Home Blog Page 1339

चीनबाट ल्याइने विद्यार्थीलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारी पूरा

काठमाडौं, २८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताउनुभएको हो । भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ बेड तयार गरिएको र महिलाका […]

बुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा

समाजबाट संस्कार र संस्कृति हराउँदै गर्दा न शंखको धुन बज्छ, नत बालन नै गुञ्जन्छ (भिडियो)

१. हलहलेको सफलता : पर्यटकीय क्षेत्रको पहिचान र यस्को विकासमा स्थानीयवासी अग्रसर हुन थाले मुलुकमा पर्यटकीय एवं आध्यात्मिक क्षेत्रको पहिचान र यस्को विकासमा स्थानीयवासी अग्रसर हुन थालेका छन् । विभिन्न कारणले ओझेलमा परेका तर सम्भावना बोकेको विभिन्न क्षेत्रहरुको प्रचार प्रसार एवं सम्वद्र्धनमा लाग्दा स्थानीयवासीको समेत आयआर्जनमा बृद्धि हुने अवस्था देखिएपछि स्थानीयवासी यस्ता क्षेत्रको विकासमा जुटेका […]

पटके सवारी शुल्क असुल खारेज गर्न संघको माग

केपी ओलीलाई ठाडो चुनौती दिन सिंहदरबारभित्र घुसे यी कम्युनिस्ट !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतालाई संसदबाट पारित गराउने अडान सार्वजनिक गर्दै आएका छन् ।

एमसीसीलाई पारित गराउन प्रधानमन्त्री ओलीले अनेक प्रयास गरिरहेका बेला उनलाई ठाडो चुनौती दिन कम्युनिस्ट नेताहरू नै सिंहदरबारभित्र घुसेका छन् । कम्युनिस्ट नेता आवद्ध देशभक्त गणतान्त्रिक मोर्चाले प्रधानमन्त्री ओलीलाई एमसीसी सम्झौता कार्यान्वयनमा ल्याउन नहुने ज्ञापनपत्र बुझाएकोछ ।

प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । मोर्चाका संयोजक सीपी गजुरेलले ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमसीसी कार्यान्वयन गर्न नहुने माग गरेको बताए ।

ज्ञापन पत्रमा भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेकोतर्फ सरकारको ध्यानाकर्षण समेत गराइएको छ । प्रधानमन्त्री ओलीले भने एमसीसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जनाएको उनले बताए ।

संयोजक गजुरेलले एमसीसी सम्झौता कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश हुने र नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको समेत बताएका छन् । उनले ५५ अर्ब पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्ने काम सरकारले गर्न लागेको खुलासा गरेका छन् ।

घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

एक नम्बर प्रदेशसभाको बैठक सुचारु, कांग्रेसले भन्यो-स्वतन्त्र निकायले धर्म छाडेपछि संसद अवरुद्ध गर्न बाध्य

विराटनगर , २८ माघ । अख्तियार प्रकरणलाई लिएर मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको एक नम्बर प्रदेश सभाको बैठक मंगलबार सुरु भएको छ ।

मुख्य प्रतिपक्षी दल कांग्रेसले प्रस्टिकरण दिदै अवरोध छाडेपछि मंगलबारदेखी एक नम्बर प्रदेश सभाको बैठक सुरु भएको हो ।

अख्तियार प्रकरणलाई लिएर मुख्य प्रतिपक्षी दल कांग्रेसले एक नम्बर प्रदेश सभाको २६ र २७ माघको बैठकमा अवरोध पुर्याएको थियो । कांग्रेसको अवरोधले गर्दा दुई दिन संसदको बैठक सञ्चालन हुन पाएन ।


प्रदेश सांसद शेखरचन्द्र थापा

मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद शेखरचन्द्र थापाले अख्तियारले स्वतन्त्र र तथस्थ भुमिका नभिएकोले पार्टीको निर्णय अनुसार संसद अवरुद्ध गर्न बाध्य भएको बताए ।

उनले राज्यको सबैधानिक स्वन्त्र निकायले कसैलाई काखा र कसैलाई पाखा अनि कसैलाई ठोक्ने , कसैलाई बोक्ने र जोख्ने काम गर्न नहुने बताए । उनले संसद नागरिकहरुको आवाज बोल्ने सर्बोच्च थलो भएकोले कांग्रेसले सधैभरि बन्धक नवाउने भन्दै बैठकको अवरोध हटाएको जानकारी गराए ।

उपसभामुख , सरस्वती पोखरेल

मंगलबारको बैठकको सुरुमा प्रतिपक्षी कांग्रेस सांसदहरुले उठेर अवरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले संसदिय दलको तर्फबाट सांसद शेखरचन्द्र थापालाई बोल्न समय दिएकी थिइन ।

प्रदेश वतावरण संरक्षण बिधेयक पेश

उद्योग , बन , बातावरण तथा पर्यटन मन्त्री जगदीश कुसैत

एक नम्बर प्रदेशको सभाको अवरोध हटेपछि मंगलबारको बैठकमा संसदमा एक नम्बर प्रदेश वतावरण बिधेयक पेश भएको छ । प्रदेश सरकारका उद्योग, बन वातावरण तथा पर्यटन मन्त्री जगदीश कुसैतले प्रदेश वातावरण संरक्षण सम्बन्धमा बनेको बिधेक बैठकमा पेश गरे । उक्त्त बिधेयकको सैद्धान्तिक छलफल मंगलबारबाटै संसदमा सुरु भएको छ ।

The post एक नम्बर प्रदेशसभाको बैठक सुचारु, कांग्रेसले भन्यो-स्वतन्त्र निकायले धर्म छाडेपछि संसद अवरुद्ध गर्न बाध्य appeared first on Koshi Online.

पाँचपटक ग्रान्ड स्ल्याम उपाधी जितेकी मारिया सारापोभाले गरिन् सन्यास घोषणा

उद्योगी व्यवसायीहरूका लागि सरकार जुनसुकै सहयोग गर्न तयार : प्रधानमन्त्री ओली

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरूका लागि सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले मुलुकको आर्थिक उन्नती र विकासका लागि सरकार निजी, सहकारी र सरकोरवाला सबैसंग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सरकार सुशासनसहितको आर्थिक विकासमा अघि बढेको भन्दै कानूनको कार्यान्वयन र सुशासन प्रवद्र्धनमा निजी क्षेत्रको सहयोगको आवश्यकता औंल्याए ।

प्रधानमन्त्री ओलीले उत्पादन क्षेत्रमा उल्लेख्य प्रतिफल हासिल गरी निर्यात अभिवृद्धि गर्ने व्यवसायीहरूलाई सरकारले अझ थप सेवा सुविधा र अवसर प्रदान गर्ने पनि बताए ।

The post उद्योगी व्यवसायीहरूका लागि सरकार जुनसुकै सहयोग गर्न तयार : प्रधानमन्त्री ओली appeared first on Koshi Online.

शहरी विकास राज्यमन्त्रीका सल्लाहकार बलात्कारको आरोपमा पक्राउ

उपेन्द्र यादवले भने–‘संविधानमा मूल भावना समेटिएको छैन’

जनकपुरधाम, २८ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानमा नेपाली जनताको मूल भावना नसमेटिएको बताएका छन् ।

नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा उनले यस्तो बताएका हुन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिक रूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको उल्लेख गरे ।

संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक स्वतन्त्रतालगायत उपलब्धिमूलक धारा भए पनि उनले यसको कार्यान्वयन पक्ष जटिल रहेको धारणा प्रकट गरे ।

यसैगरी अध्यक्ष यादवले संसदीय प्रणालीमा संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार नरहेको बताए ।

उनले सोही कारणले संविधानमा संसदीय गुण र सर्वोच्चता नरहेको विचार प्रकट गरे ।

उनले राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन समानता, राज्य सञ्चालनमा समावेशिता र समान अवसरका लागि हुनुपर्नेमा जोड दिए ।

उनले राजपा र समाजवादी पार्टीले संविधान संशोधनका लागि ठोस रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याए ।

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले परिवर्तनका लागि शक्ति आवश्यक रहेकाले शक्ति सुदृढीकरणका लागि कार्यकर्तालाई सङ्गठन बलियो बनाउन आह्वान गरे ।

The post उपेन्द्र यादवले भने–‘संविधानमा मूल भावना समेटिएको छैन’ appeared first on Koshi Online.

चार भन्दा बढी सन्तानलाई सेनामा प्रवेश गराउने अभिभावक सम्मानित

टिका प्रसाईंको ‘नसकिने भो’ सार्वजनिक (भिडियो सहित )

काठमाडौं / चर्चित गायिका टिका प्रसाई र लेखराज गुरुङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा प्रसाईकै शब्द तथा संगीत रहेको छ । प्रसाई र गुरुङको नसकिने भो बोलमा रहेको गीत सार्वजनिक भएको हो ।

गीतमा उदय राज पौडेलको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ । गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको अभिनय रहेको छ । त्यस्तै बालकलाकारमा आर्शिना भट्टराई र संस्कार गुरुङलाई फिचर गरिएको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाइँले खिचेको भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन् । नाइ मलाई थाहा छैन, माया लुकी लुकी, कर्के नजर, तिमी मलाई मन पर्छपछि टिकाको नसकिने भो सार्वजनिक भएको हो । टिकाका प्राय सबै गीत निकै चर्चित छन् ।

भिडियो :-

 

The post टिका प्रसाईंको ‘नसकिने भो’ सार्वजनिक (भिडियो सहित ) appeared first on Purbeli News.

फुटबल प्रतियोगिता : सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा

त्रीदेबी फेसन हाउसकाे डिजाइनमा मोडलहरु

इटहरी / फेसनइस्टा रनवे सोमा त्रीदेबी फेसन हाउसले मोडलहरूको कपडा डिजाइन गरेकाे छ । रोज डे को अवसरमा गत शुक्रबार क्रमस इन्टटेन्मेनले ललितपुरको अैला लाउन्ज रेस्टुरेन्टमा आयोजना गरेको फेसनइस्टा रनवे सो मा त्रीदेबी फेसन हाउसले उक्त डिजाइन गरेकाे हाे । १३ जना महिला र ६ जना पुरुषहरूकाे कपडा डिजाइन गरेर फेसन हाउसले बताएकाे छ ।

अलग अलग डिजाइनमा सजीएका मोडलहरुले अैला लाउन्जमा रौनक थपेको थिए । रनवे सोको कोरीयोग्राफी नीलम पौडेल गरेकी छन् । कुमारीपाटी स्थीत त्रिदेबी फेसन हाउसका सञ्चालिका तथा डिजाइनर सन्जीता बराल र दीपा केसीले आगामी दिनमा पनि नेपाली संस्कृतिको मौलीक पोसाकहरुलाइ पनी समेटेर डिजाइन तयार पार्ने बताए ।

The post त्रीदेबी फेसन हाउसकाे डिजाइनमा मोडलहरु appeared first on Purbeli News.

पाथरखोलामा २० भेँडा मरे, उपचार गर्न जनशक्ति छैन

उपाधि होडबाट बाहिरियो मनाङ

सातदोबाटोस्थित एन्फा मैदानमा मगंलबार भएको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई जिते पनि यो संस्करणको उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ।

पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

मनाङले गत संस्करण संकटा क्लबलाई हराउँदै आठौ पटक लिगको उपाधि उचालेको थियो। यो संस्करण राष्ट्रिय टोलीका खेलाडीसहित अन्य भरपर्दा खेलाडीले छाडेपछि केही कमजोर आकलन गरिएपनि लिगमा सशक्त प्रर्दशन गर्दै आएको थियो।

यसअघि मनाङले ०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२, ०७० र २०७५ सालमा भएको लिगको उपाधि जितेको थियो।

लिगको उपाधिका लागि भने शीर्षस्थानको त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।

मनाङले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो। खेलको ३२ औं मिनेटमा आदित्य चौधरीको लामो पास अन्जन राईले क्लियर गर्न नसकेको बलमा विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा अन्जन विष्टको गोलमा मनाङले अग्रता दोब्बर पा¥यो। अन्जनले निशान लिम्बुको पासमा हेडमार्फत गोल गरेका थिए।

मनाङ ७ खेलमा जित, ४ मा बराबरी र १ मा हार भोग्दै तेस्रो स्थानमा छ। मिश्रित खेल पस्कँदै आएको पुलिस क्लब भने ५ मा जित २ मा बराबरी र ५ मा हार भोग्दै १७ अंकसहित छैठौं स्थानमा छ।

बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

भरतको कीर्तिमानी ५०औं गोल छोरी स्वर्णिकालाई समर्पण

सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले एक गोल गरे। यससँगै उनले लिगमा गोलसंख्या ५० पुर्‍याएका छन्।

एन्फा मैदान, सातदाेबाटाेमा ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेलमा उनले ५०औं गोल गरेका हुन्। यस्तो कीर्तिमान कायम गर्ने उनी सातौँ खेलाडी बनेका छन्।

खेलको पाँचौ मिनेटमा जर्ज प्रिन्स कार्कीको पासमा हेडर गोल गर्दै उनले आफ्नो खेलजीवनको कोशेढुङगा हासिल गरेका हुन्। भरतको गोलमा खेलमा अग्रता बनाउँदै सो खेल आर्मीले ३–० ले आफ्नो पक्षमा पार्‍यो।

‘खेलमा गोल गर्न आफैंमा गाह्रो हुन्छ तर टोली, कोचिङ स्टाफ, म्यानेजमेन्ट र फुटबलप्रेमीको मोटिभेसन र सहयोगले नै यो सम्भव भएको हो,’ कप्तान भरतले भने, ‘यो गोल म मेरी छोरी स्वर्णीका खवासलाइ समर्पित गर्न चाहन्छु। लिगका सबै खेलमा छोरी र श्रीमती आउँथे तर आजको यो महत्वपूर्ण खेलमा भने सहभागी हुन सकेनन्। दुःख लागेको छ। सायद छोरी आएको भए आज उनलाई खेलमैदानमैं लिएर समर्पित गर्थें, तर त्यो हुन सकेन।’

लिगमा ५० गोल उनको अन्तिम नभई, १०० गोल गर्नु मुख्य लक्ष्य भएको उनले बताए। ‘सन्तोष (साहुखल) दाइले १ सय गोल पुरा गर्नुभयो। मलाई थाहा छ त्यो भेट्न निकै गाह्रो हुन्छ। तर पनि म त्यो लक्ष्य हासिल गर्ने कोशिस गर्नेछु।’

Bharat Khawas 1५० गाेल पुरा गरेकाे सन्दर्भमा उनलाई खेल मैदानमैं फूलगुच्छाहरुले सम्मानित गरिएको थियो।  तस्बिर: एन्फा

सन्तोषले यसै लिगमा नै १०० गोलको कोशेढुङ्गा पार गरेका थिए। पुस २३ गते नेपाल पुलिस क्लव विरुद्धको खेलमा १७औं मिनेटमा गोल गर्दै सन्तोषले १ सयौं गोल गरी सो लक्ष्य हासिल गर्ने पहिलो कीर्तिमानी नेपाली खेलाडी बनेका हुन्।

उनको अर्को लक्ष्य राष्ट्रिय टोलीबाट नेपाली पुरुष खेलाडीले बनाएको १३ गोलको कीर्तिमान तोड्नु हो। १४ गोल गर्ने वा टोलीलाई लिग च्याम्पियन बनाउनेमध्ये उनका लागि कुन लक्ष्य बढि महत्वपूर्ण भन्ने जिज्ञासामा उनी हास्दै भन्छन्, ‘आर्मीलाई लिग जिताउने।’

‘मान्छेलाई पूर्ण सन्तुष्टि भन्ने कुरा त हुदैन। ५० गोल मेरो मुख्य लक्ष्य हैन,’ कप्तान भरतले भने, ‘मेरो लक्ष्य राष्ट्रिय टोलीको १३ गोल तोड्ने हो। बीचमा आर्मीको तालिमका कारणले पनि खेल्न सकिन। त्यसले अलिक गाह्रो भयो।’ भरतले त्यो रेकर्ड तोड्नेमा आत्मविश्वास भने व्यक्त गरे।

यसपटक लिग जित्नबाट एक कदम मात्र टाढा रहेको आर्मीको टोलीका लागि कप्तान र सिनियर खेलाडीका हिसाबले आफ्नो महत्व कति छ भन्ने उनले बुझेका छन्। अहिले उनको एउटै सपना छ– आर्मीलाई लिग च्याम्पियन बनाउने। त्यसमैं आफूले अर्जुनदृष्टि केन्द्रित गरेको उनले दोहोर्‍याए।

‘एकपटक आर्मीलाई च्याम्पियन बनाउन पाए मेरो सपना पुरा हुने थियो। यसपटक हामी उपाधिका लागि खेलिरहेका छौं। उपाधि जित्नका लागि हामी हरसंभव प्रयास गरिरहेका छौं। त्यसका लागि म पनि आफ्नो शतप्रतिशत दिदैँछु,’ उनले भने।

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो ब्याचका उत्पादन भरतले २०६३ सालमा संकटा क्लबबाट ए डिभिजन लिगको यात्रा थालेका थिए।

त्यसपछि संकटा, फ्रेण्ड्स र पुलिस क्लव हुँदै उनी सन् २०१२ यता निरन्तर आर्मीबाट खेलिरहेका छन्। २ सिजन पुलिसबाट लिग खेले।

पुलिसबाट खेल्दा एकै सिजनमा १७ गोलसम्म गर्ने भरतले सेनाको टोलीबाट खेल्दा पनि उनले एउटै सिजनमा १६ सम्म गोल गरेको बताए। तर सेनाको पेशागत तालिमलाई समय दिनुपर्दा कुनै वर्ष निरन्तरतामा ‘ब्रेक’ लाग्ने गरेको र त्यसबाट खेलको लय पनि प्रभावित हुने गरेको उनले बताए।

Bharat Khawas 2मंगलबार ५०औं गोल गरेपछि स्यालुट गर्दै भरत खवास र अन्य खेलाडीहरु। 

खेलाडीका लागि सबैभन्दा ठुलो दुश्मन चोट नै भएको बताउँदै उनले बीचमा आफूले पनि चोटकै कारणले धेरै खेलहरुमा सोचे जस्तो प्रर्दशन गर्न नसकेको वा केहि खेल छुटाउनु परेको उनले बताए। तर, खेलजीवनमा आइपर्ने त्यस्ता परिस्थितिले उनलाई पटक्कै निरुत्साहित भने नगरेको उनको भनाइ छ।

‘सबै खेलमा गोल गर्न सकिदैन भन्ने थाहा छ तर थप मेहनत गरिराख्नुपर्छ र गरिरहन्छु’ उनले भने। थप मेहनत गरेर आफ्नो लयमा अझ सुधार गर्ने उनले दृढता व्यक्त गरे।

उनी कहिले हात भाँचिएर लामो समय स्टील राखेर पनि खेले भने कहिले खुट्टाको अप्रेसन त कहिले टाउकोमा टाँका लगाउनु परेको थियो। यी चोटहरुका कारण पनि आफू अलि पछि परेको उनको अनुभुति छ।

लिगमा ५० गोल गर्ने उनी सातौं खेलाडी हुन्। यसअघि बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष साहुखलले लिगमा ५० गोल पुरा गरेका थिए।

मनाङ मर्स्याङ्दी क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा