Home Blog Page 1341

जापानमा थप ६५ जनालाई कोरोनाको सङ्क्रमण

एजेन्सी, २७ माघ । जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ । पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ । पछिल्लो पटक शंका लागेका […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प

सशस्त्रमा डीआईजीहरुको सरुवा तथा पदस्थापन, नम्बर ३ बाहिनीमा ब्रम्हाचार्य, सचिवालयमा श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले चार जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ भने पाँच जनाको पदस्थापन गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार डीआईजीहरुको सरुवा र पदस्थापन गरेका हुन् ।

नम्बर ३ बाहिनीका बाहिनीपति चीरञ्जीवी अधिकारीलाई प्रधान कार्यालय मानवस्रोत विभागमा सरुवा गरिएको छ भने उनको ठाउँमा कृष्णभक्त ब्रम्हाचार्यलाई पदस्थापन गरिएको छ ।

यसैगरी नम्बर ७ बाहिनीको बाहिनीपतिमा हरिशंकर बुढाथोकीलाई पदस्थापन गरिएको छ । सो बाहिनीका बाहिनीपति गोविन्द क्षेत्रीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिस्थान सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रविणकुमार श्रेष्ठलाई लगिएको छ । अब उनैले सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी बहन गर्ने छन् ।

हालै बढुवा भएका बंशीराज दाहाललाई मानवस्रोत विभाग, ई. किशोर प्रधानलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र राजेन्द्र बस्नेतलाई एपीएफ कमान्ड तथा स्टाफ कलेजमा पदस्थापन गरिएको छ । नम्बर ४ बाहिनीको बाहिनीपतिको जिम्मेवारी कविन्द्रमान श्रेष्ठलाई दिइएको छ ।

The post सशस्त्रमा डीआईजीहरुको सरुवा तथा पदस्थापन, नम्बर ३ बाहिनीमा ब्रम्हाचार्य, सचिवालयमा श्रेष्ठ appeared first on Rajdhani Daily News.

मुढेमा हिल स्टेशन निर्माण गरिने

बेलायती बच्चाहरु पाकिस्तानको जिहादी स्कूलमा जान थाले, आतंकवादको जोखिम बढेको सरकारी खुलासा

लन्डन – एउटा गोप्य सरकारी प्रतिवेदनले चेतावनी दिएको छ कि हरेक वर्ष ३ हजार भन्दा बढी बेलायती बच्चाहरू पाकिस्तान जान्छन र उनीहरू ग्रीष्मकालीन कट्टरपन्थी मदरसाहरूमा भर्ना हुन्छन् ।

चिलिंग होम अफिसको अध्ययनअनुसार मदरसाहरूका पाठ्यक्रमहरूले ‘जिहादको गौरवशाली संस्करण’ सिकाउँदछन् । त्यसकारण अधिकारी चिन्तित हुनथालेका छन की बच्चाहरु कट्टरपन्थी विचारधाराका साथ बेलायत फर्किनेछन् जसबाट आतंकवादको जोखिम बढ्नेछ । पाकिस्तानमा थोरै समयको लागि मात्र अध्ययन गरे पनि यसले पाकिस्तानी मूलका बेलायती बच्चाहरूमा अतिवादको जोखिम बढाउने प्रबल सम्भावना रहेको अधिकारीहरु बताउछन् ।

विद्यार्थीहरूलाई पाकिस्तानको जमीअतुल उलूम उल इस्लामिया मदरसामा राखिन्छ । प्रतिवेदनले यस मदरसालाई चिन्ताको विषय बताउछ । यस्ता खाले मदरसाहरूमा भर्ना हुँदा उनीहरुमा गम्भीर प्रकारको धार्मिक चरमपन्थको विकास हुने समस्या निम्त्याउँछ ।

७/७ का बम हमलाबरहरु मध्ये दुई जना मोहम्मद सिद्दिक खान र शहजाद तनवीरले २००५ मा घातक हमला गर्नु भन्दा एक बर्ष अगाडी पाकिस्तानको मदरसामा भर्ना लिएका थिए । उक्त बम हमलाबाट ५२ जनाको मृत्यु भएको थियो ।

बेलायती सुरक्षा निकायहरुका अनुसार केही पाकिस्तानी अभिभावकले विस्तारित परिवारलाई भेट्न जाने बहानामा गर्मीका बिदामा आफ्ना बच्चाहरूलाई आफ्नै जन्मभूमि पाकिस्तानमा फिर्ता लैजान्छन् जहाँ उनीहरुलाई मदरसाहरूमा भर्ना गरिन्छ । पाकिस्तानमा अनुमानित २० हजारभन्दा बढी मदरसाहरु छन् ।

प्रतिवेदनले यो पनि भनेको छ कि ती मध्ये कतिपय मदरसाहरू बेलायतमा संकलन गरिएको रकम प्राप्त गर्दछन् र बेलायतमा रहिरहेका इमामहरूले आफ्नो मातृभूमिमा मदरसाहरु स्थापना गर्ने गरेका छन् । प्रतिवेदनले बिशेष गरी तीन मदरसाहरुको बारेमा गभ्भिर चिन्ता जनाएको छ । ती हुन – अफगानिस्तानको सिमानामा पर्ने सुदूर खैबर पख्तूनख्वा क्षेत्रको दारुल उलूम हक्कानिया (डीयूएच) मदरसा, कराचीको जामिया बिनोरिया र पाकिस्तान नियन्त्रित  काश्मिरस्थित जमीअतुल उलूम उल इस्लामिया ।

हुन त यी सबै मदरसाहरुले उग्रवादमा संलग्न रहेको अस्वीकार गर्छन तर डीयुएच मदरसा पहिले देखि नै ‘जिहाद विश्वविद्यालय’ को रूपमा परिचित छ किनभने त्यहाँका पूर्व विद्यार्थीहरूमध्ये अल कायदाका नेता असीम उमर पनि थिए र यसले पूर्व तालिबानी नेता मुल्ला उमरलाई पनि मानार्थ विद्यावारिधी प्रदान गरेको थियो ।

बेलायतमा डर छ कि कतै बेलायतीहरुले नै अनजानमै ती मदरसाहरुलाई चन्दा त दिरहेका छैनन् । खैबर पख्तुनख्वा सरकारले २०१६मा सो मदरसालाई विवादास्पद रुपमा दश बर्षे योजनाअन्र्तगत २.२ मिलियन डलर अनुदान दिएको थियो भने सन् २०२० सम्ममा शिक्षालाई बढावा दिने नाममा बेलायतबाट चन्दाको माध्यमबाट २८ सय ३० लाख पाउण्डको सहायता प्राप्त गरिसक्नेछ । कट्टरपन्थीसँग कुनै पनि प्रकारको संलग्नतालाई अस्वीकार गर्दै आएका उक्त मदरसाका प्रमुख मौलाना हामिद उल हक तालिबानको बारेमा सोधिने प्रश्नमा तालिबान ‘विद्यार्थी चिनाउने शब्द’ भएकोले हाम्रा सबै विद्यार्थी तालिवानी रहेको जबाव दिन्छन् । यदि केहि विद्यार्थीहरू हिंस्रक वा चरमपन्थी भएर हामिले केही गर्न नसक्ने उनी बताउछन् ।

जामिया बिनोरिया मदरसालाई ‘जिहाद समर्थक र पश्चिमको विरोधी रुख’ अपनाएको आरोप लगाइन्छ जहाँ पाकिस्तानबाहिरका विदेशी विद्यार्थीलाई भर्ना गरिन्छ । यद्यपि त्यहाँका मदरसा प्रशासनले भने बेलायती विद्यार्थीहरूहरुको भर्ना नलिएको र मदरसाको अतिवादमा कुनै संलग्नता नरहेको दाबी गर्छन् ।

मीरपुरमा रहेको जमियातुल उलूम उल इस्लामिया मदरसाका बेलायती संस्थापकले पनि आतंकवादसँगको कुनै सम्बन्धलाई अस्वीकार गर्छन । वेस्ट डेसबरी, योर्कशायरका हाजी बोस्टनले भने कि यस मदरसामा कुनै पनि बेलायती विद्यार्थी भर्ना भएका थिएनन् र यहाँ कुनै किसिमको कट्टरपन्थी शिक्षा पनि दिइदैन ।

अन्तर्राष्ट्रिय विकास विभागका प्रवक्ताले  खैबर पख्तूनख्वा सरकारले दिएका सबै रकम अरु जुनसूकै उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ तर मदरसाहरूका दिनुहुन्न ।

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

नेपाल विद्यार्थी संघले अख्तियार विरुद्ध मसाल जुलुस प्रदर्शन

वीरगञ्ज, २७ माघ । नेपाल विद्यार्थी संघले अख्तियार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको हो । नेवि संघका केन्द्रीय सदस्य सुधिर पटेलको नेतृत्वमा नगरको […]

उत्तर कोरियाले आयात सामाग्रीमा पनि कोरोना संक्रमणको परीक्षण गर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो । ‘अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ’ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

त्रिभुवन विमानस्थलमा आगलागी, कस्तो छ अवस्था ? (भिडियो)

काठमाडौं– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ। सोमबार साँझ विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको कफी सपमा आगलागी भएको हो।

विमानस्थल स्रोतका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। विद्यत सट भएर आगलागी भएको बताइएको छ। क्षेतिको थप विवरण आउन बाँकी छ।

मधेशी समुदायका महिला सैन्य सेवामा आकर्षित (फोटोफिचर)

गच्छदार जेल जाने भएपछि माधव नेपालसँगको गोप्य सहमति खुल्यो, कोटेश्वरको नाकमुख सुक्यो !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका बारेमा स्पष्ट पार्दै प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेको खुलासा गरेका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा करीब एक घण्टा भनाइ राखेका उपसभापति गच्छदारले कम्युनिस्ट सरकारले आफूमाथि पूर्वाग्रह राखेर फसाएको खुलासा गरे ।

गच्छदारको भनाइ उदृत गर्दै कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘कम्युनिस्ट सरकारले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई फसाएको छ । प्रधानमन्त्री माधवकुमार नेपालकै निर्देशनमा आफूले प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थिएँ ।’

बैठकमा गच्छदारको बयान उदृत गर्दै अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘गच्छदारले तत्कालीन प्रधनमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको सरकारी निवास व्यवस्थित बनाउन गुरुयोजना बनाउनुस् भनेर लिखित निर्देशन दिनुभयो । भौतिक योजना मन्त्रीको हैसियतले गुरुयोजना बनाउन विभिन्न मन्त्रालयका सचिव सहितको समिति बनाइयो । समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीलाई बुझाएँ । प्रस्ताव मन्त्रिपरिषद्मा अघि बढाएको हुँ । बाँकी मेरो कुनै संलग्नता छैन । मलाई पूर्वाग्रही ढंगले फसाउन खोजेको हो । यो मलाई मात्रै नभएर कांग्रेसलाई कमजोर गराउनका निम्ति रचिएको खेल हो ।’

तत्कालीन प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपालले आफूलाई दिएको निर्देशन पत्र गच्छदारले बैठकमै देखाएको नेताहरूले बताएका छन् । अख्तियारले यसअघि गच्छदारसहित १७५ जनाविरुद्ध ललिता निवासको जग्गा हडपेको विषयमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस विषयलाई लिएर कांग्रेसले विरोध प्रदर्शन र संसद अवरुद्ध गर्दै आएको छ ।

नेपाली कांग्रेसका भातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले शुक्रवार र आइतवार र महिला संघले सोमवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । कांग्रेसले प्रस्ताव लैजाने मन्त्री दोषी हुने तर प्रस्ताव सदर गर्ने प्रधानमन्त्री र मुख्यसचिव निर्दोष बनाउने अख्तियारको नियतमाथि प्रश्न उठाउँदै आएको छ ।

कांग्रेसले स्पष्ट रुपमै अख्तियार कम्युनिस्ट सरकारको मतियार बनेको आरोप लगाएको छ । सोमवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पनि उपसभापति गच्छदारमाथि सरकारको दबाब र प्रभावमा परेर अख्तियारले बदनियतपूर्ण तरिकाले भ्रष्टाचारको मुद्दा दायर गरेको ठहर गर्दै प्रतिकारमा उत्रिने निष्कर्ष निकालेको छ ।

कांग्रेसले सोमवारको बैठकमा अख्तियारको कदमविरुद्ध खेद प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य गुरुङले बताए । उनले बुधवार २ बजे फेरि केन्द्रीय कार्यसमिति बैठक बस्ने जनाएका छन् ।

बैठकमा संसदमा जारी अवरोधका बारेमा कुनै छलफल नभएको गुरुङले बताएका छन् । संसद बैठकबारे मंगलबार बस्ने संसदीय दल कार्यसमितिले निर्णय गर्ने गुरुङले जानकारी दिएका छन् ।

कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गरिने

कांग्रेसद्वारा आज पनि प्रदेशसभा बैकठ अवरुद्ध, बैठक स्थगित

विराटनगर, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदारमाथि झुठो मुद्दा लगाइएको भन्दै कांग्रेसले सोमबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसको अवोधपछि प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको घोषणा गरेका छन् ।

सभामुख भण्डारी मंगलबारसम्मका लागि बैठक स्थगन भएको घोषणा गरे ।

यसअघि यसै विषयलाई लिएर कांग्रेसले आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

कांग्रसको अवरोधपछि बैठक सोमबार अर्थात् आजका लागि सरेको थियो ।

The post कांग्रेसद्वारा आज पनि प्रदेशसभा बैकठ अवरुद्ध, बैठक स्थगित appeared first on Koshi Online.

मेगा बैंकद्वारा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम

क्यानडाको सिनेटका सभामुख नेपालमा

काठमाडौं, २७ माघ । क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरी काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी सोमबार काठमाडौं आइपुगेका हुन् ।

सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनधि मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाल–क्यानडा संसदीय मैत्री समुहका संयोजक एवं सांसद खगराज अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र फ्युरीबीच भेटवार्ता भएको छ । उनीहरूबीच संघीय संसद सचिवालय भेटवार्ता भएको हो ।

सभामुख जे फ्युरीले भोलीे प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग भेटवार्ता गर्ने र पाटन म्युजियम भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

The post क्यानडाको सिनेटका सभामुख नेपालमा appeared first on Koshi Online.

बामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने नेकपाको निर्णय

वाइड बडी नेपाली उद्धार गर्न चीन जाँदै

काठमाडौं, २७ माघ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्नका लागि नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ ।

उद्धार गरिने नेपालीहरूलाई लिन जहाज आगामी ३ फागुनमा चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

यसका लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरूसमेत रहने गरी समिति गठन गरिएको छ ।

उक्त समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरू पनि रहेका छन् ।

कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरू छन् ।

उनीहरूले आफूहरूको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

उनीहरूका अभिभावकहरूले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

आइतबार मात्र राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई चीनबाट नेपाली उद्धार गर्न निर्देशन दिएको थियो ।

The post वाइड बडी नेपाली उद्धार गर्न चीन जाँदै appeared first on Koshi Online.

बेतन कर्णाली जलविद्युत आयोजना, ४ सय ९० मिटर टेस्ट टनेल खनियो