Home Blog Page 39

नगरपालिका घोषणा भएको झन्डै नौ वर्षपछि कालिकाको वडा नं. ११ मा कालोपत्रे सडक शिलान्यास

उज्यालो दर्पण, पुस २९ । नगरपालिका घोषणा भएको झन्डै ९ वर्ष सम्म कालोपत्रे सडकले जोडिन नसकेको कालिका नगरपालिकाको वडा नं. ११ मा कालोपत्रे सडकको शिलान्यास गरिएको छ।   सोमबार नगर प्रमुख विनोद रेग्मीले सिद्धि तीनदोभान देखी कालिका ११ नं. वडा कार्यालयसम्म पहुँच सडक शिलान्यास गरेका हुन् ।

कालिका नगरपलिका अन्तर्गत कालोपत्रे सडकबाट नजोडिएको एक मात्र ११ नं. वडा कर्यालयलाई पक्की सडकबाट जोड्न संघिय समपुरक अनुदान अन्तर्गत संघिय सरकारबाट रु. १ करोड ९० लाख र कालिका नगरपालिकाबाट रु १ करोड ९० लाख गरि रु ३ करोड ८० लाख बजेटबाट सिद्धि तीन दोभान देखी कालिका ११ नं. वडा कर्यालयसम्म सडक निर्माण सुरु गरिएको नगर प्रमुख रेग्मीले जानकारी दिए।

कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट घोषित उक्त योजना कार्यान्वयनको लागि रु. ४ करोड १५ लाखको लागत अनुमान स्वीकृत गरि ठेक्का आव्हान गर्दा फर्म श्री शक्ति शिव जिआरम जे.भि.ले रु २ करोड ८८ लाख ८५ हजारमा ठेक्का पारी सडक कालोपत्रेको सुरुवात गरेको हो।

योजना अन्तर्गत कालोपत्रे सडक साथै पक्की आरसी नाला २ हजार ८ सय मिटर निर्माण हुनेछ। उक्त ठेक्का २०८२ साल असार १५ गते सम्म सक्ने गरि निर्माण ब्यवसायीसंग सम्झौता भएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

उक्त सडक निर्माण सम्पन्न हुदा १७ सय मिटर कलोपत्रे, २ सय २३ मिटर ढलान सडक गरि ११ नं. वडा कर्यालय सम्म जोडनेछ । साथै, ११ नं. वडा कर्यालयबाट रन्तेस बजार सम्म उच्च स्तरिय १ हजार १ सय मिटर सडक पनि निर्माण हुने नगरपालिकाका ईन्जिनियर किशोर कोईरालाले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, कालिका वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजा, ११ का वडा अध्यक्ष कृष्ण वहादुर प्रजा, योजना अधिकृत शिव प्रसाद पोखरेल, नगरका सव ईन्जिनियर सुदिप भट्टराई, विभिन्न दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

चितवन महोत्सवमा आज सोमबार हात्ती र भटभटे आउँदै, अरु केके हुँदैछ सांस्कृतिक कार्यक्रम ?

चितवन, पुष २८ – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय रुपमा चलिरहेको छ । महोत्सवको पाचौं दिन भोलि पुष २९ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव प्नरबर्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ः४५ बजेपछि अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ । त्यसैगरी ३ बजेपछि शान्तिश्री परियारको प्रस्तुती रहने छ । दिउँसो ११ः३० बजेपछि द ऐराजको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती समेत रहने ओलीले जानकारी दिए ।

यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, किराँत याकथुङ चुम्लुङ चितवन, स्थानीय गायकहरु, रोयल डान्स एकेडमी नारायणगढ, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, तमु ह्युल छाेंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवनको प्रस्तुती रहने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । धुलोरहित बनेको यसपालीको चितवन महोत्सवमा उल्लासय सहभागिता देख्न सकिन्छ ।

शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो

पश्चिम नवलपरासी । विद्यालयमा भयरहित शिक्षा दिने अभियान चलेको धेरै भयो । तर, पश्चिम नवलपरासीको प्रतापपुरमा कक्षाभित्रै शिक्षकले लठ्ठीले हान्दा विद्यार्थीको आँखा नै फुटेको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-१ मा छ, एच पाठशाला । यसै पाठशालाका शिक्षक सन्जु चौधरीले प्लास्टिकको लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको देब्रे आँखा फुट्यो । गत मंसिर १८ गते कक्षामा पढाइरहेका बेला दुई विद्यार्थीबीचको विवाद छुट्याउन लठ्ठीले हान्दा आँखामा लागेको विद्यालय प्रशासनको भनाइ छ ।

घटनापछि विद्यालय प्रशासनले नै बालकलाई गोपीगन्ज बजारमा उपचारका लागि लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी हुँदै रणअम्बिका आँखा अस्पताल भैरहवाबाट काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्‍याए । अस्पतालले मंसिर १९ गते शल्यक्रिया गरेर बाहिर निस्किएको नानीलाई भित्र त राखिदियो । तर चिकित्सकले नानी फुटेकाले बालकले आँखाले देख्न नसक्ने बताएको अभिभावक बताउँछन् ।

बालकको दाहिने आँखाले पनि राम्ररी देख्दैन । देब्रे आँखाको चोटले दाहिने आँखा पनि खोल्न र हेर्न नमिलेको हो । उपचारका लागि एक वर्ष लाग्ने जानकारी चिकित्सकबाट पाएका अभिभावकले हप्ताहप्तामा फलोअप गराइरहेका छन् ।

बालकका आफन्तले मंसिर १९ मा सेमरी प्रहरी चौकीमा उजुरी दिए । तर, प्रहरीले घटनाको प्रकृति थाहा नपाएको भन्दै जाहेरी लिएन । बालकको उपचारपछि फर्केका बाबु नरेन्द्रले पुस १६ गते शिक्षकको कुटपिटबाट छोराको अंगभंग भएको भन्दै तिलगंगा आाखा अस्पतालको उपचार प्रतिवेदन सहित इलाका प्रहरी कार्यालय बर्दघाट मार्फत उजुरी गर्नुभएको छ । प्रहरीले पुस १९ गते अदालतमा मुद्दा दायर गरी शिक्षक सन्जुलाई पक्राउ गर्न अनुमति लिएको छ । तर, अभियुक्त अझै पक्राउ परेका छैनन् ।

प्रहरीले अभियुक्त फेला नपरेको बताए पनि २० वर्षीय शिक्षक सन्जु स्नातक तहको परीक्षा दिन परासी बसेको स्थानीयको दाबी छ । घटनापछि शिक्षक सम्पर्कमा नआएको बताउने विद्यालयले बालकको निःशुल्क उपचार गरिदिने र निःशुल्क पढाउने प्रतिबद्धता सहित मुद्दा फिर्ता लिन दबाब दिइरहेको छ ।

अभिभावकहरू छोराको आँखा फुटाइदिने शिक्षकलाई कारबाहीसँगै बालकको नाममा केही रकम प्राप्त होओस् भन्ने आशमा छन् । प्रशान्तको जस्तै दुर्घटना हुन नदिन विद्यालयलाई कसरी भयरहित बनाउने भन्नेमा कसैको चासो छैन ।

दशौं खिचरा महोत्सव पौष २९ गतेबाट: मुुख्यमन्त्रीले उद्घाटन गर्ने

खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।

महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ ।

थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय शाझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए । १५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूवर्क सम्पन्न गर्नका लागि २० वटा विभिन्न समितिहरु गठन गरिएको छ ।

चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवको आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवद्र्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको बताए ।

महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई देशभर रहेका थारु समुदायले नै गर्वको रुपमा लिने गरेको भन्दै उनले थारु समुदायको साँस्कृतिक वर्ष, भेषभुषा, भाषाको संस्कृतिको संरक्षण गर्नु प्रमुख उद्देश्य रहेको बताए । खिचरा महोत्सबमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादिन बस्तुको प्रवद्र्धन गराउन १५० वटा स्टल रहने छ ।

यस्तै महोत्सवका स्टलहरुमा थारु जातिका साथ–साथै विभिन्न जातिका खानाका परिकारहरु रहने छन् । यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् । महोत्सवमा थारु समुदायको ब्रहमबान, परेवाको घर, परम्परागत सामग्रीहरु सहितको बारु मिनी गाउँ परिसर, घोंगी र पोकाको विशाल प्रतिमा प्रदर्शनीमा रहने छ ।

थारु समुदायको मुख्य परिरकार घोंगी र चिचरको विशाल आकृती सबैको आकर्षणको केन्द्र बन्न्ने गरेको छ । महोत्सबमा विभिन्न जातजातिका परम्परागत भेषभुषा सहित साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

पत्रकार सम्मेलनका प्रमुुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुुदेव चौधरीले थारु समुुदायको अस्थित्व जोगाउन महोत्सव आयोजना गरिएको बताए । संस्कृति हराए पहिचान मेटिन्छ उनले भने प हिचान मेटिए अस्थित्व हराउछ ।

नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । आयोजक संस्थाका सचिव सुनिल चौधरीले सञ्चालजन गरेको कार्यक्रममा थाकसकी केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

चितवन महोत्सवमा भोलि अस्मिता र थानेश्वर आउँदै, यात्रा/हस्टलरको ब्याण्डसँगै स्थानीय कलाकारको प्रस्तुती पनि

चितवन, पुष २७ – १५ औं संस्करणको चितवन महोत्सव २०८१ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी छ । महोत्सवको चौंथो दिन भोलि पुष २८ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ बजेपछि कलाकार अस्मिता अधिकारी र थानेश्वर गौतमको प्रस्तुती रहने छ । त्यसैगरी बिहान ११ः३० बजेपछि यात्रा/हस्टलरको लाइभ ब्याण्ड रहने छ ।

यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, कविलास इकाइ समिति कविलास चितवन, कलश मन्टेश्वरी चितवन, तमु ह्युल छाेंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवन, भुजेल सेवा समिति चितवनको प्रस्तुती रहने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

भद्रकाली दुग्ध उत्पादक सहकारीको अध्यक्षमा युवराज थापा पुनः निर्वाचित।

उज्यालो दर्पण। रत्ननगरमा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा युवराज थापा पुनः निर्वाचित भएका छन्। वडा नं. १६ को हात्तीगाडेमा रहेको संस्थाको २१ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले थापालाई अध्यक्ष पदमा पुन: निर्वाचित गरेको हो।

संस्थाको नौ सदस्यीय कार्यसमितिको उपाध्यक्ष पदमा ताराबहादुर नेपाल र सचिवमा शिवप्रसाद पुडासैनी निर्वाचित भएका छन्। त्यस्तै लेखा समिति संयोजकमा अनुप बुढाथोकी निर्वाचित भएका छन्। कार्यसमिति तथा लेखा समितिमा निर्वाचित सबैजना सर्वसम्मत रुपमा चयन भएका हुन्।

रत्ननगर नगरपालिका वडा नं १६ का वडाध्यक्ष हेमराज थापा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका लेखा समिति संयोजक शिवप्रसाद पुडासैनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

१७७ जना शेयर सदस्यहरु रहेको सो संस्थामा दैनिक झण्डै ४०० किसानले औषत २५०० लिटर दूध विक्री गर्दै आएका छन्। कार्यक्रममा गत आर्थिक वर्षमा सबैभन्दा धेरै दुधबिक्री गर्ने १३ जना किसानहरूलाई नगद सहित पुरस्कृत समेत गरिएको छ।

पुरस्कृत हुनेहरू संस्थाका अध्यक्ष युवराज थापाले २५,७९०, तारा थापाले २१,०८७, खम्बिर ढकालले २०,९८३, चन्द्रबहादुर गुरुङले १८७४५, बुद्धिबहादुर थापाले ११३२५, शिवप्रसाद पुडासैनीले १०,६७१, प्रकाश खनालले रु.९४००, आइत गुरुङले रु.९२४३, होमबहादुर भण्डारीले ८४५१, बुद्धकुमारी पाण्डेले ७,९२७, पिपला बिकले ७,५२०, मधु थापाले ७,३२९, पार्वती थापाले ७२६५ लिटर दूध बिक्री गरेका छन्।

कार्यक्रममा वडा सदस्यहरू चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी र सरिता गुरुङ, पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गङ्गाराम गुरुङ, एकीकृत कृषक साकोसका अध्यक्ष विष्णुप्रसाद अर्याल, सातकन्या सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामहरी पनेरु, सातकन्या खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लेखबहादुर भण्डारी, भद्रकाली मन्दिर संरक्षण समितिका अध्यक्ष निराजन घिमिरे, मुनाल सामुदायिक संस्थाका अध्यक्ष लक्ष्यबहादुर गुरुङ, पिठुवा पशुसेवा केन्द्रका प्रमुख हिरालाल डाँगी, अस्थायी प्रहरी पोस्ट पिठुवाका इन्चार्ज अर्जुन घिमिरे लगायतको उपस्थिति थियो।

उपाध्यक्ष बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम लेखा समिति सदस्य अनुप बुढाथोकीले सञ्चालन गरेका थिए।।

वीरेन्द्र आर्दश माविले फागुन १ गते ५९औं वार्षिकोत्सव मनाउने

रत्ननगर । राप्ती वडा नं ७ स्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बार्षिकोत्सवको तयारी र सोही अबसरमा गर्ने कामहरुको विबरण सार्वजनिक गरेको हो ।

वार्षिकोत्सवको अबसरमा आयोजित औपचारिक कार्यक्रममा शैक्षिक तथा शिक्षण सिकाइमा गरेका कामहरु सार्वजनिकीरण, ऐतिहासिक म्मारिका प्रकाशन, वि.स. २०४६ पछिका व्यवस्थापन समिति सदस्य, उत्कृष्ट शिक्षक कर्मचारी तथा विद्यालयवाट अध्ययन पुरा गरि सरकारी या गैह्र सरकारी क्षेत्रमा अधिकृतस्तर भन्दा माथिल्लो पेसामा कार्यरत पूर्वविद्यार्थीलाई सम्मान, एल्मुनाइ, समाजसेवी, बुद्धिजिवि, शुभचिन्तक सहयोगमा वार्षिकोत्सवको दिनमा स्कुल बस सञ्चालनमा ल्याउने विद्यालयका अध्यक्ष घनश्याम कँडेलले जानकारी दिए ।

माघ २९ र ३० गते स्वास्थ्य शिविर तथा फागुन १ गते वार्षिकोत्सवको आपचारिक कार्यक्रम हुने अध्यक्ष कँडेलले जानकारी दिए । वार्षिकोत्सव सम्पन्न गर्न विद्यालयका अध्यक्ष कँडेल अध्यक्षतामा १५१ सदस्यीय मुल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

सो विद्यालयले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ल्यापटप र प्रोजेक्टरबाट प्रविधिमैत्रि सिकाई, विज्ञान प्रयोगशाला, म्याथ ल्याब, स्मार्ट बोर्डको प्रयोग, वडा–पत्र सार्वजनिकिकरण, सुचना पाटीको प्रयोग, आचारसंहिताको कार्यान्वयन, वार्षिक क्यालेण्डरमा आधारित योजना सहितको पठनपाठन, विद्यार्थीमा लगबुकको प्रयोग, ग्रेडिङ प्रणालीको सुरुवात गरेको विद्यालयका अध्यक्ष कँडेलले जानकारी दिए ।

कक्षा शिशुदेखि १२ सम्म पढाई हुने सो बीरेन्द्र आर्दशलाई पूर्वी चितवनको प्रविधियुक्त शैक्षिक हवको रुपमा विकास गर्ने, विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याउने भावि योजना रहेको विद्यालयका प्रधानाध्यापक सोमनाथ तिवारीले बताए ।

वि.सं.२०१९ सालमा राष्ट्रिय प्राईमरी स्कुलको रुपमा स्थापना भएको सो विद्यालय वि.सं. २०२३ सालमा वीरेन्द्र आदर्श शिक्षा मन्दिर, वि.स.२०२८ सालमा निमावि, वि.स. २०२९ सालमा माध्यमिक र २०६७ मा कक्षा ११ र १२ विज्ञान र व्यवस्थापन विषयका कक्षाहरु सञ्चालन, वि.स. २०७६ मा वागमती प्रदेश सरकारबाट नमुना माध्यमिक विद्यालयमा छनौट तथा विद्यालय अन्तराष्ट्रिय स्तरमा समेत गुणस्तर प्राप्तीको शैक्षिक हवको रुपमा परिचित गराउन हाल आइएसओ अग्रसर भएको छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष सुमिता डल्लाकोटी सहित विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षकहरु उपस्थित थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित

कालिका,पुस २६- नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित भएका छन् ।

बिहिवार चितवनको कालिका स्थित पृथ्वी माद्यामिक विध्यालयमा आयोजित तेस्राे अधिवेशनबाट रायमाझी निर्वाचित भएका हुन्। रायमाझी कालिका-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय,समिपुरका प्रधानाध्यापक छन्।

संगठनको उपाध्यक्षमा टंकप्रसाद पन्त, भवानी सिग्देल, सचिवमा सचिव प्रेमनाथ अधिकारी, काेषाध्यक्षमा दिर्घराज रिमाल, सह-सचिवमा लक्ष्मी गौली र सह -काेषाध्यक्षमा नानीमाया सापकोटा सर्वसहमत निर्वाचित भएका छन । नव निर्वाचित कार्य समितिको तीन वर्षको कार्यकाल रहनेछ।

रविलाई धरौटीमा छाड्न आदेश दिए पनि तत्काल नछुट्ने; काठमाडौँ लैजाने तयारी

२५ पुस, काठमाडौं। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्र् िशुद्धीकरणतर्फ २७ करोड ८( लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।

काठमाडौंमा भने रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।

लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा

विराटनगर, २५ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् ।

जिल्ला अदालत मोरङले उनलाइ पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय माेरङलाइ अनुमति दिएको हो ।

एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा आजै पोखरेल पक्राउ परेको थिए । जिल्ला प्रहरी कार्यालय, मोरङले अदालतमा लगे पछि उनलाइ हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाइ जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उन त्यसपछि फरार रहदैँ आएका थिए ।