Home Blog Page 38

चितवन महोत्सवमा भोलि मिस नेपाल आश्मा कुमारी केसी आउँदै

चितवन, माघ ८ – उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

महोत्सवमा दिनहुँ सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको चौधौं दिन भोलि माघ ९ गते सांस्कृतिक कार्यक्रमको समापन गरिँदैछ ।

महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार समापन समारोहमा भोलि १२ः४५ बजे मिस नेपाल आश्मा कुमारी केसीको उपस्थिति रहने छ । त्यसैगरी भोलि नारायणी कला मन्दिरको केही साँस्कृतिक कार्यक्रम समेत रहने छन् ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।

महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सवमा आईटी गोष्ठी : व्यवसाय प्रवर्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बनिरहेको भनाइ

चितवन, माघ ८ – चितवन महोत्सवका अवसरमा आयोजित ‘उद्योग व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका तथा डिजिटल लिट्रेसी’ विषयक सूचना प्रविधि गोष्ठी सम्पन्न भएको छ ।

सूचना प्रविधि (आइटी) का विद्यार्थी, आइटी विषय पढाउने कलेजका प्राध्यापक र उद्योग व्यावसायीको सहभागितामा उवासंघको चितवनको सभाहलमा गोष्ठी सम्पन्न गरिएको हो । गोष्ठीमा प्राडा ई हरि भण्डारीले डिजिटल लिट्रेसी र ई कृष्ण पोख्रेलले व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

गोष्ठीमा सहभागी विद्यार्थी र उद्योग व्यावसायीलाई भण्डारी र पोख्रेलले विविध विषयमा प्रशिक्षणात्मक प्रस्तुती दिएका छन् । उनीहरुले व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बन्दै गएको बताउँदै यसबाट व्यावसायीहरुले फाइदा लिनुपर्ने बताएका छन् ।

गोष्ठीमा भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधान लगायतको उपस्थिति रहेको थियो । गोष्ठीलाई चितवन महोत्सव सूचना तथा प्रविधि व्यवस्थापन समिति संयोजक सन्तोस जनक भुषालले संयोजन गरेका थिए भने उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन एवम् सहजीकरण गरेका थिए ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।

महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।

महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

भद्रकालीका विद्यार्थीलाई पिठुवा लायन्सको भोजन कार्यक्रम

उज्यालो दर्पण- लायन्स क्लब अफ चितवन पिठुवाले रत्ननगरको भद्रकाली माध्यमिक विद्यालयमा भोजन कार्यक्रम गरेको छ । क्लबले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झन्डै १७० जना छात्रछात्राहरुलाई मंगलबार भोजन गराएको हो ।

भद्रकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष युवराज थापाको जन्मोत्सवको अवसरमा पिठुवा लायन्स मार्फत बालबालिकाहरुलाई भोजन गराईएको क्लबका कार्यबाहक अध्यक्ष पुर्षोत्तम लामिछानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रक क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठले आफू भन्दा कम भाग्यशालीलाई सहयोग गर्नु लायन्सको मूल धर्म रहेको बताए । विद्यार्थीहरुलाई सहयोग र भोजन गर्न पाउँदा आनन्दको अनुभुति हुने गरेको बताए ।

कार्यक्रममा वडा सदस्य सरिता गुरुङ, वडा सचिव मन्जु पौडेल, डिस्ट्रिक एकजुकेटिभ चिफ दीपेन्द्र खतिवडा, डिस्ट्रिक एडिसनल क्याबिनेट ट्रेजर कृष्णलाल श्रेष्ठ, पिठुवा लायन्सका चार्टर्ड प्रेसिडेन्ट विष्णु प्रसाद अधिकारी, लायन्स क्लब अफ रत्ननगर लेडिज कि सेक्रेटरी गीता सिम्खडा, प्रधानाध्यापक चिरन्जीवी खनाल लगायतको उपस्थिति थियो ।

कार्यक्रम क्लबका निवर्तमान अध्यक्ष हेमराज थापाको सभापतित्वमा भएको थियो ।

जनताको सेवा संगै कृषि कर्ममा रमाईरहेका पौरखी वडाध्यक्ष

निराजन घिमिरे- चितवनको कालिका नगरपालिका वडा नं. छ का वडाध्यक्ष टिकाराम रेग्मी कार्यालय समय अगाडी र कार्यालय समय सकिएपछी प्राय: खेतबारी मै भेटिन्छन् । कहिले हातमा कैची त कहिले कुटो बोकेर खेतमै समय बिताउन मनपराउने रेग्मी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

उसो त उनको मुख्य पेशा नै कृषि हो । विद्यार्थी समयदेखि नै राजनीतिमा सक्रिय रेग्मी मेयर विनोद रेग्मीका समकालीन हुन् । कृषि र राजनीति संगै अगाडी बढाएका रेग्मीले वडाध्यक्ष बनेपछि पनि आफ्नो मुख्य पेशालाई धर्मराउन दिएका छैनन् । जनताको सबैभन्दा नजिकको जनप्रतिनिधी भएर होला प्राय: वडाध्यक्षहरु निक्कै बेफुर्सदिला हुन्छन् ।

श्रीमानश्रीमतीको झगडा देखि ठुलाठुला घटनामा समेत साक्षी बसिदिनुपर्ने उनीहरलाई समयको व्यवस्थापन निकै कठिन काम हो । तर यी सबै काम भ्याएर पनि रेग्मीले कृषि बाटै मनग्य आम्दानी गर्दै आएकाछन् । खोलेसिमल बजार नजिकै रहेको आफ्नो १५ कठ्ठा खेतमा रेग्मीले कागती, मेवा र ड्रागनफलको व्यवसायिक खेती गरेका छन् । संगै उनले अन्तरबालीको रुपमा मौसमअनुसारको नगदेबाली पनि लगाउने गरेका छन् ।

यतिबेला जमिनको सदुपयोग गर्न उनले कागती र मेवा भित्र राजमा खेती गरेका छन् । जुन मूल्यका हिसाबले राम्रो आम्दानी दिने बाली हो । यसअघि उनले यसैगरी भटमास लगाएका थिए जसले राम्रो आम्दानी दिएको थियो । त्यसैगरी उनले ड्रागनफलको खेती पनि गरेका छन् । उनि भन्छन् जम्मा २५ वटा पोलमा लगाएको ड्रागनबाट वर्षेनी झन्डै डेडलाख सम्म आम्दानी हुन्छ।

राजनीति गर्ने मानिसले अरुलाई देखाउन र आकर्षित गर्न पनि केही गर्न आवश्यक रहेको उनको धारणा छ । “राजनीति गर्न आफू सक्षम हुनुपर्छ आफैँ व्यवसाय गरे मात्र अरुलाइ सिकाउन सकिन्छ ”उनी थप्छन् “आफूहरुले काम नगर्ने, अरुलाई यस्तो गर उस्तो गर भनेर हँुदैन, यसरी गरेमा हुन्छ भनेर देखाउनुपर्छ भन्ने अभियानमा लागेको छु ।”

बिहान–बेलुका घरमा खेतबारी र गाईभैँसीको स्याहार गर्ने र दिउँसो कार्यालय तथा अन्य जिम्मेवारीमा खटिने उनी भन्छन् “आफ्नो काम गरेर खान केको लाज, कृषकको छोरा हुँ, कृषि नै मेरो मुख्य पेशा हो । कृषिउपज बेचेरै मेरो घर खर्च चलेको छ । त्यसैले यो कामलाइ निरन्तरता दिएको छु”,।

कृषक वडाध्यक्ष भनेर चिनिन पाउँदा गर्व लागेको बताउँदै उनले भने “आफैँ नगरेसम्म अरुलाई मुखले भनेर मात्र नहुने र परिवर्तन आफँैबाट गर्नुपर्छ ।” बाँकी भिडियोमा हेर्नुहोला !!

 

रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो चितवनको; प्रहरी भन्छ दोषीलाई कारबाही हुन्छ

उज्यालो दर्पण- रातको समयमा चितवन भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान सुरु गरेको छ । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

घटना गत पुषको १५ गते आसपासको भएको बुझिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार संलग्न प्रहरीलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानको लागी प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महत्तोको कमाण्डमा ५ सदस्यीयीय टोली परिचालन गरिएको छ। घटना आँपटारी गणेशस्थान आसपासको भएको भनिएता पनि स्थान र संलग्न प्रहरीको पहिचान खुलाईएको छैन ।

भिडियोमा एक प्रहरीले साँझको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि निर्घातरुपमा कुटपिट गरेको देखिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको पनि देखिन्छ । त्यहाँ सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको देखिन्छ ।

‘कसलाई फोन गर्छस् गर’ भन्ने आवज समेत भिडियोमा छ। एसपी मिश्रका अनुसार थाहा पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ । ‘भिडियोको यथार्थ पहिचान गरेर सम्बन्धित प्रहरीमाथि प्रहरी ऐन अनुसार कारबाही हुन्छ,’ उनले भने ।

यसैबीच चितवन क्षेत्र नं. १ का सांसद हरि ढकालले दोषीलाई तत्काल कारबाहीको लागी आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल संगको संवादमा ढकालले घटना प्रति निन्दा गर्दै दोषीलाई कारबाहीको लागी आग्रह गरेका हुन् ।

एमाले रत्ननगरको दशौं अधिवेशनको तयारी; ५९९ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन

उज्यालो दर्पण। नेकपा एमालेको रत्ननगर नगरकमिटीको १० औं अधिवेशन आगामी माघ १९ र २० गते हुने भएको छ। नगरकमिटीको शनिबार सम्पन्न १२ औं पुर्ण बैठकले अधिवेशनको मिति तोकेको हो।

वैठकले नगरकमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्यालको अध्यक्षतामा ७५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ। त्यस्तै अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन अर्यालकै संयोजकत्वमा ५९९ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरिएको नगरकमिटी उपसचिव सागर मिश्रले जानकारी दिए। वैठकले नगर अधिवेशनको लोगो समेत सार्वजनिक गरेको छ।

शनिवार नगरकमिटी अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, केन्द्रिय सदस्य एवं चितवन क्षेत्र नं १ इन्चार्ज प्रभा बराल, केन्द्रिय सदस्य एवं चितवन क्षेत्र नं १”२” इन्चार्ज कपिल पोखरेल, केन्द्रिय सल्लाहकार परिषद सदस्यद्वय त्रीलोचन निर्मल पौडेल र सूर्य लामिछाने लगायतको उपस्थिति थियो।

पार्टीको नगरकमिटी उपसचिव सागर मिश्रले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम नगरकमिटी सचिब शिवराज सुवेदीले संचालन गरेका थिए ।

रत्ननगरको पाँचवटा वडामा रास्वपाको नयाँ समिति गठन

रत्ननगर । राष्ट्रिय स्वतन्त्र पार्टीले रत्ननगरका पाँच वटा वडामा नयाँ वडा समिति गठन गरेको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट वडा नं १, २, ३, ४ र ५ मा वडा समिति गठन गरिएको हो।

अधिवेशनले वडा नं १ मा टिकाराम ढकाल, वडा नं २ मा रामबहादुर बर्तौला, वडा नं ३ मा राममणि सिलवाल, वडा नं ४ मा राजेन्द्र गिरी र वडा नं ५ मा हरिप्रसाद धमलालाई वडा सभापतिमा चयन गरेको छ।


शनिबार पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ध्रुव गिरी, प्रशिक्षण विभाग प्रमुख जगदिशचन्द्र शर्मा, क्षेत्रीय सभापति टीकादत्त इटनी, जिल्ला सभापति कृष्णप्रसाद भूषाल, संसद हरि ढकालका प्रमुख सल्लहाकार दीपक गौतम लगायतले मन्तव्य राखेका थिए ।

नगर सभापति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामशरण भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रमका रत्ननगरका पूर्व जनप्रतिनिधि कमलबहादुर घिमिरे सहित ५६ जना विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् ।

घिमिरे वि.स २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडा नं. १० को वादासदस्यमा निर्वाचित भएका थिए। एमाले विभाजनको समयमा एकीकृत समाजवादी तर्फ लागेका उनी जिल्ला सदस्य रहेकै समयमा गत चैतमा पुनः एमालेमा फर्किएका थिए । उनै घिमिरे अहिले फेरि रास्वापा प्रवेश गरेका हुन्।

चितवन महोत्सवमा आज बुधबार करण परियार र रितु कँडेलको प्रस्तुती, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?

चितवन, माघ २ – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

महोत्सवमा दिनहुँ सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको सातौं दिन आज माघ २ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो ३ः३० बजेपछि करण परियार र रितु कँडेलको प्रस्तुती रहने छ ।

११ः३० बजेपछि (KATAAV THE ESCARSPMENT / THE ESCAPE) को लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती रहने छ । यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल कुमाल समाज चितवन, थारु कल्यणकारी सभा चितवन, नेपाल तामाङ धेदुङ, नेपाल दराइ उत्थान, पुन समाज नेपाल, दुरा सेवा समाज चितवन, प्रतिभा मञ्च बिजेता कावासोती, निसी सिंह र स्थानीय गायककोे प्रस्तुती रहने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल व्यवस्थापन समितिका संयोजक गुणराज पौडेलका अनुसार फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम हुनेछन् ।

१५ औं चितवन महोत्सव: नारायणगढमा क्याम्पाचौर फुड फेस्टिबल सुरु

चितवन, माघ १-  चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्बिटल सुरु भएको छ । १५ औं संस्करणको चितवन महोत्सव अन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिबल सुरु भएको हो ।

फुड फेस्टिबलको सोमबार साँझ भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । फेस्टिबल माघको ७ गतेसम्म चल्ने छ । चितवन महोत्सवको अवसर पारेर सँधै फुड फेस्टिबल गर्ने गरिएको छ ।

नेवा पुचः नारायणगढका द्दित्तिय उपाध्यक्ष श्याम कृष्ण श्रेष्ठले चितवनका पर्यटकीय गन्तव्यमा आएका आन्तरिक तथा बाह्य पर्यटकसहित चितवन महोत्सव घुम्न आउनेहरुलाई लक्षित गरी फुड फेस्टिबल सुरु गरिएको बताए ।

फेस्टिबलमा विभिन्न होटल तथा रेष्टुरेन्टहरुले विभिन्न खानाका परिकार बनाएर फेस्टिबलमा आउनेहरुलाई खुवाउने छन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकारहरु फुड फेस्टिबलमा उपलब्ध गराइने श्रेष्ठको भनाइ छ ।

फुड फेष्टिबल हुने क्षेत्रमा विभिन्न आर्कषक झिलिमिली बत्तिहरुसहित सजाइएको छ । फुड फेस्टिबलमा दैनिक सांस्कृतिक कार्यक्रम समेत हुने श्रेष्ठले जानकारी दिए । फुड फेस्टिबलमा दुई दर्जनभन्दा बढी स्टल रहेका छन् भने स्टल थपिन क्रम जारी छ ।

फेस्बिटलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्बिटल बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।

चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ – उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको छैठौं दिन भोलि माघ १ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो ३ बजेपछि हिमेश पन्त र सुजिता श्रेष्ठ (केमेडी दरबार) को प्रस्तुति रहने छ । १ बजेपछि आनन्द कार्की र सञ्जना श्रेष्ठको प्रस्तुती रहने छ ।

त्यसैगरी दिउँसो ११ः३० बजेपछि शब्द/नेटिभ्स (SHABDHA / NATIVES) को लाइभ ब्याण्ड रहने छ ।
यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, सेन्ट पल चिल्ड्रेन्स होम, तमु ह्युला छोंज धि, दुरा सेवा समाज चितवन, नेपाल बोटे समाज, चितवन डान्स सेन्टर, नेपाल मगर संघ, भोर्ले युवा समाज, प्रतिभा मञ्च बिजेता कावासोतीको प्रस्तुती रहने छ ।

महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । चितवन महोत्सव अन्तर्गत नै आजबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ ।