Home Blog Page 98

चितवन राष्ट्रिय निकुञ्जका चार भाले हात्ती आक्रामक, स्थानीय त्रासमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा रहेका यी हात्तीमध्ये ध्रुवेले जगतपुर, माडी र निकुञ्जको पश्चिम क्षेत्रमा त्रास बढाएको छ । गोविन्दे, रोनाल्डो र मकुनाले पूर्वी क्षेत्रमा त्रास बढाएको उनले बताए ।

‘ध्रुवे माडी र जगतपुर क्षेत्रमा छ भने अन्य तीन हात्ती सौराहा क्षेत्रमा रहेका छन्’, तिवारीले भने, ‘सौराहा क्षेत्रमा हात्ती प्रजनन् केन्द्र खोरसोर क्षेत्र तथा पोथी हात्ती यहीँ क्षेत्रमा भएकाले तीन हात्तीलाई यस क्षेत्रमा केन्द्रीत गराएर राखिएको हो ।’

निकुञ्जमा रहेका भाले हात्तीको सक्रियता बढेसँगै निकुञ्ज प्रशासनले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उनले भने, ‘जङ्गली हात्ती समुदायमा पस्ने र फर्कने क्रम जारी छ । सबै सजग रहनुहोला ।’

अहिले समुदायमा पस्ने, टहरा भत्काउने, अन्नबाली नष्ट गर्ने लगायतका काम गरिरहेको भन्दै तिवारीले निकुञ्ज आसपासका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको बताए । समय समयमा यी हात्ती बस्ती पस्ने गरेको भन्दै उनले सबै सजग भइरहन र सामुदायिक वन क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजगता अपनाउन अनुरोध गरिएको बताए ।

एक्लै भएका बेला यी हात्तीले समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने भएको भन्दै सूचना अधिकारी तिवारीले हात्ती देखिएमा निकुञ्ज प्रशासन वा नजिकैको सुरक्षा पोष्टमा खबर गर्नसमेत अनुरोध गरिएको जानकारी दिए ।

क्रिसमस पर्वको पूर्व सन्ध्यामा सौराहामा सांस्कृतिक झाँकी

रत्ननगर, पुष ८ । क्रिसमस पर्वको पूर्व सन्ध्यामा पर्यटकीय नगरी सौराहामा सांस्कृतिक झाँकी निकालिएको छ । रेष्टूरेण्ट एण्ड वार एसोसियसन सौराहाको आयोजना र क्षेत्रिय होटल संघ नेपाल चितवनको सह आयोजनामा झाँकी निकालिएको हो ।

सौराहामा रहेका क्रिसमस पर्व मनाउने विदेशी पर्यटकलाई लक्षीत गरि सौराहाको संस्कृति चिनाउने उद्देश्यले झाँकी निकालिएको रेवानका अध्यक्ष नरेश गिरीले बताए ।

झाँकीमा आदिवासी जनजाती समूदाय सांस्कृतिक पहिरन सहित सहभागी गराइएको रेवानका महासचिव सूर्य रिमालले जानकारी दिए ।

र्‍यालीमा क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी,साना पर्यटन ब्यवसायी समुहको अध्यक्ष सुना रिजाल स्थानिय होटल ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

कारको टायर पड्किएर भएको दुर्घटनामा कालिकामा एकजनाको ज्यान गयो

चितवन । चितवनमा टायर पड्किदा कार अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।

दुर्घटनामा घाइते कार चालक कालिका नगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी  दिए।

सयौं वर्षदेखि फलामको बलियो सिक्रीले बाँधेर राखिएको भगवानको कथा

बाघमारा सामुदायिक वनको १९औं बार्षिक साधारण सभा : संरक्षणकर्मीलाई सम्मान

रत्ननगर, पुस ७ । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले एक बर्षमा दुई करोड बढी आम्दानी गरेको छ । शनिवार सम्पन्न सो वनको १९औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९/८० मा दुई करोड २४ लाख ८१ हजार रूपैया आम्दानी गरेको हो ।

दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको सो वनले आम्दानी भन्दा बढी दुई करोड ३० लाख ६९ हजार खर्च गरेको छ । चालू आर्थिक बर्षको आम्दानीबाट गत आबको ऋण चुक्ता गर्ने गरि खर्च गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।

सौराहाको पर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको सो सामुदायिक वनले आम्दानीको अधिकांस हिस्सा वन संरक्षण र उपभोक्ताको गरिबी निवारणमा खर्च गर्दै आएको अध्यक्ष तामाङले बताए ।

हात्ती सफारीबाट ३९ लाख १० हजार, डुंगा सयरबाट १ करोड २६ लाख, नेपाली प्रवेशबाट २५ लाख १२ हजार, सरसफाई शुल्क ६ लाख ३९ हजार, मचानबाट १ लाख २४ हजार, डिभिजन वन कार्यालयबाट आम्दानी १४ लाख १४ हजार, वन बीचको साझेदारी आम्दानी ६ लाख १० हजार, नगरपालिकाबाट आम्दानी २ लाख लगायतका शीर्षकमा दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको हो ।

सो वनले वन व्वयवस्थापन कार्यक्रम, सामुदायिक विकास कार्यक्रम, संरक्षण शिक्षा कार्यक्रम, आयआर्जन तथा विपन्न बर्ग उत्थान कार्यक्रम, उपभोक्ता समितिको संस्थागत विकास,अन्य कार्यक्रम, पर्यापर्यटन विकासमा दुई करोड ३० लाख ६९ हजार खर्च गरेको हो ।

साधारण सभाको अबसरमा भूमाफियाको कब्जाबाट वन जोगाउने २१ जनालाई सम्मान गरिएको छ । भूवनेश्वर चौधरी, शिव प्रसाद आचार्य ,विश्वनाथ पौडेल, स्व. कान्छा लोप्चन, स्व. ठगुवा महतो, रामकृष्ण महतो, सोमला राउत, जनुवा राउत, स्व. जनुवा राउत, स्व. छनुवा राउत, झगरु महतो, स्व. कानुन महतो, शंकर महतो, पाण्डु महतो, विष्णु प्रसाद अर्याल, प्रकाश ढकाल, गिरीधारी चौधरी, ढुण्डीराज सिलवाल, रामु रिजाल, रामकाजी अधिकारी, रुकमिणी रिमाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रेन्जर ऋषिराम सुवेदी सहित अन्य संरक्षणकर्मी र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुन प्रमुख अतिथि रहेको सो कार्यक्रममा वनका अध्यक्ष जीतु तामाङले भावी कार्ययोजना तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष आशमान लामाले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ७ का वडाध्यक्ष सजना महतो, चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर मगर, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्षराज श्रेष्ठ, क्षेत्रीय होटल संघका उपाध्यक्ष ओम प्रकाश पाण्डे, युनाईटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दीपेन्द्र खतिवडा, लगायतले मन्तव्य राखेको थियो ।

अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

रत्ननगर, पुस ७ । रत्ननगर वडा नं २ टाँडी स्थित अविरल बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा करिब २६ लाख मुनाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न सो सहकारीको तेस्रो बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९/८० मा २५ लाख ७७ हजार मुनाफा भएको उल्लेख छ ।

एक बर्षमा १ करोड २८ लाख १४ हजार आम्दानी गरेको सो सहकारीले १ करोड २ लाख ३६ हजार खर्च कटाएर २५ लाख ७७ हजार मुनाफा भएको सहकारीका व्यवस्थापक भरत दाहालले जानकारी दिए ।

२०७७ साल फागुन १० गते स्थापना भएको सो सहकारीको कुद शेयर पूँजी ५ करोड २६ लाख ९६ हजार, ऋण लगानी ६ करोड ९४ लाख ८६ हजार रहेको छ ।

सो सहकारीले उद्योग, व्यापार,व्यासाय सञ्चालन, कृषि, शैक्षिक, बैदेशिक रोजगार,व्यक्तिगत, आकस्मिक, हायरपर्चेज, आवास निर्माण, घरजग्गा खरिद लगायतका शिर्षकमा ऋण लगानी गर्दै आएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी प्रमुख अतिथि रहेको सो कार्यक्रममा सहकारीका अध्यक्ष ज्ञानबहादुर विसुरालले भावि कार्ययोजना तथा आयव्याय विवरण तथा कोषाध्यक्ष विरञ्जना सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमका संघका अध्यक्ष गिरीले व्यवसायको विकास र कृषि प्रर्वधनको क्षेत्रमा लगानी बढाउन सहकारीलाई आग्रह गरे ।

संघका अध्यक्ष विसुरालले बचत तथा ऋणको अलवा सहकारीले कृषि एग्रोभेट समेत सञ्चालन गरिरहेको बताए । शेयर सदस्यको आवश्यकतालाई मध्यनजर गरी लगानी गरिरहेको भन्दै उनले कृषि क्षेत्रको विकासमा जोड दिएको बताए ।

कार्यक्रममा तीन जना असल ऋणि, तीन जना बचत कर्ता सहित उत्कृष्ट कर्मचारीको रुपमा सन्तोष रेग्मीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव भीष्मप्रसाद खनाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सल्लाहकार एकनारायण पौडेल, रत्ननगर रेडक्रस उपसभापति अनु गौतम, संरक्षण कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका सचिव रघुनाथ भट्टले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष गोपालराज कर्मचार्यले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले अध्यक्षले प्रस्तुत गरेका दुई प्रतिबेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । सो सहकारीको ८८७ जना शेयर सदस्य रहेका छन् ।

आफैले धारिलो हतियार प्रहार गर्दा रत्ननगरमा एकजनाको ज्यान गयो

उज्यालो नेपाल, पुष ७- रत्ननगरमा आफुले आफैलाई धारिलो हतियार प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. १४ गैरीगाउँ बसोबास गर्ने ४५ वर्षिय साधुराम वि.क.ले रक्सी सेवन गरि शुक्रबार आफ्नै कोखामा चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहार बाट गम्भीर घाइते भएका वि.कलाई भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा उपचारको लागी लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ।

निज विश्वकर्माले यस अघि पनि आत्महत्याको प्रयास गरेको खुलेको छ ।

सयौं वर्षदेखि फलामको बलियो सिक्रीले बाँधेर राखिएको भगवानको कथा

समाजवादीका चितवन जिल्ला सचिव र उपसचिवद्वारा पार्टी परित्याग

रत्ननगर । नेकपा एकीकृत समाजबादी जिल्ला कमिटीका सचिव केपी लामिछाने र उपसचिव कर्ण बहादुर विकले साे पार्टी परित्याग गरेकाछन् ।

शनिवार सयुक्त विज्ञप्ती जारी गरि लामिछाने र विकले पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन ।

एकीकृत समाजवादीको नेतृत्व दिनानु दिन दक्षिणपन्थी अवसरवादी दिशामा तल्लीन रहेको, सुधारको गुन्जाईस नरहेको, राष्ट्रिय राजनीतिमा भूमिका शुन्य भएको र वैचारिक सांगाठनिक नेतृत्व दिन असक्षम रहेको भन्दै पार्टीमा रहेर समय र उर्जा खर्चिनु निरर्थक भएकोले परित्याग गरेकाे विज्ञप्तीमा जनाइएकाे छ ।

एमालेवाट गरेको बिद्रोहको औचित्य पुष्टि हुनु नसकेकाे पार्टीकाे नेतृत्व घोर दक्षिणपन्थी र अवसरवादी हुन पुगेको तथा २०७९ को स्थानीय तहको निर्वाचन र संघीय तथा प्रदेशसभा निर्वाचनमा अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेको यो पार्टी दिशाहिन अवस्थाबाट गुज्रिरहेको छ विज्ञप्तीमा भनिएकाे छ।

पाँच दलिय सत्ता गठबन्धनको पासोमा बेरिएर समाप्तीको बाटो समातेको नेतृत्वले पार्टीलाई बदल्ने कुनै गुन्जायस राखेको पाइएन जिल्ला सचिव लामिछानेले भने जसको कारण दिनहुँ नेता कार्यकर्ताले पार्टी परित्याग गरिरहेका छन् ।

देउसीभैलो खेलेको पैसाले खेलाडीलाई सम्मान र विद्यार्थीलाई न्यानो कपडा वितरण

उज्यालो नेपाल, पुस ७ – रत्ननगरको वडा नं. १५ मा रहेको विन्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

विन्देश्वरी टोल विकास संस्थाले देउसीभैलो खेलेर संकलन गरेको रकम बाट विद्यालयमा आवासीय रुपमा अध्ययनरत १२० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। विद्यालयमा कालिका, ईच्छाकामना र राप्तीका विपन्न चेपाङ समुदायका बालबालिका आवासीय रुपमा अध्ययनरत छन्।

टोल विकास संस्थाले दशैंमा टोल स्तरीय प्रतियोगितामा दोश्रो भई जितेको खसी विक्री गरी प्राप्त रकम र देउसीभैलो बाट संकलित रकम बाट विद्यार्थीलाई न्यानो कपडा, खेलाडी सम्मान, टोलका मुख्य चोकहरुमा भ्यापर लाईट जडान लगायतको कार्य गरिएको संस्थाका अध्यक्ष ज्ञान बहादुर थिङले जानकारी दिए।

विद्यालयमा शनिवार आयोजित एक कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा वितरण र विभिन्न प्रतियोगिताहरूमा टोलबाट प्रतिनिधित्व गर्दै खेल प्रदर्शन गर्न खेलाडीहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा वडाध्यक्ष आशिक तामाङ, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

संस्थाका कार्यसमिति सदस्य दीपक भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भोजराज रेग्मीले स्वागत मन्तव्य राखेका थिए।

होटल व्यवसायी संघ चितवनले रैथाने फुड फेस्टिबल गर्दै, स्टल बुकिङ खुला

भरतपुर । होटल व्यवसायी संघ चितवनले क्याम्पा चौरमा आयोजना गर्न लागेको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारिएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबल हुन लागेको हो । फुड फेस्टिबलमा साना ठुला गरी ३९ वटा स्टल रहनेछन् । जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहनेछन् ।

फुड फेस्टिबलका लागि स्टल बुकिङ खुला गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिनुभयो । साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको उहाँले बताउनुभयो । फुड फेस्टिबलमा रैथाने खानेकुरालाई प्राथमिकता दिइएको छ भने विविध सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछन् ।

फुड फेस्टिबलमा पशुपती शर्मा, प्रिति आले, अनु चौधरी, हास्य कलाकार सुवोध गौतम, सुप्रिम मल्ल ठकुरी, कर्णराज गिरी, प्रजापती पराजुली, स्वप्न सुमन, ढाकाराम पौडेल, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान चितवनका कलाकारहरु लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने होटल व्यवसायी संघ चितवनका सचिव कृष्णकुमार महतोले जानकारी दिनुभयो । साथै स्याडोज व्याण्डको प्रस्तुती पनि हेर्न सकिने महतोले बताउनुभयो ।

फुड फेस्टिबलको मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रालि र सहप्रायोजकमा नेपाल लिक्वर्स प्रालि रहेको छ भने हस्पिटालिटी पार्टनरमा होटल ह्यापी होम र ग्यालेक्सी गार्डेन रिर्सोट रहेका छन्् । वल्र्डलिंक कम्युनिकेशनले फुड फेस्टिबलमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।

भीमोदयको स्वर्णमहोत्सव सुरु, कालिकाका मेयरले गरे उद्घाटन

कालिका, ६ पौष । स्थापना भएको ५३ औं वर्ष पुगेको अवसरमा भीमोदय नमुना माध्यमिक विद्यालयले आजदेखि सप्ताहाव्यापी कार्यक्रमगर्दै स्वर्णमहोत्सव मनाउँदैछ । २०२७ सालमा पुरानो पदमपुर (निकुञ्जभित्र)मा स्थापना विद्यालयले स्थापना भएको ५३ वर्ष पुगेको अवसरमा सप्ताहाव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजनागर्दै स्वर्णमहोत्सव मनाउन लागेको हो ।

पौष ६ गतेदेखि १३ गते सम्म आयोजनाहुने स्वर्ण महोत्सवको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले शुक्रवार (आज ) एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर रेग्मीले शैक्षिक क्षेत्रको विकास नभए सम्म सम्बृद्ध नगर बनाउने योजना पुरा नहुने बताउनुभयो । कालिकाले शैक्षिक क्षेत्रमागर्नुपर्ने काममध्ये पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर कामगर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

 

शैक्षिक क्षेत्रमा पूर्वाधार निर्माणले मात्रै नपुग्ने भन्दै मेयर रेग्मीले शैक्षिक गुणस्तर सुधारमा समेत ध्यानदिनुपर्ने बेला भएको उहाँको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर रेग्मीले शिक्षालाई आयआर्जनसँग जोड्न सके कालिका सम्बृद्ध नगरपालिकाको रुपमा विकासहुन धेरै समय नलाग्ने स्पष्टपार्नुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फवाट सामाजिक विकास समिति संयोजक समेत रहनुभएका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, मैयादेवी ट्रष्ट एवम् मैयादेवी कन्या कलेजका टंकनाथ पौडेलले बोल्नुभएको थियो ।

 

विद्यालय व्यवस्थापन समिति सदस्य गोपालजी गुप्ताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रममा मैयादेवी ट्रष्ट एवम् मैयादेवी कन्या कलेजका टंकथान पौडेल मैदादेवी कन्या कलेज र भीमोदय बीच सुमधुर सम्बन्ध कायम राख्नका लागि मैयादेवी ट्रष्टवाट छात्रा प्रतिभा पुरस्कारका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापनागर्ने घोषणागर्नुभयो । उद्घाटन समारोहमै नगर प्रमुख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घोषण गरिए बराबरको रकम (चेक) पौडेलले हस्तान्तरण समेत गर्नुभयो ।

उद्घाटनपछि नगर प्रमुख लगायत आमन्त्रीत पाहुनाहरुले विद्यालय परिसरमा राखिएको विज्ञान तथा प्रविधि प्रदर्शनीमा सहभागी भएका थिए । यस्तै आजै विभिन्न विद्यालयहरु बीच आयोजना गरिएको मेत्रीपूर्ण भलिवल प्रतियोगीताको समेत मेयर रेग्मीले उद्घाटनगर्नुभयो ।

स्वर्ण महोत्सव सफल बनाउन विद्यालयले विभिन्न २९ वटा उप–समिति गठन गरेको छ । विद्यालय परिसरमा स्वर्ण स्तम्भ, स्वर्णगेट निर्माण लगायतका पूर्वाधार निर्माणको काम गरिरहेको छ । स्वर्ण महोत्सवको अवसरमा विज्ञान प्रविधि सामग्री प्रदर्शन, जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगीता, भाषणकला प्रतियोगीता, जिल्ला स्तरिय क्वीज प्रतियोगीता, रक्तदान, निशुल्क स्वास्थ्य परीक्षण, लोकसंस्कृति प्रदर्शनी, पूर्व विद्यार्थीहरुको मिलनभेला, शैक्षिक बहस लगायतका कार्यक्र हुने विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।