो। सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका थिए ।

घटनामा नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ। साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ ।

२०७७ जेठ १० गते सोतीकी मल्ल थरकी एक किशोरीको प्रेमी भनिएका नवराज विकसहित जाजरकोटबाट आएका ६ जना युवाको स्थानीयको आक्रमणमा ज्यान गएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । साे अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ गते मुद्दा दायर गरिएको थियो ।

अभियोग लागेका मध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाइएको थियाे बाँकी एक जनालाई मतियारको अभियोग लागेको छ । अभियुक्तमध्ये १ जना धरौटीमा तथा अन्य १० जना सामान्य तारिखमा यसअघि नै छुटिसकेका छन् भने बाँकी २३ जना पुर्पक्षका लागि कारागारमा छन् ।

आज टिकटकविरुद्धको मुद्दाको सुनुवाइ, खोल्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं : टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो।

यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो।

कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटक माथिको प्रतिबन्धलाई लिएर टिकटक प्रेमीहरुले चौतर्फि विरोध जनाएपछि सरकार पनि दबावमा परेको छ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक बिस्तारै खोल्न सकिने संकेत गरेका छन्।

हिजो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए।

१८वटा युट्युव च्यानललाई कारबाही गर्न साइबर ब्यूरोलाई प्रेस काउन्सिलकाे पत्राचार

काठमाडौं। प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्यूरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पु¥याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्नरनगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ।

 

युद्धको चेपमा नेपाली : रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु

Fighters of Wagner private mercenary group stand guard in a street near the headquarters of the Southern Military District in the city of Rostov-on-Don, Russia, June 24, 2023. REUTERS/Stringer

काठमाडौं – रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले सोमवार एक विज्ञप्तिमार्फत रुसी सेनामा कार्यरत रहदा निधन भएका ६ जना नेपालीहरुको नाम सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार-५, स्याङ्गजा, राजकुमार रोका मेलुङ्ग-६, दोलखा र गंगाराज मोक्तान इलाम-५, इलाम रहेका छन् ।

विज्ञाप्तिमा रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुससमक्ष अनुरोध गरेको छ ।

त्यस्तै रुसी सेनामा भर्ना भइ युक्रेनमा बन्धक बनाइएका नेपाली विवेक खत्रीलाई नेपाल फर्काउने पहल भइरहेको समेत मन्त्रालयले जानकारी गराएको छ ।

छिमेकीबाटै एकल महिलाको हत्या

सुनसरी-  सुनसरीको इटहरी- २ शान्तिनगरमा एकल महिलाको बिभत्स हत्या भएको छ । हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन । घर पछाडिको गोठमा गोवर फाल्दै गरेकी एकल महिला ६८ वर्षीया मधेमाया पुरीलाई आइतबार दिउँसो ३ बजे स्थानीय युवा सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भिर बनेकी ६८ वर्षीया पुरीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन । घटनामा मृतककी बुहारी सरू पुरी घाइते बनेकी छिन ।
सासुलाई खुकुरी हानेको प्रत्यक्ष देखेपछि उनलाई पनि प्रहार गरिएको र पाखुरामा चोट लागेको स्थानीयले बताएका छन । घटना लगत्तै प्रहरीले हत्यामा संलग्न सन्तोष राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटना के कारणले भएको हो भन्ने बारे भने खुलेको छैन ।।

साैराहामा मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुँदै

रत्ननगर, मंसिर १७ । चितवनको पर्यटकीय नगरी रौराहामा यही मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ ।

केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा मेला हुन लागेको हो ।

‘गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ गोही मेला हुँदैछ ।

नेपालमा दुई प्रजातिका गोही पाइन्छ । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । यस्तै मगर गोही पनि जोखिम अवस्थामा परेको जीव हो ।

‘यी प्रजातिमाथि बढेको जोखिम कम गर्न समुदायलाई सचेत बनाउन आवश्यक छ । मेलामा विद्यार्थीदेखि समाजका र अगुवाहरूलाई समेटेर कार्यक्रम गर्न लागेको हो,’ मेला संयोजक रञ्जना भट्टले आइतबार बाघमारा सामुदायिक वनमा आयोजित पत्रकार सम्मेलनमा भनिन् ।

घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाइन्छ । देशभर २५० को हाराहारीमा घडियाल पाइने भट्टले बताइन् ।

समुदाय स्तरमा गोहीको संरक्षणको सचेतना फैलाउन मेला आयोजना गरिएको हो । सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्ने गरेका छन् ।

राप्ती नदीमा मिसिने खहरे खोलामा पनि घडियाल देखिन थालेको हुँदा समुदायलाई सचेत गराउन आवश्यक रहेको बाघमारा सामुदायिक बनमा अध्यक्ष जीतु तामाङले बताए ।

चितवनको पर्यटन विकासको हिसावले गोही एकसिंगै गैंडा जस्तै महत्वपूर्ण रहेको भन्दै तामाङले यसको संरक्षणमा सरकार,निकुञ्ज,संरक्षणकर्मी, व्यवसायी तथा स्थानीय समुदाय एकजुट हुन जरुरी रहेको बताए ।

गोही मेलामा विद्यालय सचेतना मुलक कार्यक्रम सहित गोहीको महत्वको बारेमा विज्ञहरु सहितको अन्र्तक्रिया कार्यक्रम समेत हुने छ ।

मेला अन्तर्गत नदी आसबासका बालवालिका अध्यायन गर्ने ८ वटा विद्यालयमा सचेतनामुलक रचनात्मक कार्यक्रम गरिने केयर फर नेचर निर्देशक भट्टले बताइन् ।

संकटापन्न अबस्थामा रहेको घडियाल गोली नेपालको प्रकृति बासस्थानमा २१० को हाराहारीमा रहेको आकलन गरिएको छ । मगर गोहीको भने एकीन तथ्याङक छैन् ।

अहिले सम्म नदीहरुमा दुई हजारको हाराहारीको गोहीको बच्चा छाडिएको भएपनि आहार र बासस्थानको अभावका कारण बचाउन सकिएको छैन् ।

नदी प्रदुषण र माछामार्न प्रयोग गरिने तियारी जालका कारण नेपालमा घडियाल गोही संकटापन्न अबस्थामा पुगेको गोही अनुसन्धानकर्ता समेत रहेकी भट्टले बताइन् ।

रत्ननगरमा पालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु, पहिलाे खेलमा रत्ननगर विजयी

रत्ननगर, मंसिर १७ । पूर्वी चितवनको रत्ननगरमा आइतबार देखि अन्तर नगरपालिका स्तरीय फुटवफ प्रतियोगिता सुरु भएको छ । रत्ननगर खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमबा बीच उद्घाटन गरेका थिए ।

आइतबार भएको पहिला खेलमा आयोजक रत्ननगर नगरपालिका विजयी भएको छ । राप्ती नगरपालिकालाई शुन्यका विरद्व दुई गोल अन्तरले पराजित गर्दै रत्ननगर विजयी भएको हो ।

रत्ननगरको जीतका लागि संजय चौधरी र छिरिङ लामाले एक एक गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट गोल गरेका लामा म्याद अफ दी म्याच घोषित हुँदै २ हजार ५०० रूपैया पुरस्कार हात पारेका छन् ।

रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा खैरहनीका मेयर शशी खनिया,कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका उपमेयर यादव पाठक, नेपाली काँग्रेसका कार्यबहाक सभापति अपिल अधिकारी, माओवादीका केन्द्रका जीवन श्रेष्ठ, रास्वपाका कृष्णप्रसाद अधिकारी, राप्रपाका नगर अध्यक्ष गोविन्द्र अधिकारी, समाजवादीमा नगर सचिव इश्वरराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत खैरहनी नगरपालिका र माडी नगरपालिका बीच हुने जनाइएको छ ।

रत्ननगरमा रास्वपाको प्रबोधिकरण कार्यक्रम

उज्यालों नेपाल, रत्ननगर- रत्ननगरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ। रत्ननगर नगर कमिटिको आयोजनामा ‘वर्तमान परिवेश र पार्टीको कार्यदिशा’ विषयक प्रबोधिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्ले, चितवन क्षेत्र नं. १ का सांसद हरि ढकाल लगायतले पार्टीको भावी रणनीति र संगठन विस्तारको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. वाग्लेले, महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा भएका विचार मन्थन बारे जानकारी दिंदै रास्वपाले ‘बहुलवादी लोकतान्त्रिक’ मार्ग पारित गरेको जानकारी गराए ।

पार्टीको मूल दस्ताबेजको प्रस्तावनामा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येयका साथ अघि बढ्ने पनि उनले स्पष्ट पारे । ‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीको रुपमा अगाडी बढ्ने उनले उल्लेख गरे ।

 

धर्मनिरपेक्षताको विषयमा समेत रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको उपसभापति वाग्लेले बताए । अन्य धर्महरुलाई सहअस्तित्वको रुपमा मान्दै सनातन हिन्दु धर्मलाई पार्टीले आत्मसाथ गरेको उनले बताए । नेपालको गौरव बोकेको सनातन हिन्दुधर्म हाम्रा लागि प्रधान हो उनले भने बहुसंख्यक मानिसको लगाव पनि यसैमा छ । पुराना पार्टीले सुसासनको कुरा गर्नु लज्जास्पद हुने भन्दै उपसभापति वाग्लेले सांसद किनबेच गर्ने, टिकट बेच्ने पार्टीले सुसासन स्थापित गर्न नसक्ने तर्क गरे ।

त्यस्तै अर्का वक्ता सांसद हरि ढकालले राजनीति प्रतिको अबैध आकर्षणले मुलुकलाई संकटमा धकलेको बताए । ठुला दलहरुप्रतिको आकर्षण मुलुकलाई बर्वादिमा धकल्ने अबैध आकर्षण हो उनले भने अब युवाहरुले परिबर्तनहरु लागि एकजुट हुन जरुरी छ । मुलकमा जनअपेक्षको पहाड र बेतिथिको हिमाल रहेको भन्दै सांसद ढकालले बेथितिको अन्त्य नगरि जनअपेक्षा पूरा गर्न सक्ने अबस्था नरहेको बताए ।

 

सो पार्टीका केन्द्रीय सदस्य ध्रुव गिरीले भष्टाचारको अन्त्य गर्दै मुलुकलाई सुसासनको गतिका अगाडि बढाउन युवाहरु गोलबद्ध हुन जरुरी रहेको बताए । ठुला दलहरुकै कारण मुलुकमा आर्थिक संकट चुलिएको भन्दै उनले यसको अन्त्यको लागि रास्वपा शक्तिमा आउन आवश्यक देखिएको उनको भनाई छ ।

पुराना दलका नेता कार्यकर्ताले कुनै नीति, योजना र सांगठानिक रणनीति नभएको पार्टी भन्दै खिसिट्युरी गरिरहेका बेला पार्टीको नीति, नेतृत्व र संगठन विस्तारको बारेमा कार्यकर्तालाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर सचिव रामशरण भट्टराईले जानकारी दिए ।

पार्टीका नगर सभापति रामनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक कृष्णप्रसाद भूषाल, क्षेत्रीय अध्यक्ष टीकादत्त इटनी, रास्वपाका नेता जगदिशचन्द्र शर्मा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दल परित्याग गरि झन्डै ५० जना बढी युवाहरु पार्टीमा प्रवेश गरेका थिए ।

रत्ननगरका विद्यार्थीलाई नेपाल ल्युब आयलको छात्रवृति

उज्यालो नेपाल, चितवन- गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ। रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको लागी आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको रु.एक लाख पन्ध्र हजार तिन सय रुपैयाँ बराबरको चेक हस्तानान्न्तरण गरिएको हो ।

रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । मृतक चौधरीका सन्तानलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्रवृति प्रदान गरेको हो ।

रत्ननगरको शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा कम्पनी कि मार्केटिंग मेनेजर पुर्णिमा गौतम, चितवनका लागी नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका संचालक सुवास कंडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारी लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तानान्न्तरण गरेका हुन् ।

कार्यक्रममा स्वागत् मन्तव्य व्यक्त गर्दै कम्पनी कि मार्केटिंग मेनेजर पुर्णिमा गौतमले मेकानिकहरु नेपाल ल्युब आयलको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्दै उनीहरुको परिवारको जिम्मेवारी कम्पनीको काँधमा रहेको बताईन् । यस्तै कार्यक्रममा आफ्नो संक्षिप्त मन्तव्य राख्दै नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोमोबईल्स क्षेत्रका उत्पादक तथा वितरकहरुले मजदुरहरुलाई खुसी पार्न लाखौँ रकम भोजभतेर तथा खानपानमा खर्च गर्ने गरेको भन्दै त्यस्ता कार्यक्रम गर्नु भन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चितवन अटोमेकानिकल्स व्यवसायी संघका अध्यक्ष रामबहादुर तिमल्सिना, संघका वरिष्ठ उपाध्यक्ष सादिक शेख, शिवकृपा अटोपार्टस सेन्टरका संचालक खडानन्द सेढाई लगायतको उपस्थिति थियो । आशिर्वाद ट्रेडिङ भरतपुरका संचालक सुवास कंडेलको सभापतित्वमा भएको कार्यक्रम चितवन अटोमोवाइल्स एशोसिएसनका कोपाध्यक्ष रामशरण भट्टराईले संचालन गरेका थिए ।