Home Blog Page 1342

स्टर्लिङले चितवनबाटै खेल्ने

आयरल्यान्डका विष्फोटक ब्याट्सम्यान पल स्टर्लिङले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल पनि चितवन टाइगर्सबाटै खेल्ने भएका छन्।

चितवनले आज प्रेस विज्ञप्ती जारी गर्दै दोस्रो विदेशी खेलाडीको रुपमा पल स्टर्लिङ रहेको जनाएको छ। गत वर्ष पनि चितवनबाटै इपिएल खेलेका स्टर्लिङले ६ खेलमा १ सय ५७ रन बनाएका थिए। उनले ३ टेष्ट, १ सय १७ ओडीआई र ७५ टि ट्वान्टी आई खेलेका छन्।

टी ट्वान्टीमा १७ अर्ध शतक सहित कुल २ हजार २५ रन बनाएका छन्। ओडीआईमा ८ शतक र २१ अर्ध शतक सहित कुल ४ हजार १ सय २१ रन बनाएका छन्। ओडीआइमा उनको उच्च प्रदर्शन १ सय ७७ रन हो।

चितवनले यसअघि विदेशी खेलाडीका रुपमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादको नाम घोषणा गरि सकेको छ। चितवनले यस पटक कप्तान पृथु वास्कोटालाई पोखरा राइनोज र उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई काठमाडौं किंग्स ११ लाई बेचेको छ।

काठमाडौंका तीब्र गतिका बलर सोमपाल कामी यस पटक चितवनबाट इपिएल खेल्ने छन्। चितवनबाट सोमपालसँगै, दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भिम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहराले खेल्नेछन्।

कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन

खेलाडीकाे ग्रेड छुट्याउँदै क्यान

राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न ग्रेडमा छुट्टाउने भएको छ। क्यानको सोमबार बसेको बैठकको निर्णय अनुसार पुरुषतर्फ २४ खेलाडी क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा रहने भएका छन्। जसमा ए प्लस, ए बी, सी ग्रेड हुने छन्।

महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी ग्रेडमा छुट्टाइनेछ। बैठकले पुरुषतर्फ २४ र महिलातर्फ १८ जना खेलाडीको ग्रेड अनुसार सेन्ट्रल कन्ट्रयाक्टमा समावेश गर्न प्रस्तावना तयार गरि संघमा पेश गर्न कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य अमितविर पान्डे र दुर्गाराज पाठक रहेको समिति गठन समेत गरेको छ।

यस्तै बैठकले जनवरी १, २०२० देखी पुरुष खेलाडीलाई ओडीआई र टि ट्वान्टी आईको म्याच फि ५ हजार दिने निर्णय पनि गरेको छ। आगामी चैत्र तेस्रो सातादेखी काठमाडौंमा एक दिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि क्यानले गरेको छ।

कोरोना जीवाणुको औषधि परीक्षण अमेरिकाको नेब्रास्कामा पनि शुरु

मछिन्द्र शीर्षस्थानमा

संकटा क्लबलाई पराजित गर्दै उपाधि दाबेदार मछिन्द्र क्लव, सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ। सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मछिन्द्रले संकटालाई ३–१ गोल अन्तरले हराएको हो।

१२ खेलमा ९ मा जित २ मा बराबरी र १ मा हार भोगेको मछिन्द्र २८ अंकमा शीर्ष स्थानमा फर्कदा एक खेल कम खेलेको आर्मी २६ अंकमा दोस्रो स्थानमा छ।
४ खेलमा जित, ३ मा बराबरी र ५ खेलमा हार भोगको संकटा १५ अंकमा सातौ स्थानमा छ।

मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई बी र दीपक राईले १–१ गोल गरे। पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा २ गोल थपेको हो। खेलको ४४ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। रञ्जित धिमालको कर्नरमा देवेन्द्रले हेडमार्फत गोल गरेका थिए।

खेलको ६४औं मिनेटमा मछिन्द्रका विशाल राई ‘बी’ ले फ्रिकिकमा गोल गर्दै अग्रता दोब्बर पारे। गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा बिशालको फ्रिकिकले पोस्टको दिशा लिएको थियो। ८२औं मिनेटमा रन्जित धिमालको पासमा दीपक राईले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए। संकटाका मसोउकीले ८९ मिनेटमा एक गोल फर्काए।

मगर दिवसमा सार्वजनिक बिदा

‘खेल क्षेत्रको सिन्डिकेट तोड्न पदाधिकारी दुई कार्यकाल मात्रै’

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले खेल क्षेत्रमा भएको सिण्डिकेट तोडन खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयक ल्याइएको बताएका छन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा ‘खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथिको छलफलमा मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको सिन्डिकेट हटाउन ऐनमा नै व्यवस्था गरिएको बताएका हुन्।

उनले २०३९ सालदेखि अहिलेसम्म एउटै व्यक्तिले संघको नेतृत्व गरिरहेको उल्लेख गर्दै खेलकुदमा रहेको सिन्डिकेट हटाउन पनि परिषद् र संघका पदाधिकारीहरुको पदावधि तोकेर जानुपर्ने बताएका हुन्। उनले लोकतान्त्रिक मूल्य मान्यता अनुसार निर्वाचन प्रणालीमार्फत पदाधिकारीहरुको चयन हुने भएकाले दुई कार्यकाल हुने गरी ऐनमा व्यवस्था गरेर जानुपर्नेमा जोड दिए। उनले परिषद् तथा संघको नेतृत्वमा खेलाडीहरु नै आउन् भन्ने उद्देश्य सहित विधेयक ल्याइएको समेत बताए।

सांसद जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रलाई नियन्त्रण गर्नेगरी ऐन ल्याउन नहुने बताए। खेलुकदमा सिन्डिकेट हुन नदिन संघका पदाधिकारी दुई कार्यकालमात्र रहने राम्रो विषय भएपनि यस्तो व्यवस्था ऐनमा नगरी संघको आफ्नै विधानमा आउनुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले पनि यसमा चासो राख्ने भएकाले ऐनबाट नियन्त्रण गर्न नहुने बताए।

सांसद खगराज अधिकारीले खेल संघको विधानमा लोकतान्त्रिक पद्धतिलाई अपनाइने बताए। सामान्यतया खेल संघ तथा महासंघका पदाधिकारीहरु सोही पदमा पुनः एकपटक निर्वाचित हुने प्रावधानलाई प्राथमिकतासाथ राख्न सक्नेछ भन्ने भाषा सहितको व्यवस्था गर्नुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय प्रचलन जस्तो भएपनि नेपालको खेलकुदको विकास र विस्तार हुनेगरी ऐन आउनुपर्नेमा जोड दिए।

सांसद सरीता न्यौपानेले खेल संघमा लामो समय एउटै व्यक्तिले ओगटेर बस्दा खेलकुदको विकास हुन नसक्ने भन्दै दुई कार्यकाल रहने गरी ऐनमा नै व्यवस्था गर्नुपर्ने बताइन्। उनले एक पदको कार्यकाल सकिएपछि अर्को पदमा निर्वाचित हुन सक्ने व्यवस्था खुल्ला रहेकाले ऐनले नियन्त्रण नगर्ने बताइन्।

बैठकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरमा खेल संघ गठन गर्न सकिने र यस्तो संघ गठन गर्दा एक खेलको एकमात्र संघ हुनुपर्नेमा सांसदहरुको जोड थियो।

दिल्ली हिंसा : मृत्यु हुनेको संख्या २० पुग्यो, सेना परिचालन गर्न माग

सावित्राको २ गोलसँगै गाेकुलम आईलिगकाे फाइनल प्रवेश

डिफेन्डिङ च्याम्पियन सेथु एफसीलाई पराजित गर्दै राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरला एफसी भारतीय महिला लिगको फाइनलमा प्रवेश गरेको छ।

ब्याङ्ग्लोर फुटबल स्टेडियममा सोमबार भएको सेमिफाइनलमा राष्ट्रिय टोलीकै अर्की सदस्य अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गर्दै गोकुलमले फाइनलमा स्थान बनाएको हो।

आजको खेलमा सावित्राले २ गोल गरिन्। लिग चरणका सबै खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी सावित्राले सबै खेलमा गोल गरेकी छन्। छनाेट चरण र लिगमा उनले हालसम्म ७ खेलमा १८ गाेल गरिसकेकी छिन्।

खेलको ४३ औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन्। खेलको ८२ औं मिनेटमा सावित्राले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि टोलीको जित पक्का भएको थियो। त्यसअघि २१ औं मिनेटमा मनिसाको गोलमा गोकुलमले अग्रता बनाएको थियो।

गोकुलमले उपाधिका लागि कृस्पा एफसीसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा कृस्पाले केन्क्रे एफसीलाई २–१ ले हराउँदै उपधि नजिक पुगेको थियो। कृस्पा समुह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो।

यो सिजन सावित्रा गोकुलम केरला एफसी र अनिता साविक विजेता सेथु एफसीबाट खेलिरहेका छन्। सेथु समूह ‘ए’ को उपविजेता र गोकुलम समूह ‘बी’को विजेताका रुपमा अन्तिम ४ मा पुगेका हुन्। समूह चरणमा सावित्राको टोली अपराजित रहँदा अनिताको टोलीले एक खेलमा हार व्यहोरेको थियो।

आजको खेलमा सावित्रा प्लेयर अफ द म्याच भइन्।

भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन

गृहमन्त्री थापाका भाइलाई थुनामा राख्न उच्च अदालतको आदेश

गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।

थापाविरुद्ध ‘संगठित अपराध’ आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोजमा एक लाख रुपैयाँ धरौटीमा राखेको छाडेको थियो।

तर, जिल्लाको आदेश उल्ट्याउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोपमा थापा पक्राउ परेका थिए।

बस्नेत निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा जेलमा छन्।

बैंकिङ कसूरमा पक्राउ

विमानस्थलको कफी सपमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको सोमबार साँझ आगलागी भएको छ। दमकल ल्याएर आगो निभाइएको छ।

सर्ट सर्किट भएर आगो लागेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

‘सर्ट भएर आगो लागेको थियो, अहिले निभाइसकिएको छ,’ उनले भने।

देशको नक्साको वर्थडे केक बनाएर खाने ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार छैन : सहअध्यक्ष श्रेष्ठ

कोरोना भाइरसजस्तै संक्रामक त्रास

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले सोमबार चीनबाट फिर्ता ल्याउने भनिएका नेपालीलाई काठमाडौँ उपत्यकाभित्र राख्न नहुने बताए। उनीहरुलाई यति धेरै जनसंख्या भएको स्थानमा राख्दा महामारी फैलिन सक्ने उनको तर्क थियो।

केही दिनअघि उनीहरुलाई सरकारले उपत्यकाको चार स्थानमा राख्ने गरी तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए। तत्कालै केही स्थानीय स्थानीय सरकार र बासिन्दाहरुले त्यसको विरोध गरे। नगरसभाहरुले ती नेपालीलाई आफ्नो क्षेत्रभित्र राख्न नदिने निर्णय समेत गरे।

चीनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाइरसको त्रास नेपालमा कुन हदसम्म छ, यी घटना र अभिव्यक्तिबाटै थाहा हुन्छ। तर, सरुवा रोगका विज्ञहरु भने नेपाली जनमानसमा देखिएको यस्तो चिन्ता उचित नभएको बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोना भाइरसबाट यसरी डराउनु नपर्ने बताएका छन्।

‘इन्फ्लुइन्जामा भन्दा थप दुई विषयमा सतर्कता अपनाए यो भाइरस सर्दैन,’ उनले भने, ‘जनावरको नजिक नजाने र मासु राम्रोसँग पकाएर खाने गर्नुपर्छ। व्यवस्थापन राम्रो भयो भने आत्तिन पर्दैन। सतर्क भने रहनुपर्छ।’

हालसम्म कोरोना भाइरसबाट संक्रमित ४४ हजारमध्ये अधिकांश चिनियाँ छन्। हालसम्म यसबाट ९ सयभन्दा बढीको ज्यान गइसकेको छ।

सेन्टर फर मलिक्युल डाइनामिक्स नेपालका जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित पनि कोरोना भाइरससँग सतर्क हुनुपर्ने तर तर्सिन नहुने बताउँछन्।

‘कोरोना भाइरसबारे चाहिने भन्दा बढी त्रास देखिएको छ। नेपाल मात्रै होइन, विश्वव्यापी रुपमै यस्तो देखिन्छ,’ दीक्षितले भने, ‘यससँग सतर्क हुनुपर्छ तर त्रसित हुन आवश्यक छैन। सार्स र मर्स भाइरसको संक्रमितमा मृत्युदर उच्च थियो। यसमा त्यति छैन।’

कोरोना भाइरसको संक्रमितमध्ये मृत्युदर दुई प्रतिशत मात्रै छ। सार्समा १५ प्रतिशत र मर्समा ४३ प्रतिशत मृत्युदर थियो।

अहिले देखिएको साधारण रुघाखोकीले पनि मानिसको ज्यान लिनसक्ने भन्दै दीक्षितले भने, ‘कमन फ्लुले पनि प्रत्येक वर्ष आफूलाई परिवर्तन गर्छ। नेपालमा मात्रै वार्षिक ६ देखि सात हजारमा मानिसको मृत्यु हुने गरेको अनुमान छ। यसबाट संसारभर प्रत्येक वर्ष छ देखि साढे लाख मानिसको मृत्यु हुने गर्छ।’

कमन फ्लुबाट संक्रमितमध्ये प्रतिहजार एक जनाको मृत्यु हुने गरेको छ।

‘कोरोनाको कारण कुन उमेर समूहका मानिसको बढी मृत्यु भएको छ, त्यो हेर्नुपर्ने हुन्छ,’ दीक्षितले भने, ‘उमेर बढी भएको मानिस र कमजोर प्रतिरोधी क्षमता भएको मानिसको धेरै मृत्यु भएको छ।’

चीनमा कोरोनाको संक्रमित भएर गम्भीर अवस्थामा पुगेका चार हजार मानिस उपचारपछि घर फर्किएका छन्।

‘कोरोना नया प्रजाति भएको कारणले यस विषयमा खासै अनुसन्धान भएको छैन। त्यसले धेरै प्रकार हल्ला र डर त्रास आएको छ,’ दीक्षितले भने, ‘यो हावाको माध्यमबाट सर्छ कि सर्दैन, स्पष्ट भइसकेको छैन। हावाबाट सर्ने हो भने यसलाई खतरनाक मान्नुपर्छ। तर, अहिलेसम्म त्यो पुष्टि भएको छैन।’ उनले जनावरबाट मानिसमा सर्दाको समयभन्दा भन्दा अहिले कोरोना भाइरस कमजोर भइसकेको पनि बताए।

वुहानमा रहेका नेपालीहरुले आफूहरुलाई उद्धार गर्न सरकारसँग आग्रह गर्दै आएका छन्। तिनका आफन्तले पनि सरकारसँग चाँडो उद्धारका लागि हारगुहार गरिरहेका छन्। उद्धार गरिएकाहरुसँगै भाइरस पनि आउने त्रास थुप्रैमा देखिन्छ।

तर, चीनबाट नेपाल ल्याइनेहरुले कुनै समस्या नपार्ने हुनाले उद्धारमा आपत्ति जनाउन नहुने बताउँछन्, डा. पुन।

‘चीनकै विमानस्थलमा स्क्रिनिङ हुने र संक्रमणको लक्षण नदेखिएकाहरुलाई मात्रै नेपाल पठाउने हो,’ उनले भने ‘चीनमा पनि क्वारेन्टाइनमा बसिरहेका छन् उनीहरु। अहिलेसम्म नेपालीकोही संक्रमित भएको छैनन्।’

पुनले चीनबाट नेपाल ल्याइनेहरुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्धारण गरेको समय सीमाअनुसार १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताए । ‘केही परीक्षण गर्नुपर्दा थप एक दुई दिन लाग्न सक्छ,’ पुनले भने।

यद्यपि भाइरसको प्रकोप नियन्त्रण नभइन्जेल यसबाट उत्पन्न हुने त्रास कम हुने संकेत देखिँदैन। सायद यस्तै त्रास देखेर सिंगापुरका प्रधानमन्त्री ली सिन लुङले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘त्रास र चिन्ता मानवीय प्रक्रिया हो। तर, भाइरसले भन्दा त्रासले बढी क्षति पुर्‍याउन सक्छ।’

राष्ट्रपति भण्डारीको स्वागतमा सार्वजनिक बिदा

१३ ताेला गहना फिर्ता गर्ने चालकलाई सुनको सिक्री उपहार

ट्याक्सीमा छुटेको महत्वपुर्ण सामान फिर्ता गर्ने चालकलाई सामान धनीले सुनको सिक्री उपहार दिएका छन्।

बा २ ज ४०७१ नम्बरको भाडा कार चालक नविन सिग्देललाई सुन्धराकी लक्की रिजालले सुनको सिक्री दिएकी हुन्।

रिजाल सोमबार लाजिम्पाटदेखि थापाथलि नर्भिक अस्पतालसम्म जाँदा नम्बर नखुलेको भाडा कारमा अन्दाजी १३ तोला बराबरको सुनको गरगहना, ल्यापटप, महत्वपुर्ण मेडिकलको कागजपत्रहरु र लत्ता कपडा सहितको लगेज व्याग छुटेको थियो। त्यसबारे चालक सिग्देलले ट्राफिक हट लाईन १०३ मा जानकारी गराई खोजतलास शाखामा सामान बुझाएका थिए।

saman-firta-taxi_1.jpg

ट्राफिक प्रहरी महाशाखाले फेला परेको सामान सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने क्रममा प्रोत्साहन स्वरुप चालकलाई सुनको सिक्री उपहार दिइएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।

राइनो कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

अभिभावकको चेतावनी : वुहानका नेपाली फिर्ता नल्याए अरु देश गुहार्छौँ

कोरोना भाइरसको प्रकोपमा परेको चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा रहेका नेपालीका अभिभावकले आफ्ना सन्तानलाई तत्काल स्वदेश फर्काइदिन सरकारसँग आग्रह गरेका छन्।

आफ्ना नागरिकहरुको उद्धारमा सरकारले गम्भीरता नदेखाएको भन्दै उनीहरुले आपत्ति पनि जनाए। वुहानमा रहेकालाई कहिले फर्काइने हो, सरकारले लिखित जवाफ दिनुपर्ने अभिभावकहरुले माग गरे।

‘हामी त दुई हप्तादेखि पर्खिरहेका छौं। अहिलेसम्म कुनै पहलकदमी सरकारको तर्फबाट भएको छैन। हामी अभिभावक र उता हाम्रा आफन्तहरु दुवैतिर त्रासदीपूर्ण जीवन जिउन बाध्य छौँ,’ रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमिला कक्षपतीले भनिन्, ‘सरकारले हाम्रो आवाज कहिले सुन्छ?’

अर्का अभिभावक रमेशबहादुर सिंहले सरकारले उद्धार नगरे अन्य देश गुहार्ने चेतावनी समेत दिए।

‘मलाई अहिले तिर्खा लागेको छ, दश वर्षपछि पानी दिएर हुन्छ? हामी अझै सरकारप्रति भरोसा गरेर बसेका छौँ,’ उनले भने, ‘भोलि मजबुर भएर हामीले अरु देश गुहार्न नपरोस्। अरु देशलाई गुहार्दा नेपालको नाक कहाँ रहन्छ?’ 

चीनमै चिकित्सा शिक्षा अध्ययन गरेर स्वदेश फर्किएका नेपाली डाक्टहरुले आफूहरु उद्धारको लागि चीन जान तयार रहेको पनि बताए।

वुहानबाट जनवरी २ मा काठमाडौँ आइपुगेकी सुमन श्रेष्ठले भनिन्, ‘त्यहाँ रहेका नेपालीहरु कोही पनि संक्रमित छैनन्। तर, उहाँहरुलाई नेपाल ल्याउन सरकार डराएको छ।’

दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनामा देखियो कोरोनाको संक्रमण