Home Blog Page 1347

सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’को टिजर सार्बजनिक

भर्सटायल अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । सार्बजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल,बुद्दि तामांङ,दिया पुनलाई स्थान दिईएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएको छ ।

मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम बिश्वस्त रहेको छ । खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर सह निर्मातामा रबिराज कार्की सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन ।

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र नयाँ बर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ तर नयाँ बर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने चाहिं गोप्य राखिएको छ ।

The post सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’को टिजर सार्बजनिक appeared first on Purbeli News.

नर्स सुन्दरीका लागि १८ युवती छानिए (फाेटाेफिचर)

नेपालद्वारा घरेलु मैदानमा अमेरिका पराजित

घरेलु मैदानमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई पराजित गर्दै सिरिजमा पहिलो जित निकालेको हो।

नेपालले घरेलु मैदानमा भएको एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको हो।

 नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो। अब नेपालले तेस्रो खेलमा आइतबार ओमानसँग खेल्नेछ।

नेपालले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको अमेरिका ४४.१ ओभरमा पुरा विकेट गुमाउँदै १५५ रनमा समेटियो।

सुरुवाती ४ ओभरमा ४ विकेट लिएको नेपाललाई अमेरिकाले त्यसपछि भने दबाबमा राखेको थियो। शनिबार अमेरिकाका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अमेरिका १८ ओभरमा ५३–६ को कमजोर अवस्थामा थियो। अमेरिकाका लागि लान होल्याण्ड र करिमा गोरेले ४९ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन्। होल्याण्डले ७५ रन जोडे।

नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो। सन्दीपले चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिकाका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए। करणले अन्तिम बलमा जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए।

चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबी डब्यू आउट गरे।
सुशन भारीले ११ औं ओभरको पहिलो बलमै अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट ५ रनमा क्याच गराउँदै नेपाललाई फराकिलो जिततर्फ लम्काए।

सुशन भारीको १७ औं ओभरको चौथो बलमा करिमा गोर पारसको क्याचमा आउट भएर १० रनमा पेभिलिएन फर्किए।

सुसन भारीले आफ्नो स्पेलमा १ मेडनसहित ४३ रन खर्चदै ३ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो।

एक समय ४९–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए।

ओडीआईमा यो नेपालको कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी पनि हो। कुशलले ५० र विनोदले ५९ रनको महत्वपुर्ण योगदान गरे।

योसँगै बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन्।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी समेत बने।

यस्तै विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिका विरुद्ध अर्धशतक पुरा गरेका छन।

विनोदले ६२ बलमा अर्ध शतक पुरा गर्दै आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे। विनोदले ७९ बलमा ६ चौका र १ छक्का सहित ५९ रनको योगदान गरे।

आजको खेलमा नेपालका करण केसी म्यानअफ द म्याच घोषित भए।

इनरुवा अस्पताल सुधार्न सांसदको ठाडो निर्देशन

सन्दीप र करण चम्किँदा चार ओभरमा अमेरिकाको ४ विकेट गुम्यो

आइसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालले अहिले बलिङ गरिरहेको छ।

अमेरिकाका आरोन जोन्सलाई ५ र मोनाङ्क पटेललाई ४ रनमै सन्दीप लामिछानेले एलबीडब्लु धरापमा परे।

यस्तै करण केसीले स्टेभन टेलरलाई शुन्य रनमा र जेभियर मार्सललाई २ रनमा आउट बनाए।

त्रिवि क्रिकेट मैदानमा खेल जारी छ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० बनाएको छ।

१ सय ९१ रनको लक्ष्य भेट्न अमेरिकाले प्रयास गरिरहेको छ।

खैरहनीमा एमालेको घरदैलो आक्रमक 

मेस्सीले बार्सिलोनाबाटै खेल जीवन समापन गर्नेछन्ः पेप ग्वार्डिओला

बार्सिलोना छाडेर मेस्सी विभिन्न क्लबमा जाने हल्ला चलेपछि बार्साका पूर्व प्रशिक्षक ग्वार्डिओलाले मेस्सी कुनै क्लबमा समावेश नहुने साथै उनले बार्सिलोनादेखि नै खेल जीवनबाट सन्यास लिने बताएका हुन्।

ग्वार्डिओलाले मेस्सीलाई सन् २००८ देखि २०१२ सम्म बार्सामा प्रशिक्षण दिएका थिए। ग्वार्डिओला भन्छन्,‘जहासम्म मलाई लाग्छ मेस्सीले बार्सा कहिल्यै छाड्दैनन्। उनले त्यही क्लबबाट खेल जीवन समापन गर्नेछन्।’

मेस्सी सन् २००१, किशोरावस्था देखि नै बार्सासँग आवद्ध छन्। समर ट्रान्सफरमा मेस्सीलाई क्लब छोड्ने छुट भएको बताइएको छ।

हाल म्यानचेस्टर युनाइटेडजस्ता क्लबले मेस्सीलाई भित्र्याउने प्रयास गरेको हल्लाकाबीच पेपको पछिल्लो प्रतिक्रिया आएको हो। एजेन्सी

अछाममा जीप दुर्घटना, १ को मृत्यु, १२ जना घाइते

नेपालले अमेरिकालाई दियो १९१ रनको चुनौती

आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकासामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ४९ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको हो।

एक समय ४९–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए।

ओडीआईमा यो नेपालको कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी पनि हो। कुशलले ५० र विनोदले ५९ रनको महत्वपुर्ण योगदान गरे।

खराब सुरुवात गरेको नेपाललाई दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गर्दै केही इनिङ उकासेका थिए। तर, ज्ञानेन्द्र क्यामरन स्टिभेन्सनको १४ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरबाट २१ रनमा क्याच आउट भए। ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे। ५२ बलको सामना गरेका पारस २ चौकासहित १९ रनमा पवेलियन फर्के। उनी क्यामरोन स्टेभनको बलमा क्याच आउट भए।

ओपनिङ फेरबदल गर्दै सुवास खकुरेल र ज्ञानेन्द्र मैदान उत्रेका थिए। ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलोे बलमा सिलिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट हुन पुगे। सुवासले १० बलको सामना गरे।

कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै जेभियर मार्शलबाट शून्यमा आउट भए। आरिफ शेख २ रनमा कप्तान सौरभ नेत्रवलमको बलमा क्याच आउट भए। करण केसी १२, सन्दीप लामिछाने शून्य रनमा आउट भए।

कुशलको विश्व कीर्तिमान

बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटको डेब्यू खेलमै विश्व कीर्तिमान कायम गरेका छन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन्।

यो रेकर्ड कायम गर्दा कुशलको उमेर १५ वर्ष ३ सय ४० दिनको रहेको छ। ४९ बलमा कुशलले ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रनको कीर्तिमान कायम गरेका हुन्।

यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए। रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए। जुन ओडीआई क्रिकेटमा सर्वािधक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए।

सो अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेको थिए। यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए।

विनोदको पहिलो अर्धशतक
विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन। विनोदले ६२ बलमा अर्धशतक पूरा गर्दै आफ्नो ओडीआई करिअरको पहिलो अर्धशतक पूरा गरेका हुन्। विनोदले ७९ बलमा ६ चौका र १ छक्कासहित ५९ रनको योगदान गरे।

 

भ्रष्टाचारमुक्त देश बनाएरै छाड्ने नेता साहको जिकिर

डेब्यू खेलमै कुशलको विश्व कीर्तिमान

बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटको डेब्यू खेलमै विश्व कीर्तिमान कायम गरेका छन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन्।

यो रेकर्ड कायम गर्दा कुशलको उमेर १५ वर्ष ३ सय ४० दिनको रहेको छ। ४९ बलमा कुशलले ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रनको कीर्तिमान कायम गरेका हुन्।

यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए। रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए। जुन ओडीआई क्रिकेटमा सर्वािधक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए।

सो अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेको थिए। यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए।

सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने

थाइल्यान्डका एक सैनिकद्वारा गोली हानी १२ जनाको हत्या (अपडेट)

थाइल्यान्डको राजधानी बैंककदेखि उत्तरपूर्वीक्षेत्रमा रहेको शहर कोरात पनि भनिने नाखोन रचासिमामा एक जुनियर सैनिकले गोली हानी कम्तिमा १२ जनाको हत्या गरेको त्यहाँको पुलिसलाई उद्धृत गर्दै बीबीसी र अन्य अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

बीबीसीले थाइल्यान्डको रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै सो आक्रमण जक्राफन्थ थोम्मा नामक एक व्यक्तिले त्यहाँस्थित एक सैन्य क्याम्प, बौद्ध गुम्बा र सपिङ सेन्टरमा गोली चलाउनुअघि आफ्नै मालिकमाथि आक्रमण गरेको बताएको छ। उनले त्यसअघि सैन्यक्याम्पबाट एउटा बन्दूक र गाेलीगठ्ठा चाेरी गरेका  थिए।

आक्रमणकारी भनिएका ती व्यक्तिले आक्रमण शुरु गर्नुअघि फेसबुकमा विभिन्न कुराहरु व्यक्त गरेकाे र तीनवटा गोलीसहित एउटा पेस्तोलको तस्वीर समेत पोस्ट गरेका थिए।

उनले ‘आत्मसमर्पण गरौँ कि नगरौँ’ अनि ‘अब चाहिँ उत्तेजित हुने बेला भयो’ लगायतका कुरा व्यक्त गरेको बताइएको छ।

आक्रमणकारी भनी शंका गरिएका ती व्यक्ति सपिङ सेन्टरको वेसमेन्टमा लुकेको अधिकारीहरुले बताएका छन्।

सो घट्नाको परिदृष्य अझै पनि प्रष्ट भइनसकेको बताइएको छ।

सेनालाई काठमाडाैं महानगरकाे १ करोड ५० लाख

आइफोन निर्माता कम्पनी फक्सकनले कोरोना भाइरस प्रतिरोधी मास्क बनाउने

प्रविधिको क्षेत्रमा राम्रो कम्पनी मानिएको फक्सकनले कोरोना भाइरस प्रतिरोधी सर्जिकल मास्क निर्माण गर्ने बीबीसीले जनाएको छ।

ताइवानस्थित फक्सकनले दिनमा २० लाख मास्क उत्पादन गर्नेगरी यसै महिनाको अन्तिमबाट काम थाल्ने बताइएको छ।

कोरोनाको त्रासपछि विश्वभर मास्कको खपत बढेको छ। फक्सकनले विश्वका मानिसको मागलाई पूर्ति गर्ने वीच्याटमार्फत् जनाएको छ।

शनिबारसम्म कोरोनाका कारण ७ सय २२ जनाको मृत्यु भइसक्दा ३४ हजार ५४६ जना कोरोनाबाट संक्रमित बनेका छन्। एजेन्सी

मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया

‘पुर्नर्निमाणका कामहरुबाट राष्ट्रपति उत्साहित’

राष्ट्रपति विद्यादेवी भण्डारी पुर्नर्निमाणका क्षेत्रमा भइरहेका कामहरुबाट उत्साहित भएको पुर्नर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशिल ज्ञवालीले बताएका छन्।

शनिबार काठमाडौंमा जारी प्रमुख पुर्नर्निमाण स्थलहरुको स्थलगत अवलोकनका क्रममा राष्ट्रपति भण्डारीबाट सो धारणा अभिव्यक्त भएको हो।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी, दरबार हाइस्कूल, धरहरा र काष्ठमण्डप पुनर्निर्माणको अवलोकन गर्नुभयो। राष्ट्रपतिले पुनर्निर्माणका कामहरुबाट आफू उत्साहित भएको बताउनुभयो,’ ज्ञवालीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

पछिल्लो समयमा पुनर्निर्माणसम्बन्धी कामले गति लिइरहेका बेला राष्ट्रपति भण्डारीले काठमाडौंमा जारी रहेका पुनर्निर्माणसम्बन्धी प्रमुख स्थलहरुको भ्रमण गरेकी हुन्।

राष्ट्रपतिले काठमाडौंका पुनर्निर्माण स्थल अवलाेकन गर्दाका दृष्यहरु:

President Sushil 5

President Sushil 4

President Sushil 2

काठमाडौंमा जागिर मिलाइदिने भन्दै करणी गर्ने दुई जना प्रहरी नियन्त्रणमा

अन्टार्कटिकामा हालसम्मकै बढी तापक्रम

त्यहाँ १८.३ सेल्सियस तापक्रम मापन गरिएको बीबीसीले जनाएको छ। गत मार्चमा अन्टार्कटिकाको तापक्रम १७.५ सेल्सियस मापन गरिएको थियो।

हाल तापक्रम ०.८ सेल्सियसले बढेको अर्जेन्टिनाको अनुसन्धानमूलक संस्था एस्परेन्जाले बताएको छ।

जलवायु प्रदूषणका कारण अन्टार्कटिकाको तापक्रम बढ्दै गएको हो। विगत १२ वर्षयता अन्टार्कटिकाको बरफ पग्लने प्रक्रिया सक्रिय भएको बताइएको छ।

यसरी समुन्द्री सतह बढ्ने र त्यसले विभिन्न शहरहरु डुमान पर्ने खतरा भएको बताइएको छ। ५० वर्षयता अन्टार्कटिकाको तापक्रम ३ सेल्सियसले बढिसकेको छ। एजेन्सी

दक्षिण कोरियामा बढेको बढै कोरोना संक्रमित, मंगलबार २ को मृत्यु हुँदा मृतकको संख्या १० पुग्यो