Home Blog Page 1343

तीन दाजु भाई मिलेर बहिनीकी प्रेमिकाको हत्या

रौतहट । रौतहटमा प्रेमिका भेटन गएका एक युवकको घाटि थिचेर हत्या गरिएको छ । जिल्लाको इशनाथ नगरपालिका वाड नं. ८ बस्ने २० बर्षिय छात्र मोहम्मद एहतेशामुल हकको प्रेमिका भेटन गएकै ठाउमा प्रमिकाका दाजुभाइले घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहले आईतवार पत्रकार सम्मेलन गदै उक्त जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रबीराज खड्काले गत माघ १५ गते राति भिनाजुको भारतीय नम्वरको मोटरसाइकल लिएर राजपुर नपाको अकोलवामा प्रेमिका भेट्न गएका युवक हकलाई प्रेमिकाको तिन जना दाईले घाँटी थिचेर हत्या गरेको बताए । हत्या पछि अभियुक्तहरुले स्थानीय भकुवा खोलामा फालेको हको शब गत २० गते स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेर अनुसन्धान गर्दा प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरी उपरिक्षक खडकाले जानकारी दिए ।

माघ १५ गते राति ११ बजेको समयमा बाँसको घारीमा युवक हक र उनको प्रेमिका बसेर कुरा गरिहेको अवस्थामा हैदर अली, असगर अली, असरफ अलीले युवक हकलाई बाँधेर भकुवा किनारमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको उपरिक्षक खड्काले बताए । अनुसन्धानकै क्रममा हैदर र असगरलाई नियन्त्रणमा लिएको तथा असरफ अझै फरार रहेका छन् ।

प्रहरीले अनुसन्धानको क्रममा हैदर र असगरले आफू तिनै दाजुभाई मिलेर हकलाई मारेको स्वीकार गरिसकेको जानकारी दिदै एसपी खड्काले मृतकको वुवा शेख महम्मद रइसुल आजमको किटानी जाहेरीको आधारमा नियन्त्रणमा रहेका दुवैजना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडी बढाएको उनले जानकारी दिए ।

The post तीन दाजु भाई मिलेर बहिनीकी प्रेमिकाको हत्या appeared first on Rajdhani Daily News.

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्टल राखेर भिजिट नेपालको प्रचार

अख्तियार नेकपामुखी भएको भन्दै तरुण दलको प्रदर्शन

जनकपुरधाम । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल धनुषाले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको भूमिकाको सरकार सम्बद्ध दल नेकपामुखि भएको भन्दै विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ ।
बालुवाटार जग्गा प्रकरणमा सरकारको प्रभावमा परि अख्तियारले दोषीलाई उन्मुक्ति दिएको भन्दै तरुण दल धनुषाले प्रदर्शन गरेका हो ।

सत्तारुढ दल नेकपाले सत्ताको दुरुपयोग गरेर बालुवाटार जग्गा प्रकरणमा सरकारले मुख्य दोषीहरुलाई उन्मक्ति दिँदै राजनीतिक पूर्वाग्रह राखेको र अख्तियार पनि सरकारकै मतियार बनेको तरुण दल धनुषाको आरोप छ ।
तरुण दल धनुषाका अध्यक्ष संजयलाभ कर्णले जग्गा प्रकरणका मुख्य दोषी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन मुख्यसचिव लिलामणि पौडेलजस्ता व्यक्तिलाई उन्मुक्ति दिएर राजनीतिक प्रतिशोध साध्न काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई सरकारले फसाएको आरोप लगाए ।

राजनीतिक पूर्वाग्रहको ढङ्गले गच्छदारविरुद्ध लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, जग्गा प्रकरणका प्रमुख दोषी पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने लगायतका माग गर्दै जनकपुरमा तरुण दलले नगर प्रदर्शन गरेको थियो ।

जनकपुरधाममा रहेको गोपालधर्मशालाबाट निकलेको तरुण दलको विरोध प्रदर्शन जनक चोक, शिव चोक, भानु चोक लगायत नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता बिशेश्वर यादव,कन्हैया कर्ण, धिरेन्द्र मोहन झा, नरेश यादव,शत्रुधन श्रेष्ठ, महिला संघ का तुलसा आचार्य, अनिता श्रीवास्तव, नेविसंघ पूर्व केन्द्रिय सदस्य सन्जिव यादव, हाशिम नदाफ, जगदीश चौधरी, सुमन्त यादव, तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम साह, कपलेसर महतो, सचिव श्याम सुन्दर साह, रुपेश ठाकुर, सुभाष झा, बिनय राय, जगदीश नायक, मएकवाल यादव, राहुल मिश्रा, अजय गुप्ता, महेस साह, सुभाष पाठक लगायतको सहभागिता रहेको थियो ।

The post अख्तियार नेकपामुखी भएको भन्दै तरुण दलको प्रदर्शन appeared first on Rajdhani Daily News.

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

अदालतको फैसलाले ३९ घर परिवार सुकुम्बासी बन्दै

उदयपुर । तीन पुस्ता देखि बसोबास गर्दै आएको जमिन खाली गराउँन जिल्ला अदालत उदयपुरले फैसला सुनाएपछि उदयपुरको कटारी नगरपालिका– १ कालीखोलाका ३९ घरपरिवार गाउँले सुकुम्बासी हुने अबस्थामा पुगेका छन् ।

कालीखोलामा २०३० सालदेखि बसोबास गर्दै आएका स्थानीयबासिन्दा बिरुद्ध सोही गाउँका दानबहादुर माझिले २०७४ सालमा सरकारी जग्गा अतिक्रमण गरि बसोबास गरेको मुद्धा जिल्ला अदालत उदयपुरका दर्ता गराएका थिए । माझिले २०७४ चैत १३ गतेका दिन जिल्ला अदालत उदयपुरमा २०७४ बैशाख १४ गते बिहान ७ बजेबाट सरकारी स्वामित्वमा रहेको जमिनमा गाउँलेहरुले घर बनाएको भन्दै मुद्धा हालेका थिए ।

त्यहाँ बसोबास गर्ने ३९ घर परिवारलाई बिपक्षी बनाई एकै प्रकृतिका १५ मुद्धा दर्ता गरेपछि स्थानीयबासी अदालत धाउन थालेका थिए । तर जिल्ला अदालत उदयपुरले पनि २०७५ मंसिर २७ गते प्रतिबादीहरुले सरकारी जग्गा कब्जा गरेको फैसला गरेपछि उनीहरु सुकुम्बासी बन्न लागेका हुन । अदालतले तीन पुस्ता देखि बसोबास गर्दै आएको अब्यवस्थित बसोबास भएको कालीखोलाका ३९ घर परिवारलाई अहिले सरकारी जग्गा अतिक्रमण गरेको ठहर गर्दै त्यहाँ निर्माण भएको संरचना खोली गराउँन आदेश दिएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

अदालतको सो फैसलापछि कटारी नगरपालिका– १ का वडाध्यक्ष नवराज पोखरेल आश्चर्यमा परेको बताउँछन । उनका अनुसार सो बस्ती २०७४ सालमा बसेको नभई पूरानै बस्ती हो । सो गाउँको संरचना हेर्दा समेत २०२९ सालदेखि नै बसोबास रहेको देखिन्छ । २०२९ सालदेखि जोतभोग गरेको सो जग्गा २०२८ सालमा सरकारको नाममा नापी भएको थियो, भने २०४५ सालमा स्थानीयले आफ्नो नाममा नापी गराई फिल्डबुकमा समेत आफ्नो नाममा दर्ता गराई सकेका थिए ।

लालपूर्जा मात्र लिन बाँकी जग्गा अहिले सरकारी भएको फैसला जिल्ला अदालत उदयपुरले गरेपछि स्थानिय उच्च अदालत विराटनगरको ओखलढुंगा ईजलासमा पुनरावेदन मुद्दा लडि रहेका छन् । २०४३ सालका पूर्व प्रधानपञ्च खिलाराज पोखरेलले २०२९ सालदेखि नै सो जग्गा माझी परिवारले नै गाउँलेलाई बेचविखन गरेको र आफूले तमसुक समेत बनाई दिएको बताए ।

उनले सो जग्गा २०७४ सालमा कब्जा गरेको फैसला गलत भएको भन्दै सो बस्ती पूरानै रहेको दाबी गरेका छन । मुद्दा लडि रहेका तत्कालीन २०४३ सालका वडाध्यक्ष घमण्डबहादुर कार्कीले सोही समयमा वडाध्यक्ष समेत भएर भोगचलन गरी फिल्डबुकमा नाम लेखाई सकेको जग्गा अहिले सरकारी भन्दै खाली गर्ने जिल्ला अदालत उदयपुरको फैसला गरेकोमा आश्चर्यजनक भएको बताए ।

५१ वर्षीय वडासदस्य भद्रकुमारी कार्कीले सोही गाउँमै जन्मी हुर्किएको र विवाह समेत भई २०५४ र हाल समेत जनप्रतिनिधि भई सकेको अवस्थामा सो जग्गा २०७४ सालमा कब्जा गरेको मुद्दा लागेको र फैसला पनि सोही बमोजिम हुनुमा आश्चर्य जनाउँदै यस विषयमा अदालतले समेत जनप्रतिनिधिहरुसँग कुनै सोधखोज नगरेको गुनासो गरेका थिए । ३ पुस्तासम्म बस्दै आएका स्थानीयले अहिले आएर दुई वर्ष अघि सरकारी जग्गा कब्जा गरेको झुठो मुद्दा लगाएर गाउँ नै उठिबास लगाउँनु राम्रो नभएको वडाध्यक्ष पोखरेलको भनाई रहेको छ ।

३० लाख खर्च भयो

अदालतको फैसलामा चित्त नबुझेर स्थानीयबासी अहिले पुनरावेदन गएको बताएका छन् । गाउँका ३९ घरपरिवारले हालसम्म मुद्धा लड्दा ३० लाख बढी खर्च गरि सकेका छन् । आफ्नो जग्गाको मुद्दा लड्नका लागि घरको अन्नपात, गाई बस्तु, बाख्रा समेत बेच्नु परेको स्थानीय घमण्डबहादुर कार्कीको गुनासो रहेको छ । २०२९ सालदेखि स्थानीयले कालीखोलामा लगाएका आँपका बगैचा, पुराना घरका संरचनाहरु हेर्दा समेत बस्ती पुरानो रहेको भएता पनि बिभिन्न प्रतिशोधले बस्तीलाई समस्यमामा पारेको स्थानीय नेता केपी बरालको भनाई रहेको छ । ४७ वर्ष देखि बसोबास गरेको भएता पनि कालीखोलाका ३९ घर परिवारको नाममा लालपुर्जा छैन । उनीहरुको नाममा २०४५ सालमा नै नापी शाखा कार्यालय उदयपुरको फिल्ड बुकमा नाम दर्ता भई फिल्डबुक समेत बनि सकेको छ ।

The post अदालतको फैसलाले ३९ घर परिवार सुकुम्बासी बन्दै appeared first on Rajdhani Daily News.

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

थारु कथानक चलचित्र नं. १ थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुर्हत

भगतराम थारु नेपालगञ्ज, २६ माघ । थारु कथानक चलचित्र नं. १ थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुर्हत गरिएको छ । एक कार्यक्रमका बिच नं. १ थारुगिरी चलचित्रको कोहलपुर स्थित रामजानकी मन्दिरमा पूजाआज गरि शुभमुर्हत गरिएको हो । रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको शुभमुर्हत रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले पूजा गरि […]

मुगुमा सवारी नियम उल्लंघन गर्नेबाट ७ महिनामा ४६ हजार राजस्व संकलन

उपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका सेना प्रमुखको भेट

काठमाडौं, २६ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र द्विपक्षीय सम्बन्ध जनस्तरसम्म विस्तार भएको उल्लेख गर्नुभएको मन्त्रालयले जनाएको छ । दुई देशका सेनाबीच समेत असल र […]

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो

गच्छदारको मुद्दा देशभर फैलिँदै, कांग्रेसले ‘पावर’ देखाएपछि प्रदेशसभा अवरुद्ध !

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्युनिस्ट सरकारको इशारामा फसाउन खोजेको विरोधलाई कांग्रेसले देशभर फैलाउन थालेको छ ।

प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै अवरोध गर्दै आएको नेपाली कांग्रेसले आईतबार प्रदेश १ प्रदेशसभा बैठक समेत अवरुद्ध गरेको छ ।

कांग्रेसको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । बैठकको सुरूमा नेपाली कांग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटक–पटक बस्न आग्रह गर्दा पनि नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएका थिए । सचेतक राईले कम्युनिस्ट सरकारको इशारामा गच्छदारलाई फसाउने काम भएकाले निर्णय सच्याउन माग गरे ।

राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने व्यवहार गलत भएको बताए । ‘अख्तियारको पक्षपातपूर्ण कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्छाैं,’ उनले भने । अवरोध नहटेपछि सभामुख भण्डारीले सोमबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेस पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विरोधमा प्रदर्शन गरेको छ ।

कांग्रेस विराटनगर महानगरपालिका समितिले शनिहाटबाट विरोध र्‍याली निकालेर स्थानीय हनुमान मन्दिर नजिककै कोणसभा गरेको छ ।

साढे १५ लाखकाे अवैध सुनसहित २ जना पक्राउ

सानालाई ऐन, ठूलालाई चैन ! उस्तै मुद्दामा विष्णु पौडेललाई उन्मुक्ति, तिलककुमारीलाई जेल

काठमाडौं– बालुवाटार जग्गा प्रकरण र नेकपाका महासचिव विष्णु पौडेल अहिले चर्चाको केन्द्रमा छन्। गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा १७५ जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर गर्यो। तर, सरकारी जग्गा व्यक्तिको नाममा पुराउन निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, तत्कालिन मुख्य सचिव लिलामणी पौडेलेसँगै जग्गा खरिद गरेका विष्णु पौडेललाइ उन्मुक्ति दिइएको छ।

अझ रोचक त के छ भने जग्गा किन्ने ६७ जना मध्ये ६५ जनालाई मुद्दा चलाइएको छ। पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाइएको अख्तियारले बताएको छ। यी दुईका नाममा रहेको जग्गा हतार–हतार सरकारी जग्गा कायम गरिएको छ। सत्ताले चाह्यो भने के सम्म हुन्छ भन्ने यो गतिलो उदाहरण हो।

तर, सबै विष्णु पौडेल जस्तो शक्तिशाली हुँदैनन्, जसले सत्ताको स्वाद था पाओस् र अप्ठ्यारो पर्दा सत्ताले नै काखी च्यापोस्। पौडेलेकै जस्तै मुद्दामा धेरैले जेलको चिसो हावा खाएका छन्। २०६९ सरकारीवादी फौजदारी मुद्दा नम्बर ०१३०२ को निर्णय नम्बर २११ मा पौडेलजसरी नै ठगिएकी एक महिला भने दुई बर्ष जेल बस्नु परेको नजिर स्थापित छ।

महोत्तरी (तत्कालिन वेलगाछी गाविस वडा नम्बर २) स्थायी घर भएकी तिलककुमारी खड्काले २०६४–६५ सालतिर राजधानीको चाँगुनारायणमा चार आना जग्गा खरीद गरिन्।

एक छोराकी आमा खड्काको मूख्य आम्दानीको स्रोत गिटी कुट्ने थियो। उनले चार आना जग्गा सस्तैमा पाइयो भनेर पाँच लाख तिरेर आफ्नो नाममा पास गरेकी थिइन्।

जग्गा किनिसकेपछि थाहाभयो– जग्गा बेच्ने मान्छेले जग्गाधनीको नक्कली वारेसनामा बनाएर उनलाई पास गरिदिएको रहेछ।

मुद्दा जिल्ला अदालत भक्तपुरमा पुग्यो। सरकारी दस्तखत किर्ते र ठगी मुद्दामा उनीसहित नक्कली वारेसनामा बनाउने लगायतमाथि मुद्दा चल्यो।

बढी मूल्य पर्ने जग्गा असामान्य रुपमा कम पैसा तिरेर किनेको आरोप उनीमाथि थियो। महँगो मूल्यको जग्गा कसरी सस्तोमा खड्काले पाइन् भन्ने सरकारी वकिल पक्षको दावी थियो। त्यसैले खड्काले ठगी गर्ने मनसायले जग्गा किनेको आधार अदालतमा प्रस्तुत गरियो।

अदालतमा लामो सुनुवाइ चल्यो। नक्कली वारेसनामा बनाउने मामिलामा खड्काको दोस देखिएन। तर खड्काले ठगी गर्ने मनसायले कम पैसामा महँगो मूल्य पर्ने जग्गा किनेको भनेर अदालतले निर्णय सुनायो। २०६९ साल पुस १८ गते जिल्ला न्यायाधिस मुरारीबाबु श्रेष्ठले फैसला गरे– तिलककुमारी श्रेष्ठलाई २ बर्ष कैद हुन्छ र उनले २ लाख २६ हजार ५६२ रुपैयाँ ५० पैसा जरिवाना तिर्नु पर्छ।

मुद्दा पुनरावेदन अदालत पुग्यो। पुनरावेदन पाटनले जिल्लाको फैसलालाई सदर गर्यो। खड्का दुई बर्ष जेल बसेर बाहिरिसकेकी छिन्। उनको जग्गा किन्दा तिरेको पाँच लाख र अदालतले तोकेको २ लाख २६ हजार जरिवाना डुब्यो।

यहाँ तिलकुमारी खड्का र विष्णु पौडेलको जग्गा खरीद प्रकरण एउटै हो। कानुनले खड्कालाई दुई बर्ष जेल र जरिवाना तिरायो तर विष्णु पौडेललाई सरकारी प्रवक्ताले क्षतिपूर्ति दिनु पर्ने ‘लबिङ’ गरेका छन्।

उस्तै मुद्दामा गरिब तीलकुमारीले जेल बस्दा पौडेल किन बस्नु नपर्ने ? जग्गा फिर्ता गर्दा मुद्दा नचल्ने, अझ हतार–हतार सरकारी जग्गा कायम गराउने। तिलकुमारी र पौडेलबीचको फरक यही हो, तीलकुमारी गरिव, पौडेले धनी र पहुँचवाला। उखानै छ नी, सानालाई ऐन, ठूलालाई चैन !

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

कांग्रेसद्वारा प्रदेशसभा बैकठ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित

विराटनगर, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदारमाथि मुद्दा लगाइएको भन्दै कांग्रेसले आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरुद्धपछि प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको घोषणा गरेका छन् ।

सभामुख भण्डारी सोमबारसम्मका लागि बैठक स्थगन भएको घोषणा गरेका हुन् ।

The post कांग्रेसद्वारा प्रदेशसभा बैकठ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित appeared first on Koshi Online.

मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

गच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन

विराटनगर, २६ माघ । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले काँग्रेस उपसभापति बिजय गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा आइतबार तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

गच्छदारमाथि झुठो आरोप लगाएर फसाउन खोजिएको भन्दै तरुण दल महानगर कार्यसमिति विराटनगरले विरोध प्रदर्शन गरेको हो ।

र्‍प्रदर्शनमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकाे लगायत सहभागी छन । बिरोध जुलुसले विराटनगर बजार परिक्रमा गर्दै बिप्लटमा कोणसभा आयोजना गर्नेछ ।

The post गच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन appeared first on Koshi Online.

चीनकै एक डाक्टरले बिकास गरे कोरोना भाइरसबिरुद्धको ‘भ्याक्सिन’

चलचित्र पत्रकार संघ मकवानपुर शाखाको चौथो अधिबेशन सम्पन्न

मकवानपुर / चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा मन्त्रि जमकट्टेलले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन उपयुक्त ठाँउहरु रहेको बताउनु भयो । उहाँले मकवानपुर प्राकृतीक सुनदर रहेको भन्दै बागमती प्रदेशको राजधानी भईसकेकाले यहाँका सुन्दर ठाँउहरुलाई चलचित्रमा कैद गरेर हेटौडाको सुन्दरर्ता प्रस्तुत गर्न चलचित्रकर्मीहरुलाई आग्रह गर्नु भयो । मोफसलमा चलचित्रको बिकाश बिस्तारमा यहाँका सचारकर्मीहरुको उल्लेख्य भुमिका रहेको बताउदै मन्त्रि जमकट्टेलले चलचित्रकर्मी आफैले पनि राम्रा राम्रो शन्देशमुलक चलचित्रहरु निर्माणमा जोड दिनुपर्ने बताउनु भयो । मोफसलबाट चलचित्र क्षेत्रमा लागेका चलचित्रकर्मीहरुको सकृयताले नै यो क्षेत्रको बिकाश बिस्तारहुने उहाँले बताउनु भयो । प्रदेशभित्र चलचित्र सम्वन्धी कानून निर्माणको तयारीमा रहेको उहाँले वताउनुभएको छ ।

चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा मोफसलमा नेपाली चलचित्रको विस्तारमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशमा जेष्ठ पत्रकार र महिला पत्रकारको हितका निम्ती काम गर्न लागिएको वताउनुभयो । संघीय तहमा पत्रकार कल्याणकारी कोष भन्दा आफुहरुले वनाएको कार्यविधि महत्वपूर्ण रहेको वताउनुभयो । कानून निर्माण नगरीकन पैसा खर्च गर्नका लागि समस्या रहेको वताउँदै उहाँले भन्नुभयो–‘संसदबाट कानून पास भएर खर्च गर्दा पनि अर्थ मन्त्रालयले पैसा खर्च गर्न दिन पनि समस्या छ ।’

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइले मोफसलमा चलचित्र क्षेत्रको बिस्तारमा संचारकर्मीहरुको ठुलो भुमिका रहेको बताउनु भयो । हामीले बिदेशी चलचित्रलाई भन्दा हाम्रो नेपाली चलचित्रलाई बढीमात्रमा प्राथमिकता दिएमा यसको बिकाश बिस्तार आफै बढने बताउनु भयो । चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले मोफसलमा चलचित्रको बिस्तारमा बिकाश बोर्डले भुमिका खेल्न बिभिन्न कार्यक्रमहरु ल्याएन लागेको बताउनु भयो । उहाँले स्थरीय चलचित्र बनाउन पनि चलचित्रकर्मीहरुमा आग्रह गर्नु भयो । ब्रोकाष्टिङ एशोसिएसनका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं,चलचित्र संघका दितिय उपाध्यक्ष कुबेर शर्मा,चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी,चलचित्र पत्रकार संघका केन्द्रिय महासचिब अनिल यादब,सचिब समिर बलामी,बैकुन्ठ पराजुली सहकोषाध्यक्ष जिबन पराजुली लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गिय केसव भट्टराई परिबार सहयोग समितिका संयोजक एबं बिकाश बोर्डका पुर्ब अध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गर्नु भएको थियो । चेक हस्तान्तरण गर्दै अध्यक्ष गौतमले स्वर्गिय केसव भट्टराईले यो क्षेत्रमा दिनु भएको योगदान सदैब अमुल्य रहने बताउनु भयो । कार्यक्रममा स्वर्गिय केसव भट्टराईको श्रदान्जली सभा समेत आयोजना गरीएको थियो ।

यस्तै चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशन पनि आईतबारनै सम्पन्न भएको छ । अधिवेशनले मणिराज गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल,कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रविन्द्र गौतम चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएको निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारीले जानकारी दिनुभयो ।

The post चलचित्र पत्रकार संघ मकवानपुर शाखाको चौथो अधिबेशन सम्पन्न appeared first on Purbeli News.

बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी