Home Blog Page 1348

भालेको आक्रमणबाट चितवनमा पाँच महिनाको पोथी गैँडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ।

निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो।

मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए। भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उनले बताए।

चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडाको संख्या १४ पुगेको थियो। यो सँगै यस आर्थिक वर्षमा मृत्यु हुने गैँडाको संख्या १५ पुगेको छ। रासस

सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले पाए सफाई

आज माघ २५ गते शनिबारको रा’शिफल पढी शे’यर गर्नुहोस।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । आजका लागि शुभअङ्क स् ७ र शुभरङ्ग स् गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । आजका लागि शुभअङ्क स् ६ र शुभरङ्ग स् सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह०

इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ । आजका लागि शुभअङ्क स् ५ र शुभरङ्ग स् हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या स् १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनमा भय र त्रा”सको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋ णसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बा धा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धो का पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ । आजका लागि शुभअङ्क स् ८ र शुभरङ्ग स् गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ बलिराजाय नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे०

श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । आजका लागि शुभअङ्क स् ७ र शुभरङ्ग स् सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो०

गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आजका लागि शुभअङ्क स् ६ र शुभरङ्ग स् नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ पितृभ्यो नमः÷ॐ भूतानां पतये नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते०

आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आजका लागि शुभअङ्क स् १ र शुभरङ्ग स् बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ भाग्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु०

प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । आजका लागि शुभअङ्क स् ४ र शुभरङ्ग स् ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे०

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आजका लागि शुभअङ्क स् ३ र शुभरङ्ग स् सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ गृहदेवताभ्यो नमः÷ॐ गृहलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि०

विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आजका लागि शुभअङ्क स् २ र शुभरङ्ग स् छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द०

सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । आजका लागि शुभअङ्क स् ५ र शुभरङ्ग स् गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या स् ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । आजका लागि शुभअङ्क स् ८ र शुभरङ्ग स् गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

राशिफलले जे जस्तो भनेपनी तपाईंको आजको दिन शुभ बितोस।

The post आज माघ २५ गते शनिबारको रा’शिफल पढी शे’यर गर्नुहोस। appeared first on .

रवीन्द्र अधिकारीको योगदानलाई स्मरण गरिने

सरकार समृद्धिको बाटोमा छ ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९आँै राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित ‘एशियाली नेतृत्वकर्ता पुरस्कार कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

 प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गरे । 

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरता छाएको र स्थिर सरकार बनेको अवस्थामा अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्न सबैलाई अपिल गरे । विसं २०७२ को भूकम्पपछि नेपालले पुनःनिर्माण र नवनिर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले मुलुक विकासको बाटोमा अगाडि बढिसकेको उल्लेख गरे । “नेपालमा कोरोना भाइरस छैन, नेपाल कोरोना भाइरसमुक्त छ, यसबाट जोगिनका लागि व्यवस्थापन गरिएको छ, डराउनुपर्ने कुनै अवस्था छैन ।” प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘एशियन लिडरसीप अवार्ड–२०२०’ चन्द्रप्रसाद ढकाल (नेपाल) र शिव कुमार (भारत) लाई प्रदान गरे । सम्मेलनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री डा युवराज खतिवडाले समेत सम्बोधन गरेका थिए ।

सङ्घका अध्यक्ष सुशील भट्टले देशको व्यवस्थापन गर्न सङ्घले सरकारलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्नेछ । सम्मेलनमा एक हजार १०० प्रतिनिधि सहभागी रहेका छन् ।

The post सरकार समृद्धिको बाटोमा छ ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली appeared first on Rajdhani Daily News.

नेकपा नेता प्रभु साहसँग स्पष्टीकरण माग

गृहमन्त्री थापासँग राजदूतको भेटवार्ता

काठमाडौं, २४ माघ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्गसिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा पार्कले केही दिनअघि कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिम पहिरोमा परी हराइरहेका आफ्ना चार जना नागरिकको खोजीका विषयमा चासो राख्नुभएको थियो । भेटवार्ताका क्रममा गृहमन्त्री थापाले हिमपहिरो लगत्तै सो क्षेत्रबाट धेरै […]

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम र असन्तुलन

भीरबाट खसेर एकको ज्यान गयो

कैलाली, २४ माघ । कैलालीको चुरे गाउँपालिका–६ नुवाकोटस्थित भीरबाट खसेर एक जनाको ज्यान गएको छ । बिहीबार बिहान घरबाट खसीबोका खरिद गर्न हिँडेका ३४ वर्षीय प्रेमबहादुर रावत भीरबाट झण्डै ५०० मिटर तल खस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मृतक रावत घाइते अवस्थामा फेला परेका र उनलाई […]

‘संविधानले प्रदान गरेको अधिकार समेत सबै तहले नपाउँदा संघीयता कार्यान्वयनमा समस्या’

अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।

ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो । कासिम अल–रिमी अरबी प्रायद्वीपमा आतंकवादी संगठनको नेता हुन् । “राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विरोधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अल कायदाका नेता कासिम अल–रिमीलाई सफलतापूर्वक पराजित गरेको छ ।”

विज्ञप्तिमा भनिएको छ । उनी अल–कायकाको अन्तर्राष्ट्रिय संगठनका सहायक नेता थिए । अमेरिकी अधिकारीको दाबी अनुसार रिमीले यमनमा आम नागरिकहरू विरुद्ध अपराध गरेका थिए र संयुक्त राज्य अमेरिकाका सेनाहरूमाथि कैयौँ आक्रमण गरेका थिए । “रिमीको नेतृत्वमा अल कायदाको अरबी समूहले यमनमा नागरिकहरूमाथि जघन्य हिंसाका थुप्रै घटनाहरू भएका छन् । उसले संयुक्त राज्य अमेरिका र अमेरिकी सेनाबिरूद्ध धेरै आक्रमणका लागि विभिन्न समूहलाई प्रयोग गरेको थियो,” विज्ञप्तिमा भनिएको छ ।

ह्वाइट हाउसले भनेको छ, “वाशिङगटन, अमेरिकी नागरिक र यसका सहयोगीहरूको हितको रक्षा गरिरहनेछ ।” “अल–रिमीको मृत्युको परिणामस्वरूप अमेरिका, हाम्रो हित, र हाम्रा सहयोगीहरू सुरक्षित बनेका छन् । हामी अमेरिकी जनतालाई बचाउने अभियान जारी राख्नेछौं ।”

The post अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा appeared first on Rajdhani Daily News.

अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्वः मन्त्री कार्की

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले आज पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा रहेका हिन्दू धर्मसँग सम्बन्धित संस्थालाई पनि पत्राचार गर्न लागिएको जानकारी दिनुभयो ।

“विशेषगरी भारतका हिन्दू धर्मसँग सम्बन्धित संस्थाका प्रतिनिधि महाशिवरात्रिमा सहभागी गराइनेछ, ती संस्थालाई भ्रमण वर्ष सचिवालयले पत्राचार गर्नेछ, यसका लागि पशुपति क्षेत्रमा विशेष सफाइ गर्नुपर्नेछ, शौचालयमा पानीको व्यवस्थालगायत तयारी गर्न कोषलाई निर्देशन दिइएको छ”–उहाँले भन्नुभयो । पशुपतिनाथ विश्वस्तरमै पहिचानको केन्द्र भएकाले यहाँ पर्यटक भित्र्याउन भ्रमण वर्षको अवसरमा प्रचारप्रसार गरिने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

कोषको सदस्य सचिव डा प्रदीप ढकालले यसवर्ष पनि महाशिवरात्रिमा पशुपति प्रवेशका लागि पासको व्यवस्था नगरिएको जानकारी दिनुभयो । महाशिवरात्रिमा पशुपति आउने साधु सन्तको खानपानको व्यवस्थाका लागि गुठी संस्थान र अन्नपूर्ण भण्डारलाई जिम्मेवारी दिइएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो । “भ्रमण वर्षसँग जोडेर यस वर्षको महाशिवरात्रि पर्व मनाउने तयारी गरिएकाले फागुन ६ गते बिहान प्रचारप्रसारका लागि राजधानीमा प्रभातफेरी आयोजना गर्न लागिएको छ, महाशिवरात्रिका दिन फागुन ९ गते रुद्रगाडेश्वरमा कोषका तर्फबाट विशेष पूजा आराधना गरिनेछ, महाशिवरात्रिलाई नै ध्यान दिएर आइतबारदेखि पशुपतिमा नमस्कार अभियान चलाइने छ”,मूलसमारोह समितिको समेत सदस्य सचिव रहनुभएका डा ढकालले भन्नुभयो ।

यसअघि नै पशुपति क्षेत्रलाई मगन्ते र प्लाष्टिकरहित क्षेत्र घोषणा गरिएको छ । घोषणा गरिए पनि पूर्णरुपमा कार्यान्वयनमा नआएको भक्तजनको गुनासो पटक–पटक आउने गरेको छ । महाशिवरात्रिको विशेष तयारीका लागि विभिन्न ११ वटा उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले प्रत्येक वर्ष लाममा बसेर पनि सहज रुपमा पशुपतिनाथको दर्शन गर्न पाइएन भन्ने भक्तजनको गुनासोलाई यसवर्ष व्यवस्थापन गर्न सबैको समन्वयात्मक सक्रियता जरुरी रहेको बताउनुभयो ।

महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्र र सँगै जोडिएका विभिन्न स्थानमा मद्यपान एवं धूमपान निषेध गरिएको छ । चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा पशुपति क्षेत्रमा परिचालन गर्ने गरी तयारी भइरहेको कोषको सुरक्षासमेत हेर्नुहुने प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइनेमहाशिवरात्रिलाई भव्य रुपमा मनाउन पशुपति क्षेत्रमा स्वीकृति नलिई निर्माण गरिएका घर टहरा हटाउने अभियान पनि माघ पहिलो सातादेखि नै कोषले शुरु गरेको छ । यसैगरी कोषले प्लाष्टिक निषेधित क्षेत्रलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन पनि सार्वजनिक अपिल गरेको छ । कोषको अनुरोध नमानी प्रयोगमा ल्याउनेलाई कानूनी कारवाहीको दायरामा ल्याइने प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिनुभयो ।

The post महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने appeared first on Rajdhani Daily News.

बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड फागुन २४ मा

प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै भएको ठहर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले आज उक्त जग्गा नेपाल ट्रष्टकै भएको फैसला गरेको हो । अदालतले छाउनीमा रहेको नेपाल ट्रष्टको उक्त जग्गामा प्रेरणाको माग दाबी नपुग्ने उल्लेख गर्दै मुद्दा नै खारेज गरेको छ । अदालतको निर्णयसँगै सो जग्गामा नेपाल ट्रष्टकै भएको छ ।

सर्वोच्च अदालतबाट एक प्रेरणाको दाइजो भएको फैसला र अर्को पटक नेपाल ट्रष्टकै सम्पत्ति भएको ठहर गर्दै दुईपटक फैसला भइसकेको थियो । तेस्रोपटक संवैधानिक इजलासमा पुनरावलोकन निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले नेपाल ट्रष्टकै सम्पत्ति भएको ठहर गरेको हो । सरकारले पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको सम्पूर्ण सम्पत्ति २०६४ पुस १ गते नेपाल ट्रष्टमा राख्ने निर्णय गरेको थियो ।

ट्रष्टकै नाममा रहेको उक्त जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी छोरीलाई दाइजो दिएको उल्लेख गर्दै २०७१ माघ २५ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले नेपाल ट्रष्टको नाममा रहेको सो जग्गा प्रेरणाको दाइजो नै भएको फैसला गरेको थियो । नेपाल ट्रष्टको उक्त फैसलाविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनमा अदालतले उक्त जग्गा प्रेरणाको माग दाबी नपुग्ने हुँदा नेपाल ट्रस्टकै भएको फैसला सुनाएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले २०७३ पुस २१ गते पूर्वराजा वीरेन्द्र र उहाँका परिवारको नाममा रहने व्यवस्थाअनुसार सबै सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी ट्रष्टकै भएको हुँदा छाउनीको उक्त जग्गा ट्रष्टकै भएको फैसला गरेको थियो । अदालतले नेपाल ट्रष्टकै सम्पत्ति भएको फैसला सुनाएपछि उक्त फैसलामाथि चित्त नबुझेर २०७५ पुस ६ गते प्रेरणा शाहले संवैधानिक इजलासमा पुनरावलोकन निवेदन दायर गर्नुभएको थियो ।

The post प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर appeared first on Rajdhani Daily News.

नेकपा (एस) र एनेकपा बीच एकता हुने

सुनको मूल्य बढ्यो

काठमाडौँ / दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८८५ पुगेको छ ।

The post सुनको मूल्य बढ्यो appeared first on Purbeli News.

सरकारविरुद्ध मोर्चाबन्दी तयारी

सबैभन्दा पहिले कोरना भाइरसको जानकारी दिने डाक्टरलाई चीनले बचाउन सकेन

काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित लि वेनलियाङकोे बिहिबार वुहानमा मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको हो ।

बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’

ठक्कर दिएर भाग्ने मिनी ट्रक उदयपुरबाट नियन्त्रणमा