Home Blog Page 47

टाँडीको सब्जीमण्डी अगाडि भएको दुर्घटनामा एकको मृत्यु दुईजना घाइते।

कार्तिक २१-  रत्ननगरको टाँडी बजारमा रहेको सब्जिमण्डी अगाडि पूर्व–पश्चिम राजमार्गमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

गएराति १२ः२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएको भएका थिए । घाइतेमध्ये रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

सोहि ठाउँ बस्ने अन्दाजी २० वर्षीय साहिल परियार र अन्दाजी २१ वर्षीय सञ्जय लामा गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । परियारको टाउको र दाहिने खुट्टामा चोट लागेको छ भने लामाको दाहिने खुट्टा, हात र अनुहारमा चोट लागेको प्रहरीले बताएको छ ।

बस चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने बर्ष ४६ को सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पिठुवामा रक्तदान कार्यक्रम, ८२ युनिट रगत संकलन

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।

मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई दृष्टगत गर्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा पिठुवा, रत्ननगर नगरपालिका वडा नं. १६ वडा कार्यालय, पिठुवा स्वास्थ्य चौकी र  पिठुवामा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजना कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा ५७ जना पुरुष र २५ जना महिलाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन सत्रमा नगरप्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, सरिता गुरुङ, नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति हरिप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पिठुवा सभापती कमलनाथ अधिकारी, पिठुवा स्वास्थ्य चौकी प्रमुख नरहरी श्याम शर्मा, पिठुवा सामुदायिक सिकाई केन्द्र अध्यक्ष नेत्र घिमिरे लगायतको उपस्थिति थियो ।

कार्यक्रमबाट जिल्लामा रगत अभावका कारण अप्ठ्यारोमा परेकाहरुलाई केही मात्रामा भएतापनी सहयोग पुग्ने विश्वास गरिएको वडाध्यक्ष हेमराज थापाले बताए ।

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि,फुड फेस्टिवल पनि हुने

कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए ।

“पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार” भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव- २०८१, लदरा खोला किनार, खैरहनी-२ मा आयोजना हुनेछ । महोत्सवमा २५० वटा स्टल रहनेछ ।

महोत्सवमा कृषि प्रदर्शनी तथा प्रतियोगिता,क्रेता बिक्रेता अन्तरक्रिया कार्यक्रम,स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार,शैक्षिक, अटो यातायात प्रदर्शनी, खाना तथा सांस्कृतिक महोत्सव,पर्यटन प्रवर्द्धनका विविध कार्यक्रमहरु बाल उद्यानको व्यवस्था, सेल्फी जोनको व्यवस्था,फ्रि वाईफाई, स्वास्थ्य शिविर संचालन हुने संयोजक खनालले बताए ।

तेस्रो खैरहनी महोत्सवको अवसरमा पर्सा बजारको चिनारी तथा बजार प्रवर्धन गर्ने लक्ष्यका साथ म्या‌ङ्गो जनज्योति सिनेमाहल क्षेत्रमा पौष १३ गते देखि १५ गतेसम्म फूड फेस्टिबलको आयोजना गर्ने, खैरहनी नगरपालिकासँग समन्वय गरी मौरीपालक किसानहरुको प्रोत्साहनको लागि महको प्रवर्धनमा जोड दिने ,व्यवसायिक साझेदारी प्रयास स्वरुप महोत्सवको प्रवेश टिकटको आधारमा म्याड्‌ङ्गो जनन्योति सिनेमा हल र मौलाकालिका केबलकारको टिकटमा ५०% छुटको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ ,संघका पुर्व अध्यक्षहरु ,पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठले पहिलो र दोस्रो महोत्सव सफल बनाईसकेकाले पहिलाको अनुभव लिएर तेस्रो पटकको महोत्सवलाई पनि सफल बनाउने बताए । यस पटकको महोत्सवलाई जिल्लाका सबै स्थानीय तहले अपनत्व लिएकाले थप उर्जा मिलेको श्रेष्ठले जानकारी दिए ।

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा एकता शिशु निकेतन प्रथम

उज्यालो दर्पण- रत्ननगरमा आयोजित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगतामा एकता शिशु निकेतन प्रथम भएको छ।शुभ   शुभदिपावली २०८१ को अवासरामा रत्ननगर १५ का तीनवटा सामुदायिक विद्यालयहरुको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नगर भित्रका २८ विद्यालयको सहभागिता रहेको थियो ।

आधारभूत तहका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा प्यारागन आवासीय मावि र स्काईराईडर आवासीय मावि क्रमश: द्दितीय र तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा बैरिया माविले सान्तवना पुरस्कार हात पारेको छ ।

 

विन्देश्वरी आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा माधवपुर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशिक तमाङ, वडा सदस्य ईमप्रसाद पन्त,  आधारभुत विद्यालय नमुनाटोलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलको सभापतित्वमा भएको कार्यक्रममा तिनवटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक- अभिभावक संघका पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

 

 

देशैभर सयपत्री फूलको उत्पादनमा ह्रास; सय रुपैयाँमा माला बेच्न एसोसिएसनको आग्रह

भरतपुर – नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ ।

चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ।

त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसियसनका सचिव श्रेष्ठ बताउँछन् । विगतमा फुलको मालाको मूल्य फरक फरक भएकाले यस पटक रु १०० निर्धारण गरिएको एशोसियसनका सचिव श्रेष्ठले जानकारी दिए।

एशोसियसनले निर्धारण भएको मूल्यभन्दा बढीमा विक्री नगर्न फुल खेती गर्ने, कृषक विक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सय देखि ४ सय पचास कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ ।

यस्तै भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्ला फुलमा आत्मनिर्भर भइसकेको अवस्थामा कृषकलाई प्रोत्सहान गर्न महानगरले आग्रह पनि गरेको छ ।

जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेका छन् ।

यसैबीच फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी उत्पादनलाई भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।

सहकारी प्रकरण: चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख केन्द्र तानिए

काठमाडौं । गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवलाई केन्द्रमा तानेको छ ।

रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए । सोही घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो ।

नयाँ सीडीओको रूपमा गृहले प्रकाश पौडेललाई पठाएको छ । अध्यागमन विभागको प्रमुख जिम्मेवारी सहसचिव गोविन्द रिजाललाई तोकेको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि तानेको छ । एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।

कार्यक्षमता कमजोर देखिएपछि रिमाललाई फिर्ता गरेर एसपी गौतमलाई पठाइएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

टिकौलीमा तीनवटा सवारीसाधन एकआपसमा ठोकिँदा एकको मृत्यु दुईजना घाईते

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए ।

ट्याङकर पछाडि ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनिश स्याङतानको राति ११ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

मृतकको शव भरतपुर अस्तपालको शव गृहमा राखिएको छ । सोहि ट्रकका सह चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय आशिष स्याङतान मध्यम घाइते भई भरतपुर अस्पतालमा उपचाररत छन् भने ना८ख ८६७४ नम्बरको ट्याङकर चालक मकवानपुर हेटौंडा–१९ नेवारपानी बस्ने बर्ष ३६ को सुदिप तामाङ गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत रहेको रिजालले बताए ।

ना६ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका–२ बस्ने बर्ष ३७ को दिपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।

घुसपैठको आरोपमा पोखरा आन्दोलनमा कुटिएका व्यक्ति रास्वपाकै स्थानीय नेता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आइतबार पोखराको प्रदर्शनका क्रममा घुसपैठियाको आरोपमा कुटपिट गरेका व्यक्ति सोही पार्टीका नेता रहेको खुलेको छ ।

रवि लामिछानेको पक्षमा भएको प्रदर्शनमा घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कुटिएर रक्ताम्य भएका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुलेको हो ।

पौडेलले नचिनेका कार्यकर्ताहरूको कुटाइबाट आफू घाइते भएको स्वीकार गरेका छन् । मुक्का प्रहारबाट मुख फुटेपछि २ टाँका लगाइएको पौडेलले बताएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

उनलाई कांग्रेस एमालेको घुसपैठिया भन्दै रास्वपा सांसद हरि ढकालकै सामुन्ने निर्घात कुटपिट गरिएको थियो । प्रहरीले जोगाएर लैजान खोज्दा पनि रास्वपा कार्यकर्ताले उनलाई लखेटी लखेटी कुटेका थिए ।

प्रहरीमाथि पानीको बोतल प्रहार गरेपछि उनी घुसपैठिया भएको आशंकामा नियन्त्रणमा लिइएको र त्यसक्रममा केही व्यक्तिले कुटपिट गरेको रास्वपा नेताहरूले बताएका छन् ।

यसैबीच घुसपैठीयाको नाममा कुटिएका पौडेललाई स्वर्णिम वाग्ले लगायतका नेताहरूले गएर भेटेका छन् । पौडेलले पार्टी नछाड्ने तर रविको पक्षमा अब सडक आन्दोलनमा भने नजाने बताएका छन् ।

कालिकाका मेयर चिनमा : विकासकाे माेडलबारे अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुबाट  सुझाव लिदै

उज्यालो दर्पण- चिन भ्रमणमा रहेका कालिकाका मेयर विनोद रेग्मी विकासोन्मुख देशहरुको परियोजना प्रोफाईलका लागि सार्वजनिक सांस्कृतिक सेवा सुधार र स्वास्थ्य विकास सम्बन्धी सेमिनारमा सहभागी भएका छन् । उनी नगरपालिकाकाे विकासकाे लागि अन्तर्ष्ट्रिय स्तरका विज्ञहरुबाट विकासकाे माेडलबारे सुझाव संकलन गरिरहेका छन् ।

विकासोन्मुख ११ देशका ६४ जनाको सहभागिता रहेको सेमीनारमा मेयर रेग्मी नेपाली टिमको नेतृत्व गर्दै सेमीनारमा सहभागी भएका हुन् ।

चीनको वेईजिंग शहरमा रहको एकेडेमी फर ईन्टरनेशनल बिजनेश अफिसियल्स ( AIBO) मा १५ अक्टोबरबाट सुरु भएको सेमिनार २८ अक्टोबर सम्म जारी रहने छ ।

 

चिनमा रहँदा मेयर रेग्मीले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर विभिन्न देशका विभिन्न सहरका मेयरसंग अन्तरक्रिया गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता हुने कार्यक्रम छ ।

टाँडी प्रहरीको हिरासतमै थानुवाले गरे आ’त्मह’त्या

रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा शनिबार विहान एक जना थुनुवाले आत्महत्या गरेका छन् ।

हिरासत कक्ष भित्र रहेकाे शैचालयमा सलकाे पासाे लगाएर भारत घर भइ रत्ननगर वडा नं १३ मा व्यवसाय गर्दै आएका ४५ बर्षकाे माेहम्बत क्यामाेदिन(पट्टेल)ले आत्महत्या गरेका हुन ।

घटना शनिवार विहान ४:३० बजे भएकाे हाे ।  क्यामाेदिनलाई साइबर अपराध मुद्धामा कार्तिक १ गते पक्राउ गरिएकाे चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।