Home Blog Page 44

रत्ननगरमा सांस्कृतिक तथा व्यापार महोत्सव : बद्री पंगेनीकाे राताे पछ्याैरीमा झुमे दर्शक

रत्ननगर । चितवनको रत्ननगरमा जारी पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवमा चर्चित लाेक गायक बद्रि पंगेनीकाे प्रस्तुतीमा दर्शक झुमेका छन् ।

पंगेनीकाे राताे पच्छाैरी सदावहार लाेकप्रिय गीत हाे । पंगेनीकाे राताे पच्छाैलीले दर्शकलाई तताएकाे थियाे । मंगलबार पंगेनी सहित गायक गायिकाहरु ढकाराम पाैडेल, प्रितम मल्ल, दुर्गा सापकाेटा, उर्गेन दाेङ, रमेश श्रेष्ठ, सुमन राेका, बलराम सरकार र स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए ।

महाेत्सवमा दर्शककाे संख्या दिनप्रतिदिन बढ्दै गएकाे छ ।दिउसाे किनमेल गर्ने र साँझ गीतसंगितमा रमाउने दर्शकहरुका कारण महाेत्सव परिसर भरिएकाे  महाेत्सव मुल समाराेह समितिका संयोजक संजय लोप्चन तामाङले जानकारी दिए ।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए ।

२०० वटा स्टल रहेको सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

रेवान सौराहाको वार्षिकोत्सवमा चेपाङ विद्यार्थीलाई न्यानो कपडा 

कालिका । कालिका नगरपालिका वडा नं ११ रन्तेस स्थित राष्ट्रिय आधारभूत विद्यालय कल्याणचौरमा अध्यायन गर्ने चेपाङ सहित विपपन्न समुदायका विद्यार्थीलाई मंगलबार न्यानो कपडा वितरण तथा स्वास्थ्य परीक्षण शिविर गरिएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाको १८औं बार्षिकोत्सवको अबसरमा विद्यालयका १५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको महासचिव नवीन नेपालले जानकारी दिए ।

विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, उपाध्यक्ष शम्भूप्रसाद माली, सदस्यहरु रामकाजी अधिकारी, रामकुमार गुरौ, घनश्याम चौधरी र कार्यालय सचिव गौतम गिरीले सयुक्त रुपमा बालबालिकालाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

सो अबसरमा रेवान सौराहाका अध्यक्ष गिरीले सौराहाको सौन्र्दयकरणको काम गरिरहेको रेवानले सीमान्तकृत समुदायका बालबालिकालाई सहयोग गरेर संस्थाको बार्षिकोत्सव मनाउदा आत्मसन्तुष्टि भएको बताए ।

बार्षिक उत्सबमा गरिने औपचारिक कार्यक्रम भन्दा आथिक अभावका कारण कपडा किन्न नसकेका एकसरो लुगामा विद्यालय जाने विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको अध्यक्ष गिरीले बताए ।

त्यसैगरी सपना भिलेज सोसल इम्प्याक्टको आयोजना तथा रेवान सौराहाको सहकार्यमा १७५ जना चेपाङ बालबालिकाको स्वास्थ्य परीक्षण गरी उनीहरुलाई औषधि, पौष्टिक आहार र सरसरफाईका सामग्री प्रदान गरिएको छ ।

रत्ननगरमा सार्वजनिक जग्गा संरक्षण समिति पुनर्गठन; वडा नं. १६ बाट नापजाँच सुरु

उज्याल दर्पण- रत्ननगरमा सार्वजनिक जग्गा संरक्षण समिति पुनर्गठन गरिएको छ। रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोजी तथा संरक्षणको लागी समिति पुनर्गठन गरेको हो । ११ सदस्यीय सो समितिको संयोजकमा वडा नं. १६ का वडाध्यक्ष हेमराज थापालाई जिम्मेवारी प्रदान गरिएको छ ।

पुनर्गठित समितिले वडा नं. १६ बाटै सार्वजनिक जग्गा खोजी तथा नापजाँच सुरु गरेको छ । गत शुक्रवार समितिका पदाधिकारी, जनप्रतिनिधी, स्थानीयबासी तथा प्राविधिक सहितको टोलीले सो कार्यको  सुरुवात गरेको हो ।

शुक्रबार र आईतबार गरिएको नापजाँचबाट शिवालयटोल कयरखोला छेउमा झन्डै १५ जग्गामा साँधकिला गरिएको संयोजक थापाले बताए । आफ्नो वडामा यसअघि पनि सार्वजनिक जग्गाको खोजी गरि गौशाला र खेलमैदान निर्माण गरिएको तथा कभर्डहल निर्माणको क्रममा रहेको उनले  जानकारी दिए।

नगरपालिकाले चुनौतीपूर्ण कार्यको नेतृत्व आफुलाई सुम्पिएको भन्दै थापाले यसलाई अवसरको रुपमा लिएको बताए ।

रत्ननगरमा यसअघि पनि सार्वजनिक जग्गा खोजी तथा संरक्षण अभियान सुरु गरिएको थियो । सो समयमा वडा नं. १४ का तत्कालिन वडाध्यक्ष हरिकुमार श्रेष्ठको नेतृत्वमा रहेको समितिले झन्डै ४१ बिगाहा सार्वजनिक जग्गा नापजाँच गरि नगरपालिकालाई प्रतिवेदन बुझाएको थियो ।

यसरी नगरपालिका मातहत ल्याईएको जग्गामा हाल जनता संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यचौकी, वडाकार्यालय, पार्क, पशुहाटबजार, सिटिहल जस्ता संरचना निर्माण भईरहेको समितिका निवर्तमान संयोजक श्रेष्ठले बताए । हाल सौराहाचोकमा निर्माण गरिएको बसपार्क पनि आफ्नै नेतृत्वमा रहेको समितिले खोजेको जग्गामा निर्माण गरिएको उनले जानकारी दिए ।

सो समयमा नापजाँच गरिएको जग्गाहरुमा हाल केहि सार्वजनिक संरचना निर्माण गरिएको र केहि जग्गाहरु पुरानै अवस्थामा फर्किएको नगरपालिकाका भुमि व्यवस्थापन तथा भवन नियमन उपशाखा प्रमुख ईन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए ।

रत्ननगरमा हाल १५० विगाहा भन्दा बढी सार्वजनिक जग्गा रहेको भन्दै उनले ति जग्गा संरक्षण गर्न सबैपक्ष एकजुट हुनुपर्नेमा जोड दिए । विगतमा राजनीतिक दल तथा जनप्रतिनिधिले अडान लिन नसक्दा अभियान रोकिएको उनले स्मरण गरे ।

सार्वजनिक जग्गा हडप्नेहरुमा सामाजिक अगुवा, दलका स्थानीय नेताकार्यकर्ता तथा जनप्रतिनिधिहरु नै जोडिएकाले सार्वजनिक जग्गा संरक्षण अभियान “अभियान” मै सिमित हुने हो कि भन्ने शंका छ। अहिले पनि रत्ननगरका केहि जनप्रतिनिधीहरुले सार्वजनिक जग्गा ओगटिरहेका छन् ।

पुनर्गठित समितिका संयोजक थापा कसैको दबाब वा आदेशले अब अभियान नरोकिने बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२)को देहाय (६)मा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक, ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्न नगर प्रहरी परिचालन गर्न सक्ने व्यवस्था गरेको छ।

मुलुकी देवानी संहिता दफा ३०४ को उपदफा (२) मा सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहको हुने व्यवस्था गरेको छ । यसैले पनि जग्गा खोजी तथा संरक्षण अभियान सफल गरेरै छाड्ने संयोजक थापाले बताए ।

 

रत्ननगरमा गैंडाको आक्रमणबाट एकजना घाईते

उज्यालो दर्पण- रत्ननगरमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् । रत्ननगरको वडा नं. ४ घोलखेतमा सोमबार विहान  ४ बजे खेतमा धान टिप्न गएका ७६ वर्षका रामचन्द्र तिवारी गैडाको आक्रमणबाट घाइते भएका हुन् ।

गैंडाको आक्रमणबाट घाइते तिवारीको ढाडको दुईवटा हड्डी भाँचिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको छ ।

रत्ननगरमा सांस्कृतिक तथा व्यापार महोत्सव : रमेशराज र दुर्गेसकाे दमदार प्रस्तुती

रत्ननगर । चितवनको रत्ननगरमा जारी पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवमा चर्चित गायक रमेशराज भट्टराई र दुर्गेस थापाले दमदार प्रस्तुती दिएका छन् । गायक द्वयले लाेकप्रिय गीत दर्शक झुमेका थिए ।

महाेत्सवमा दर्शककाे संख्या दिनप्रतिदिन बढ्दै गएकाे छ ।दिउसाे किनमेल गर्ने र साँझ गीतसंगितमा रमाउने दर्शकहरुका कारण महाेत्सव परिसर भरिएकाे थियाे । संयोजक संजय लोप्चन तामाङले जानकारी दिए ।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए ।

२०० वटा स्टल रहेको सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

चित्रवन स्कूल बस दुर्घटना अपडेट: घाइते एक बालकको उपचारको क्रममा मृत्यु

१० मंसिर, चितवन । चितवनमा गत शनिबार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आराम्भ पोखरेल छन् । उनको आज बिहान ५ बजे मृत्यु पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गत शनिबार कालिका–४ स्थित चित्रवन स्कुलका विद्यार्थीहरु उपरदाङ्गगढीमा पिकनिक गएर फर्किंदै गर्दा उनीहरु सवार मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस कालिका–९ मा दुर्घटना भएको थियो । बस दुर्घटनामा २८ जना घाइते भएका थिए ।

रत्ननगरमा व्यापार महोत्सव : कुलेन्द्र विश्वकर्माको प्रस्तुतीमा झुमे दर्शक 

रत्ननगर । चितवनको रत्ननगरमा जारी पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवमा चर्चित गायक कुलेन्द्र विश्वकर्माले दमदार प्रस्तुती दिएका छन् । गायम कुलेन्द्रको प्रस्तुतीमा दर्शक झुमेका थिए ।

कर्णराज गिरी, आयुष अधिकारी उत्तम मल्ल तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए । महोत्सव अन्तर्गत सोमबार रमेशराज भट्टराई, दुर्गेश थापा, विन्दु परियार, प्रितम मल्ल र बलराम सरकार, पवित्रा गुरुङ, सुमन रोक्काको प्रस्तुती रहने संयोजक संजय लोप्चन तामाङले जानकारी दिए ।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए ।

२०० वटा स्टल रहेको सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

चितवनको खैरहनीमा देशकै ठुलो फोहोर प्रशोधन उद्योग सञ्चालन

रत्ननगर । चितवनमा पालिका स्तरबाट उत्पादन हुने फोहोरको दीगो व्यवस्थापनको लागि देशकै ठुलो प्रशोधन उद्योग(सामग्री पुनः उपयोग केन्द्र) सञ्चालनमा ल्याइएको छ ।

सम्भवत निजी लगानीबाट सञ्चालित देशको ठुलो फोहोर प्रशोधन उद्योग रहेको दावी गरिएको छ । सफा उर्जा उत्पादन प्रा.लिले चितवनको खैरहनी नगरपालिका वडा नं ४ चैनपुरमा नमुना मोडलको रुपमा व्यवस्थित प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो ।

फोहोर व्यवस्थापनको विषय देशव्यापी रुपमा पालिकाका जनप्रतिनिधिलाई टाउको दुखाईको विषय बनिरहेको अबस्थामा यसको दीर्घकालिन सामधानको लागि निजी क्षेत्रले प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो ।

खैरहनी नगरपालिकामा उत्पादन हुने फोहोर संकलन र व्यवस्थापनको काम गरेको सफा उर्जाले रत्ननगर नगरपालिकालाई समेत जोडेको छ । पूर्वी चितवनमा फोहोर व्यवस्थापनको समस्या निराकरण गर्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याइएको सफा उर्जाका निर्देशक निर्णय पौडेलले बताए ।

डेढ बर्ष अघि देखि चितवनमा सुरु गरेको फोहोर प्रशोधनको कामलाई देशका ७५३ वटै स्थानीय तहहरुले चासोको रुपमा हेरिरहेका छन् । देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाले समेत चितवनमा सफा उर्जाले फोहोर प्रशोधनको सञ्चालनमा ल्याएको उद्योगको अबलोकन गरेको छ ।

महानगरपालिको वाताबरण व्यवस्थापन विभागको टोलीले सफा उर्जाले सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगले गरिरहेको कामको अबलोकन गरेर फर्किएको छ । काठमाडौं महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत सानुमैया महर्जन, मेकानिकल इन्जिनियर विजय तुलाधर, वाताबरण निरीक्षक सृष्टि श्रेष्ठ, सिभिल इन्जिनियर उद्धबराज नेपाल र कर्मचारी महेश शाक्यले प्रशोधन उद्योगको अबलोकन तथा निरीक्षण गरेर फर्किएको हो ।

महानगरको टोलीले कारखानामा सुख्खा तथा जैविक फोहोर प्रसोधन मेसिन तथा प्रबिधिहरूको अवलोकन गरेको थियो । खैरहनी र रत्ननगर नगरपालिकाको सहजीकरणमा सुरु गरिएको देशकै ठूलो तथा पहिलो प्रशोधन उद्योगले विपन्न तथा सीमान्तकृत समुदायका ११५ लाई रोजगारी प्रदान गरेको छ ।

प्रशोधन उद्योग सञ्चालनमा खैरहनी नगरपालिकाको महत्वपूर्ण भूमिका तथा रत्ननगर नगरपालिकाको साथ रहेको निर्देशक पौडेलले बताए । महानगरपालिकोको टोलीले चितवनमा बैज्ञानिक ढंगबाट भइरहेको फोहोर व्यवस्थापन र प्रशोधनको कामको प्रशंसा गरेको थियो ।

सफा उर्जाका प्रतिनिधि रोशन केसीले महानगरको टोलीलाई उद्योग स्थापना गर्नुको उद्देश्य सहित उद्योगले गरिरहेको कार्यप्रगति र भावि योजनाको विषयमा जानकारी गराएका थिए । स्रोतमै फोहोरको बर्गीकरणको काम सुरु गरेर सफा उर्जाले फोहोर व्यवस्थापनमा नयाँ कामको सुरुवात गरेको छ ।

तरकारी तथा फलफुलबाट सफा प्राङ्गारिक मल उत्पादन गरी बजारमा पठाउन सुरु गरिएको छ । सिसाजन्य बस्तुको धुलोबाट भौतिक संरचना निर्माणमा प्रयोग हुने ब्लक, कपडाजन्य बस्तुबाट कपास बनाउन सुरु गरिएको पौडेलले बताए ।

उद्योगबाट उत्पादित जैविक मलको प्रयोग गरी सयपत्री फुलको खेती गरेको सफा उर्जाले प्याज र लसुनको व्यवसायिक खेत गर्ने तयारी गरेको छ ।

रत्ननगरमा संस्कृति तथा व्यापार महोत्सव सुरु; पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका छन् ।

सो अबसरमा मन्त्री ठकुरीले सौराहाको पर्यटन विकासको लागि विशेष योजना ल्याएर काम गर्ने भन्दै पर्यटन पूर्वाधार निर्माणको लागि बजेट रकमान्तर गर्ने योजनामा रहेको बताए । पर्यटन उद्योग देशको अर्थतन्त्रको मुरुदण्ड रहेको भन्दै प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकासलाई महत्व दिएको बताए ।

देशका विभिन्न स्थानमा हुने मेला महोत्सवले जिल्ला स्तरमा आर्थिक चलायमन हुने भन्दै स्थानीय उत्पादनलाई स्थान दिन आयोजकलाई आग्रह गरे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने अबस्था आएको भन्दै सरकारले व्यवसायीलाई जोगाउने गरी आर्थिक नीति ल्याउनु पर्ने बताए । मुलुक आर्थिक समस्याको जरजरमा रहेको बेला रत्ननगरमा आयोजना गरिएको महोत्सवले आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस चितवनका पूर्व सभापति जीतनारायण श्रेष्ठले रत्ननगरमा आयोजना गरिएको महोत्सवले कलासंस्कृति संरक्षणसंगै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताए ।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सुरु भएको हो ।

महोत्सव सुरु हुनुपूर्व विहान नेपाल माविको चौरबाट शोभायात्रा निकालिएको छ । महोत्सव उद्घाटनमा शोभायात्रामा प्रथम भएको इको प्याराडाईन आमा समुह, द्धितीय भएको उद्यमशिल महिला समुह र तृतीय भएको आकृति महिला बचत तथा ऋण सहकारी संस्थालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको थियो ।

शोभायात्रा मुल्याङ्कनको निर्णायकमा पत्रकार होमनाथ सापकोटा र अधिकारकर्मी लक्ष्मी तामाङ रहेका थिए । महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

२०० वटा स्टल रहने सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएकोऔद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्वागत मन्तव्य व्यक्त गर्दै स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

द हेल्पिङ युथ क्लब रत्ननगरका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक संजय लोप्चन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल समारोह समितिका सहसंयोजक सुर्यमान तामाङले महोत्सव आयोजना गर्नुको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

रत्ननगरमा भोलीदेखि संस्कृतिक तथा व्यापार महोत्सव: पर्यटनमन्त्री ठकुरीले उद्घाटन गर्ने

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु हुँदैछ ।

आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण को तयारी पुरा भएको र भोली विहान ११ बजे बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गर्ने जनाएको छ ।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव हुन लागेको हो । महोत्सव सुरु हुनुपूर्व विहान नेपाल माविको चौरबाट शोभायात्रा निकालिने छ ।

क्लवले गर्न लागेको उक्त महोत्सव दोस्रो संस्करण हो । कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्धन गर्ने, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला, संस्कृति र सभ्यतालाई प्रवद्धन गर्ने, उत्पादक तथा सेवाप्रदायक र उपभोक्ता बीच बलियो सम्बन्ध निर्माण गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिइने क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक संजय लोप्चन तामाङले जानकारी दिए ।

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको महोत्सव मुल समारोह समितिका सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए ।

१५० वटा स्टल रहने सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । स्थानीउ उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्ने महोत्सब आयोजना गरिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारीm दिए ।

चर्चित कलाकारहरु प्रमोद खरेल, सुगम पोखरेल, रचना रिमाल, ज्योति मगर, मिस्टर डी, एलिना चौहान, दुर्गेश थापा, प्रिति पासवान, बद्री पंगेनी,अनित विष्ट,राजु परियार, मिलन लामा, पशुपती शर्मा, कुलेन्द्र विश्वकर्मा, विश्व दोङ, विशाल काल्ताङ, श्याम राना, अनु चौधरी, रमेशराज भट्टराई, प्रितम मल्लको प्रस्तुति रहने छ ।

महोत्सव अन्तर्गत मंसिर १४ गते मंगोलियन हट लाइभकन्सट हुनेछ । करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।