Home Blog Page 1340

कञ्चनपुरमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा मंगलवार बेलुका जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जेसीबीको ठक्करबाट भीमदत्त नगरपालिका ब्रह्मदेवका गणेश बादीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले नेपालखबरलाई बताए।

मंगलवार बेलुका पूर्वबाट पश्चिम तिर गइरहेको से १ क १९१६ नम्बरको जेसिबीले पैदल हिडिरहेका बादीलाई ठक्कर दिएको दिएको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको हो। जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जुम्लामा नयाँ शैक्षिक सत्र सुरु, विद्यार्थीले पाए पाठ्यपुस्तक

नवनिवयुक्त आईजीपीले अवकाश पाएका खनाललाई गरे विदाई

तीस वर्षे सेवा अवधि पूरा गरे अनिवार्य अवकाश पाएको आईजीपी सर्वेन्द्र खनाललाई नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीले विदाई गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो।

खनालले आफ्नो कार्यकालमा १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्यान्वयनमा ल्याएको, समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत ७ सय ५३ स्थानीय तहसँग सम्झौता गरेको र यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले ‘गेम चेन्जर प्रोजेक्ट’ का रुपमा परिभाषित गरेको, भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेकोलगायत आफ्नो कार्यविवरण प्रस्तुत गरेका थिए। 

सो अवसरमा नयाँ आईजीपी ज्ञवालीले अवकाश पाउँदै गरेका वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पुर्‍याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे।

खनालसँगै एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत तथा डीआईजीहरु मनोज न्यौपाने, सुरेश विक्रम शाह, केदार रिजाल, शेर बहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमल बहादुर जिटी, महेन्द्र कुमार पोखरेल, दान सिंह बोहोरा, राम प्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्ण चन्द्र जोशी, हरिभक्त प्रजापति र राजेन्द्र मान श्रेष्ठ अवकाश हुँदैछन्।

‘मातातीर्थको जग्गा : कैफियत छैन, भूमिहीन र जोताहाको पक्षमा छ’

किर्ते गरेको आरोमा समातिएका वडा सदस्य धरौटीमा रिहा

ओखलढुङ्गामा सरकारी कागजात कीर्ते गरेर सरकारी काम गरेको आरोपमा मुछिएका वडासदस्य धरौटीमा रिहा भएका छन्। उनकै नाममा अर्काले कीर्ते हस्ताक्षर गरेको भनिएता पनि उनको समेत संलग्नता हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरेको सुनकोशी गाउँपालिका–९ का धनबहादुर तामाङ धरौटीमा छुटेका हुन्।

आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालतले रु चार लाख धरौटीमा छाडेको वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए। ‘उहाँ त पीडित मान्छे हो। उहाँकै नाममा कीर्ते हस्ताक्षर भएको थियो’, उनले भने, ‘बयानका लागि बोलाइयो। अदालतले रु चार लाख धरौटी माग्यो। त्यो बुझाएर उहाँ निस्कनुभयो।’

वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीनलाई प्रहरीले यसअघि पक्राउ गरेको थियो। निर्वाचित वडासदस्य धनबहादुर तामाङको नाममा कार्यवाहक वडाध्यक्ष उल्लेख गरी कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त भनिएका सुनकोशी गाउँपालिका–९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परेका थिए। उनीहरु अहिले पूर्पक्षका लागि कारागारमा छन्। उनीहरुकै बयानका आधारमा वडासदस्य तामाङलाई पनि नियन्त्रणामा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

सुनकोशी गाउँपालिका–९ को छाप, लेटरप्याड, मालपोत रसिदलगायतका सबै सरकारी कागजात कीर्ते गरेर गाउँका नागरिकसँग अवैधरुपले सेवा शुल्क भन्दै रकम असुल्ने, छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षरसमेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुंगाबाट अनधिकृत व्यक्तिका नाममा जग्गा नामसारीसमेत गर्ने गरेको सूचनाका आधारमा प्रहरीले कीर्ते गर्नेविरुद्ध अनुसन्धान थालेको थियो। रासस

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट

सिरहामा १५ महिने बालिकाको शव पोखरीमा, हत्याको आशंका

सिरहामा १५ महिने बालिकाको शव प्लास्टिकमा राखेर फालिएको अवस्थामा पोखरीमा फेला परेको छ। सोमबार अपराह्न हराएकी बडियारपट्टी गाउँपालिकाका स्थानीय देवेन्द्र यादवकी १५ महिने छोरी आशिका यादवको शव घर नजिकैको पोखरीमा प्लाष्टिकको वोरामा पोकोपारी फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बालिका सोमबार अरान्ह हराएपछि घरपरिवार र प्रहरीले खोजविन गरिरहेको क्रममा मंगलबार अपरान्ह बालिकाको शव पोखरी फेला परेको हो। बालिकाको कसैले हत्या गरि फालेको हुन सक्ने आशंका गरिएको छ। आगनमा खेल्न छोडेर घरमा पुरी पकाउँदै गर्दा छोरी हराएको बालिका हराएकी थिइन्।

छोरी खोज्दा नभेटेपछि रातभर खोजतलास गरेपनि बालिका फेला नपरेपछि राती नै प्रहरीलाई घरपरिवारले प्रहरीमा खबर गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले बालिका डुवेर मरेको वा मारेर पोखरीमा फालिएको भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्र खुल्ने बताए।

तर घटनाको प्रकृति हेर्दा हत्या भएकोजस्तो देखिएको उनको भनाई छ। बालिकाको शव पोस्टमार्टमको लागि लागि जिल्ला अस्पताल सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सेयर बजारमा नयाँ रेकर्ड: करिब ४ अर्ब १५ करोड रुपैंयाको कारोबार

फेरी सञ्चालन पछि भोजपुरको षडानन्द तराईसँग जोडियो

अरुण नदीमा फेरी सञ्चालनमा आएपछि भोजपुरको षडानन्द नगरपालिकाको तराईसँग सिधा यातायात पहुँच पुगेको छ।

भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको मनकामनाबीचमा रहेको अरुण नदीको सतिघाटमा फेरी (गाडी तार्ने नाउ) सञ्चाउनमा आएसँगै षडानन्द नगरपालिकाका जनताले दिंगलाबाट सिधै तराई सम्मको यात्रा गर्न सक्ने भएका हुन्।

फेरी नगरपालिकाको करिब २ करोड लागानीमा निर्माण गरेको हो।

ट्याम्के मैयुङ यातायात प्रालिका अध्यक्ष दिपेस बिष्टका अनुसार फेरी सञ्चालनमा आए पछि भोजपुरको उत्तरी क्षेत्रका जनता हर्षित भएका छ्न। बिष्टले दिंगलाबाट दैनिक रुपमा ईटहरीसम्म र तुम्लिङटार खाँदबारीसम्म सहज रुपमा जान सकिने बताए। उनले भने फेरी सञ्चालनमा आएसँगै नगरका जनताको समय वचत हुनुको साथै सस्तो मुल्यमा सहज रुपमा यात्रा गर्न सकिने भएको छ।

आइतवार संघीय सांसद सुदन किराँती र षडानन्द नगरपालिकाका मेयर बिरबल राईले संयुक्त रुपमा फेरीको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले फेरी निर्माण भएसँगै षडानन्द नगरपालिकाको विकासको ढोका खुलेको बताए।

फेरी सञ्चालन भएपछि स्थानीय मिलन बिक्रम सिंह बस्नेतले भने, ‘अरुण नदीमा पुल नहुँदा तराई जान र तुम्लिङटार सम्म जान पनि धेरै समय लाग्थ्यो। २,३ वटा गाडी चढ्नुपर्थ्यो भने अहिले सिधै जान सकिन्छ। यसले हामी जनतालाई धेरै सजिलो भएको छ।’

जनतालाई आवत जावतमा सहजता हुनुको साथै दैनिक उपभोग्य सामाग्री ढुवानीमा सहज हुनुको साथै भोजपुरको उत्तरी क्षेत्रका जनताको समृद्धिको पाहिला अगाडि बढेको ट्याम्के मैयुङ्ग यातायात प्रालिका अध्यक्ष बिष्टले बताए।

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

गृहमन्त्रीका भाइ नरेशलाई थुन्‍न उच्च अदालतको आदेश

काठमाडौं, २८ माघ । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ । थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो । ‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभगतमा […]

‘कोभिड-१९ ले कृषिमा लाग्न बाध्य बनायो’ 

विष्णु पौडेल काण्ड सेलाउन नपाउँदै कपिलवस्तुमा ‘अरिँगाल’को यौनकाण्ड

तौलिहवा- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका सुर्ती व्यापारी अर्जुन श्रेष्ठले आफ्नै उद्योगमा काम गर्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका छन् । बलात्कार अभियोगमा जिल्ला कार्यालय कपिलवस्तुमा उजुरी परेपछि श्रेष्ठ फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशम्शेर जबराका अनुसार अर्जुन श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुबाट पक्राउ पुर्जी जारी भएको छ । बलात्कार अभियोग लागेका श्रेष्ठ फरार रहेको एसपी जबराले जानकारी दिए ।

‘आफ्नै उद्योगमा काम गर्ने १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा अर्जुन श्रेष्ठविरुद्ध उजुरी परेको छ । उहाँलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पुर्जी पनि जारी भएको छ’, एसपी जबराले भने, ‘खोजतलास जारी छ । अर्जुन श्रेष्ठलाई पक्राउ गरेर कारबाही हुन्छ ।’ आफूलाई नेकपा निकटको पत्रकार बताउने श्रेष्ठले सुर्तीको ठूलो व्यापार गर्दै आएका छन् ।

बालिका बलात्कार गर्ने सुर्ती व्यापारी श्रेष्ठले पक्राउ पर्नबाट बच्नका लागि सत्तारुढ नेकपाका ठूला नेताहरूलाई भेटेर बचाउन आग्रह गरेको स्रोतले जनाएको छ । श्रेष्ठले पीडित बालिकाको परिवारलाई मुद्धा फिर्ता लिएर मिल्न नेकपाका नेताहरूमार्फत दवाव दिएको खुलासा भएको छ । सुर्ती व्यापारी श्रेष्ठलाई बलात्कार काण्डबाट बचाउन नेकपा कपिलवस्तुका केही नेताहरू सक्रिय रुपमा लागेको आरोप छ ।

जेठी पत्नी हुँदा हुँदै आफ्नै सहोदर भाञ्जीलाई यौनकाण्ड मच्चाएका व्यापारी श्रेष्ठले १५ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनको अर्को कालोकर्तुत बाहिर आएको छ । कपिलवस्तुका पत्रकारहरूले श्रेष्ठको बलात्कारको समाचार लेख्न डराएका छन् । सत्तारुढ नेकपा निकट मानिने सुर्ती व्यापारी श्रेष्ठले आफूलाई पत्रकारका रुपमा परिचय दिने गरेका छन् ।

कोरोनाभाइरसको औषधि परीक्षण अमेरिकामा जारी

अशोक एक्ला निर्णायक

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मेक्सिकोको पोयट्री भार्लार्टा सहरमा सम्पन्न मेक्सिको ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भुमिका निर्वाह गरेका छन् । उनी एसिया महादेशबाट प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्ने एक्लो निर्णायक बने ।

अशोकले ग्यारोगी पूम्से र पारा ३ ओटै विधामा निर्णायकको भुमिका निर्वाह गरेका थिए । उनलाई पान अमेरिकाका रेफ्री चियरम्यान एरिक वाले प्रमाणपत्र प्रदान गरेका थिए ।

The post अशोक एक्ला निर्णायक appeared first on Rajdhani Daily News.

प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने

ओपोका ७ स्मार्ट फोन

सन् २०१०–२०१९मा ओपोद्वारा भिœयाइएका केही उत्कृष्ट स्मार्ट फोन जसले दशककै प्राविधि विकासको प्रतिनिधित्व गर्छ यहाँ तिनै प्रविधि प्रस्तुत गर्ने प्रयास गरिएको छ :

ओपो फाइन्ड२०११

सन् २०११ मा ओपोले फाइन्ड (एक्स९०३) स्मार्ट फोन सार्वजनिक ग¥यो । उक्त फोनमा साइडस्लिप कभर, फुल किबोर्ड र एन्ड्रोइड सञ्चालन प्रणाली (सो समयमा नौलो र
स्मार्ट फोन प्रविधिका लागि क्रान्तिकारी मानिएको लगायत फिचर्स उपलब्ध गरिएको थियो
। यसमा रहेका अनुकरणीय कलात्मकता र प्रयोगकर्तामैत्री इन्टरफेस भए तापनि यो
ओपोद्वारा उत्पादित अहिलेसम्मकै मोटो फोन हो । तसर्थ
, ओपो फाइन्डलाई अझ हल्का र पातलो बनाउनका लागि यसमा थिथप
कार्य गर्नुपर्ने देखिन्थ्यो ।

ओपो फाइन्डर२०१२

मोटो ओपो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ
उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ फोनलाई हल्का र पातलो बनाउन विशेष
डेभलपमेन्ट टिमको स्थापना गरियो । नतिजास्वरूप ओपो फाइन्डरको जन्म भयो ।

अतिरिक्त पातलो यो स्मार्ट फोनका माध्यमबाट फाइन्डबाट फाइन्डरसम्म आइपुग्दा
ओपोले ठूलो छलाङ मा
¥यो । मात्र ६.६५ एमएम मोटाइ र
उत्कृष्ट कार्य क्षमताले सुसज्जित ओपो फाइन्डरले सीएनएन जस्ता विभिन्न
मिडियामार्फत अन्तर्राष्ट्रिय कभरेज पनि प्राप्त ग
¥यो ।

ओपो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा थिननेस स्मार्ट फोन ब्रान्डका लागि एक
मह
Œवपूर्ण प्रोडक्ट डिजाइन
फ्याक्टरका रूपमा स्थापित भयो । फलस्वरूप एकभन्दा अर्कोले अझ पातलो फोन निर्माण
गर्ने स्पर्धा अहिलेसम्म कायमै छ ।

ओपो युलाइक२ २०१२

युलाइक२ को आगमनलाई ब्युटिफाइड सेल्फी युगको सुरुवात मानिन्छ । ओपोका एक
डिजाइनरले राखेको ओपो फोन्सको डिजाइन स्पष्ट तस्बिरका लागि मात्र नभई फोनको
आकारसमेत आकर्षक हुनुपर्ने अवधारणाको अनुशरणमार्फत यसो हुनु सम्भव भएको हो ।

ओपो युलाइक२मा रहेको ब्युटी २.० अल्गोरिथमका साथै, ५एमपी फरवार्ड फेसिङ क्यामेरासहितको पहिलो ओपो उपकरण बन्यो
। ब्युटी २.० अल्गोरिथम सूचारु गरेसँगै यसले स्वचालित रूपमै ब्युटिफिकेसन
इफेक्टमार्फत आकर्षक सेल्फी खिच्न सघाउँछ ।

ओपो एन थ्री२०१४

क्यामेरा मास्टरका रूपमा परिचित ओपो एन थ्री रोटेटिङ स्मार्ट फोन
क्यामेराको अवधारणामै क्रान्ति भि
œयाउने पहिलो फोन हो ।
सुरुचीपूर्ण कार्यान्वयन क्षमतासहितको विद्युतीय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको
यो नै पहिलो उपकरण हो । १६एमपी लेन्स र अत्याधुनिक ग्राफिक इन्जिन सुसज्जित यो फोन
सन् २०१४को स्ट्रोङ्गेस्ट परफर्मिङ स्मार्ट फोनका रूपमा पनि लिइन्छ ।

फोनको छेउमा राखिएको चार्जिङ पोर्टलगायत यसको आकार र आकर्षक डिजाइनले फोन
चलाउन तथा बोक्दा आरामदायी अनुभवका साथै भिडियो प्ले ब्याक तथा गेमिङलगायत
मल्टिमिडिया प्रयोगका लागि सहजता प्रदान गर्छ । अझ ओपो एन थ्रीमा कम्पनीले
ओक्लिक (छुट्टै किचेन रिमोट) पनि उपलब्ध
गरिएको थियो । यसका माध्यमबाट उपभोक्ताले क्यामेरा रोटेसनका साथै तस्बिर खिच्ने
कार्यसमेत गर्न सक्छन् ।

ओपो आरनाइन२०१६

सन् २०१६मा ओपोले, हालसम्म पनि बजारमा निकै
लोकप्रियता पाउन सफल नयाँ फ्ल्यास चार्जिङ प्रणाली सार्वजनिक ग
¥यो । भोक फ्ल्यास चार्जिङले सुसज्जित ओपो आर नाइनले मात्र ५
मिनेट चार्ज गरेको भरमा २ घण्टासम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ । २०
मिलियन कपिज् बिक्री हुनुका साथै
,
यसले समग्र मोबाइल फोन
बजारको ४ प्रतिशत हिस्सा हात पार्नुका साथै चिनिया मोबाइल बजारमा सर्वाधिक बिक्री
गर्न सफल रह्यो । सन् २०१६को नोभेम्बर १ मायसले स्वान अवार्ड (चीनमा सर्वाधिक
सम्मानित मोबाइल फोन डिजाइन तथा एप्लिकेसन इनोभेसन)पनि जित्न सफल भयो ।

ओपो फाइन्ड एक्स२०१८

क्रान्तिकारी स्क्रिन डिजाइनसहितको ओपो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली
सिमलेस फुल स्क्रिन स्मार्ट फोनका रूपमा लिइन्छ । यसमा रहेको कभर्ड सर्फेस
पानोरामिक स्क्रिन र हिडन फ्रन्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई
उद्योगकै उच्च स्क्रिन रेसियोसहितको फोनका रूपमा स्थापित ग
¥यो ।

फाइन्ड एक्सको आगमनसँगै यसले सर्वाधिक इफेक्टिभ फुल स्क्रिन स्मार्ट फोन
निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो । फाइन्ड एक्सले कम्पनीको
भिजन
डेयर टु ब्रेक थ्रु एन्ड डेयर
टु इन्नोभेट
,प्रतिको प्रतिबद्धता पनि
प्रदर्शित गरेको छ ।

ओपो फाइन्ड एक्सले टेक युट्युबर एमकेबीएचडीज् स्मार्ट फोन अफदी इयर २०१८मा
बेस्ट डिजाइन अवार्ड पनि हात पार्न सफल भयो ।

ओपो रेनो फाइभजी२०१९

सन् २०१९को सुरुवातसँगै ओपोले आफ्नो नौलो सिरिज ओपो रेनो सार्वजनिक ग¥यो । रेनो टेनएक्स जुम र रेनो फाइभ जी (फाइभ जी
कनेक्टिभिटीको साथमा)
, टेनएक्स हाइब्रिड जुमप्रविधि
र पिभोट राइजिङ क्यामेरा (नोचलेस स्क्रिन डिजाइनका लागि सघाएको) लगायत फिचर्स पनि
उपलब्ध गरिएको छ । ४८एमपी प्राइमरी लेन्स
, १३ एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्ससहितको फुल(फोकल लेन्थ
ट्राइ)लेन्स रियर क्यामेरासहितको ओपो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई
नयाँ आयाम प्रदान ग
¥यो । ओपो रेनो फोटोग्राफर तथा
रचनात्मक व्यक्तिका लागि गो टु सिरिजका रूपमा स्थापित भयो । साथै
, ओपो रेनो फाइभ जी युरोपमा व्यावसायिक रूपमा बिक्री थालिएको
पहिलो फाइभ जी स्मार्ट फोन पनि बन्यो । स्विट्जरल्यान्डमा यसको बिक्री आरम्भ
स्विट्जरल्यान्ड भरका स्विस कम पसलमार्फत गरिएको थियो ।

The post ओपोका ७ स्मार्ट फोन appeared first on Rajdhani Daily News.

बाल अस्पताललाई राष्ट्रिय वाणिज्य बैंकद्वारा ५० लाख सहयोग

प्रदेशस्तरीय १६ वर्षमुनिको क्रिकेट लिग हुँदै

कास्की, २७ माघ । तल्लोस्तरदेखि नै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पोखरामा यही माघ २९ गतेदेखि गण्डकी प्रदेशस्तरीय १६ वर्ष मुनिको अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता आयोजना गरिएको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पहिलोपटक पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा कास्कीका दुईसहित नवलपुर, बाग्लुङ र स्याङ्जाबाट एक÷एक गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने आज […]

पर्वतमा कागतीखेती अभियान