Home Blog Page 1349

चिनियाँलाई भारतमा प्रवेश निषेध !

काठमाडौं – चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि भारत सरकारले चिनियाँ नागरिकलाई भारतमा प्रवेश निषेध गरेको छ ।

भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

भारत सरकारले देशभर परिपत्र गर्दै स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको जनाइएको छ ।

कोरोना भाइरसका कारण स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको आगमनमा प्रतिबन्ध लगाइएको भारतको महाराजगञ्ज जिल्लाको सोनौली प्रहरी चौकीका प्रमुख एसआई अशोक कुमारले जनाएका छन् ।

‘नेपालबाट स्थलमार्ग हुँदै आउने चिनियाँ पर्यटकको आगमन प्रतिबन्ध लगाइएको छ,’ उनले भने, ‘अर्को आदेश नआएसम्म प्रतिबन्ध जारी रहनेछ ।’

प्रतिबन्धको निर्णयअघि आगमनको अनुमति लिइसकेका चिनियाँ नागरिकलाई भने भारतमा रोक लगाइने छैन । अन्य नयाँ चिनियाँ नागरिकको हकमा भने भिसा वा आगमनको अनुमति नदिइने जनाइएको छ ।

तामाकाेशीमा र्‍याफ्टिङ माेह, पर्यटन प्रवर्द्धनका निरन्तरता आवश्यक

एसियाली ‘दूरदृष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड’बाट प्रधानमन्त्री ओली सम्मानित

काठमाडौं, २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एसियाली व्यवस्थापन संस्थाहरुको संगठन (Asian Association of Management Organizations, AAMO)द्वारा शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ–२०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो । संस्थाका सभापति राजीव कौलले प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गर्नुभएको हो […]

ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर च्याम्पियनसिप खेल्न युरोप प्रस्थान

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि प्रदेश नम्बर ५ लाई

तारा आचार्य, विराटनगर, २४ माघ । प्रदेश नम्बर ५ ले विराटनगरमा आयोजना गरिएको गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा प्रदेश नम्बर ५ ले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई पेनाल्टी शुट आउटमा ५–३ ले पराजित गरेको हो । गण्डकी प्रदेशका पिताम्बर थापाले ३७ औं मिनेटमा एक […]

कर्णालीमा जीप खस्यो, एक जनाको मृत्यु

यसरी गरेका रहेछन डिएसपीले युवतीमाथि बलात्कार

काठमाडौं– २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजूविरूद्ध प्रहरीमा उजुरी परेको छ। ती युवतीले बुधबार ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा पूर्वडिएसपी खिउजूविरूद्ध निवेदन दिएकी हुन्। ती युवतीले उजुरी दिएपछि खिउजू विरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ। जिल्ला अदालत ललितपुरले पक्राउ पूर्जी जारी गरेको हो।बलात्कार आरोप लागेपछि खिउजु फरार छन्।

एक वर्षअघि चापागाउँस्थित प्रहरी कार्यालयमा प्रहरी रिपोर्ट बनाउन जाँदा आफूलाई खिउजूले बलात्कार गरेको निवेदनमा उल्लेख छ। त्यसपछि ६ महिनासम्म निरन्तर खिउजूबाट बलात्कारमा परेको पनि ती युवतीले निवेदनमा लेखेकी छन्।

कसरी परिन बलात्कारमा

ती युवती ललितपुरको एक गाउँबाट सहर आएकी थिइन्। परिवारबाट टाढा बसेर सहर आउन त आइन् तर काम पाइहालेकी थिइनन्।

उनले कतैबाट महाराजगञ्जस्थित एक संस्थाले सेक्युरिटी गार्डको लागि मान्छे मागेको छ भन्ने कुरा सुनिन्। सोध्दै खोज्दै त्यहाँ पुग्दा ‘प्रहरी रिपोर्ट लिएर आउन’ भन्यो।

२०७५ साल मंसिर ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रहरी कार्यालयमा रिपोर्ट बनाउन उनी पुगेकी थिइन्।

त्यहाँ उनको भेट डिएसपी राजकुमार खिउजूसँग भयो। डिएसपी खिउजूले उनलाई चिया खाएर जान प्रस्ताव राखे। उनी एकछिन अलमलिइन्।

एक प्रहरीले चिया लिएर आएपछि खिउजू पनि सँगसँगै आइपुगे। बर्दीमै रहेका डिएसपी खिउजूले ढोकाको चुकुल लगाए। उनलाई निकै डर लाग्यो।

उनले किन ढोका लगाएको भन्न नपाउँदै खिउजू युवतीमाथि जाइलागे। र बालात्कार गरे । बलात्कार गरेपछि खिउजूले आफूलाई धम्क्याएको युवतीले बताइन्। आफूले सबै कुराको भिडिओ खिचेको र कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिए।

त्यसपछि खिउजू आफैंले गाडीमा राखेर उनी बस्ने घरसम्म पुर्‍याए। खिउजू त्यतिमै रोकिएनन्। त्यस दिनदेखि उनी बिहान बेलुकै ती युवतीको कोठामा पुग्न थाले। करिब ६ महिनासम्म खिउजुले बलात्कार गरिररहेको ती युवतीको भनाइ छ ।

चीनमा कोरोनाबाट संक्रमित २७ हजार ३२३ उपचारपछि स्वस्थ बने

अब युवाले विदेश मोह त्याग्नुपर्छ : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौँ, २४ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्‍याउनुपर्ने बताएका छन् । काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

युवाले उत्पादनसँग जोडिएर राष्ट्रको हितमा योगदान दिनुपर्ने बताउँदै उनले भने, ‘युवाले स्वदेशमा काम गर्नका लागि लाज, सरम मान्ने गर्छन् । विदेशमा गएर निकै तल्लोस्तरको काम गरिरहेका हुन्छन् ।’

मन्त्री विश्वकर्माले युवाको भविष्यसँग देशको भविश्य जोडिएकाले विभिन्न सीप सिकी आयआर्जनका काममा लाग्न आग्रह गरे । उनले समाजमा व्याप्त रहेका विभेदको अन्त्य गर्दै आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण गरिने बताए ।

युवाले विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न खोज अनुसन्धानको माध्यमबाट राष्ट्रलाई योगदान दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।

उनले भने, ‘सरकारले युवाको श्रम, कला, सीप र प्रतिभाको उचित कदर गर्छ । कुनै एक विषयमा विज्ञता हासिल गर्दै समृद्ध मुलुक निर्माणको महान् अभियानमा हातेमालो गर्न म युवा जगत्लाई आग्रह गर्दछु ।’

मन्त्री विश्वकर्माले नेपाल भौगोलिक सहजता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको बताउँदै प्राकृतिक अनुकूलताको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्न सकिने बताए ।

उनले भने, ‘भौगोलिकता र प्राकृतिक प्रतिकूलताका बाबजुत अन्य देशले विकासमा उल्लेख्य प्रगति हासिल गरिरहेका छन् । अब सामूहिक लक्ष्य, इच्छा शक्ति र सङ्कल्पका साथ नेपाललाई विकसित देशको दाजोमा पु¥याउनुपर्छ ।’

उनले नेपालमा शान्ति र राजनीतिक स्थिरता कायम भएको भन्दै दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकारले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गरे । रासस

The post अब युवाले विदेश मोह त्याग्नुपर्छ : खेलकुदमन्त्री विश्वकर्मा appeared first on Koshi Online.

विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

ललिता निवास प्रकरण : माधव नेपाल भन्छन्, ‘मेरो संलग्नता छैन’

विराटनगर, २४ माघ । ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नला नरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

आफूविरुद्ध भएका प्रचार गलत भएको बताउँदै उनले दोषी देखिए सजाय भोग्न तयार रहेको बताए ।

नेपाली कांग्रेसले आफ्ना नेता विजयकुमार गच्छदारलाई फसाएर नेकपाले आफ्ना नेतालाई संरक्षण गरेको बताउँदै आएको छ ।

नेता नेपालले कांग्रेसले भनेजस्तो कसैलाई नफसाइएको बताए ।

‘ललिता निवासको जग्गा प्रकरणमा कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको होइन,’ उनले भने, ‘दोसी उम्मकन हुँदैन् निर्दाेष फस्न हुँदैन् ।’

आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे भएको बताउँदै उनले ललिता निवास प्रकरणमा अख्तियारलाई निष्पक्ष छानबिन गर्न कसैले हस्तक्षेप गर्न नहुने बताए ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ विरुद्ध मुद्दा दायर गरेको छ ।

नेपालले अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गत दिएको अनुदान संसदबाट टुंगो लगाउनुपर्ने बताए ।

एमसीसी इन्डो प्यासफिक रणनीति नभएको बताउँदै संसदबाट पास गर्नुपर्ने उनको भनाइ छ ।

एमसीसीका सन्दर्भमा कतिपयका अभिव्यक्तिले जटिलता उत्पन्न भए पनि सरकार, सांसद, नेताहरू प्रस्ट हुनुपर्ने नेपालले बताए ।

The post ललिता निवास प्रकरण : माधव नेपाल भन्छन्, ‘मेरो संलग्नता छैन’ appeared first on Koshi Online.

ट्रम्प भ्रमणमा रहेका बेला भारतमा हिंस्रक प्रदर्शन, प्रहरीसहित ७ जनाको मृत्यु

कांग्रेसको अवरुद्धका कारण आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि आइतबारका लागि स्थगित गरिएको छ ।

ललिता निवासको जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका कारण मुद्दा लगाएको भन्दै त्यसको विरोध स्वरुप शुक्रबार पनि सदन चल्न नदिएको हो ।

प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले सभामुखसँग समय माग गरी अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले आफ्नो पार्टीका नेता गच्छदारलाई राजनीतिक पुर्वाग्रहका आधारमा मुद्दा लगाएको बताए ।

सासंद विश्वकर्माले भने, ‘जग्गा फिर्ता गर्छु भन्दैमा कसैलाई उन्मुक्ति दिन मिल्छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको छ ।’

सांसद विश्वकर्माले आफ्नो भनाई राखेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर बैठक अवरुद्ध गरेका थिए ।

कांग्रेसका सांसदहरू उभिएर बिरोध जनाउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विषयमा हिजोको बैठकमार्फत नै सम्बन्धित निकायकासम्म सन्देश पुगिसकेको र अब यो बिषयमा संसदको क्षेत्राधिकार भित्र नपर्ने जानकारी दिँदै स्थान ग्रहण गरेर सदन सुचारु गर्न सहयोग गर्न पटक पटक आग्रह गरेका थिए ।

सभामुखको पटक पटकको आग्रहपश्चात् पनि अवरोध कायमै रहेपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेकोमा बैठक बस्न नसकेपछि सूचना टाँस गरी आइतबार दिउँसो १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

The post कांग्रेसको अवरुद्धका कारण आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित appeared first on Koshi Online.

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : शिक्षामन्त्री पोखरेल

सार्क दक्षिण एसियाली जनताको साझा पहिचान : प्रधानमन्त्री

काठमाडौं, २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

सार्क सचिवालयको आज भ्रमण गरेर संक्षिप्त मन्तव्य व्यक्त गर्दै सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समयदेखि अवरुद्ध भएको सार्कको १९औँ शिखर सम्मेलन चाँडो हुनेमा आफू ढुक्क रहेको बताए ।

उनले सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको स्पष्ट पार्दै काठमाडौँमा सम्पन्न १८औँ शिखर सम्मेलनले शान्ति, एकता र प्रगतिका लागि गहिरो साझेदारीमा जोड दिएको स्मरण गरे ।

सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले सार्कका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्धता जनाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘सार्कलाई पुनःजीवन दिन तथा दक्षिण एशियाका जनताको विकासको चाहना पूरा गर्न यसलाई प्रभावकारी माध्यम बनाउन उहाँहरुले सहमति जनाउनुभएको थियो ।’

प्रधानमन्त्री ओलीले सार्क क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति हो भन्दै यो क्षेत्रीय संगठन दक्षिण एशियाका जनताको साझा पहिचान भएको बताए ।

सार्कले दक्षिण एशियाका एक अर्ब ७० करोड जनताको द्रूत आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक प्रगतिलाई प्रतिनिधित्व गरेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले सार्कको संस्थापक तथा हालको अध्यक्ष मुलुक नेपाल दक्षिण एशियाका जनताको सामूहिक हित र सहयोग प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम भएको दोहोर्‍याउँदै क्षेत्रीय सहयोग नेपालको परराष्ट्र नीतिको उच्च प्राथमिकताको विषय भएको बताए ।

सार्कका महासचिव अमजद हुसेन बी. सियालले सार्कको परिधिभित्र रहेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्न महासचिवका रुपमा निर्वाह गरेको भूमिकाको उनले सराहना गरे साथै प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए ।

उनले सचिवालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।

महासचिव सियालले प्रधानमन्त्रीको स्वागत गर्दै सार्कलाई गतिशील तुल्याउन नेपालसहित अन्य सदस्य राष्ट्रबाट आफूलाई निरन्तर सहयोग प्राप्त भएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरे ।

सार्कको १९औँ शिखर सम्मेलन आयोजनामा केही विलम्ब भए पनि सार्कका अन्य गतिविधि निरन्तररुपमा सञ्चालन भएकामा सन्तुष्टि व्यक्त गर्दै उनले आगामी फागुन १७ गतेदेखि आफ्नो कार्यकाल समाप्त हुने जानकारी दिए ।

उनले नेपालमा दुई पटक सेवा गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै नेपाल र नेपाली जनता सधैँ अविस्मरणीय रहने बताए । रासस

The post सार्क दक्षिण एसियाली जनताको साझा पहिचान : प्रधानमन्त्री appeared first on Koshi Online.

१५ वर्षपछि कृषि नीति संशोधन हुँदै

इटहरीका सुमनलाई दले दाइले दिएको सफलता : सिधै उत्कृष्ट ५ मा पुगेसंगै ५० हजार नगद

ईटहरी / कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो हो कमेडी च्याम्पियन, जसमा हजारौ प्रतिस्पर्धी प्रतिस्पर्धामा उत्रिएका थिए तर कमेडी च्याम्पियनको अहिले सम्मको एपिसोडमा आइपुग्दा इटहरीका सुमन कोइरालाले हंगामा मच्चाइरहेका छन् भन्दा फरक पर्दैन । टप ७ को दले क्यारेक्टर बाट कमेडीको दुनियामा इतिहास रच्न सक्ने भनिएका उनि गएको मंगलबारको एपिसोडमा पनि उनले दर्शकहरुलाई भरपुर रमाईलोको स्वाद चखाइरहेका थिए भने निर्णायकको रुपमा रहेका जर्जले पनि भरपुर मनोरंजन लिईरहेका थिए ।

यता विशेष अथितिको रुपमा शोमा निम्त्याईएका कमेडियन सन्दीप क्षेत्री र बुद्धि तामांगले पनि उनको कमेडीलाई खुलेरै तारिफ गर्न समेत भ्याए ।प्रतिस्पर्धाबाट बहिरिएर पनि उनि वाइल्ड कार्ड इन्ट्रीबाट उत्कृष्ट ७ मा प्रवेश गरेका थिए । यो शोबाट सुमन अर्गानिक कमेडियनको रुपमा परिचित छन् । टप ७ को “दले” क्यारेक्टरले उनलाई देश तथा बिदेशमा समेत चर्चामा ल्यायो भने मंगलबारको एपिसोडमा उनको दमदार प्रस्तुति पश्चात शोमा उपस्थिति दर्शकबाट वान्समोरले शो नै गुञ्जयमान भएको थियो ।

खुसिको कुरा यति मात्र हैन, उनि जर्जको उच्च मुल्यांकन सहित पफर्मर राउण्ड अफ द डे घोषित भई सिधै टप ५ मा प्रबेश भएका छन् । अब यो साता अन्य प्रतिष्पर्धीलाई भोटको आवस्यकता परेपनी उनलाई भने भोटको जरुरत परेन । यता उनी सिधै उत्कृष्ट ५ मा प्रवेश पाए संगै ई सेवा मार्फत २५ हजार प्राप्त गरेका छन् भने एक्सप्रेस सेवा प्राइभेट लिमिटेड मार्फत २५ हजार तथा अन्य गिफ्ट पनि प्राप्त गर्न सफल भएका छन ।

कमेडी च्याम्पियनले करौडौ दर्शकहरुलाई हसाउन सक्ने एक कमेडी पात्र खोजिरहेको बेला यस्ता कमेडी पाउनु कमेडीको दुनियामा गर्वको कुरा हो । त्यस्तै कमेडी च्याम्पियनको जर्जमा रहेका  प्रदीप भट्टराइले “तपाई हामीलाई चाहिने मान्छे हो” भन्दै उनको कमेडीको तारिफ सहित एक सेल्फीमा सुमन सहित जर्ज र कमेडिका गेस्ट बुद्धि र सन्दीप पनि अटाउन भ्याए । यता सन्दिप क्षेत्रीले सुमनलाइ “तालि र गालीको पछि नलाग्नु किनकि ताली र गालि दुवै अस्थाई हुन” भन्दै संगै वर्ल्ड टुर जाने प्रतिबद्धता समेत राखे । शोमा अतिथिको रुपमा उपस्थित बुद्दी तामाङले “म त् यस्तो कमेडी गर्न कुनै हालतमा पनि सक्दिन” भन्दै सुमनलाई हौसला प्रदान गरे । हुनत हेर्दा जति सरल भए पनि जुनसुकै सो जितेर त्यसको बिजयी हुनु चानचुने कुरा भने होइन तर पनि ४ जना जर्जका साथसाथै करोडौ दर्शकहरुलाई विभिन्न बिषयबस्तुमा आधारित भएर हसाउन सक्नु चुनौतीपूर्ण कार्य नै हो ।

त्यसैले भनिन्छ जति धेरै चुनौती त्यति नै धेरै सफलता । उक्त शोको बिजेताले पाउने छन् २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण । सोको फर्म्याट अनुसार टप १५ भन्दा उता जर्जहरुको जर्जका आधारमा प्रतिस्प्रधी छनोट हुने र टप १५ देखि यता भने कुनै जर्जको निर्णयका आधारमा नभई भोटिंगको सम्पूर्ण अघिकार दर्शकहरुको भोटको आधारमा नै हुदै आएको छ ।

The post इटहरीका सुमनलाई दले दाइले दिएको सफलता : सिधै उत्कृष्ट ५ मा पुगेसंगै ५० हजार नगद appeared first on Purbeli News.

देशभर आंशिकदेखि पूर्ण बदली, हावाहुरी र चट्याङसहित पानी पर्ने

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छन्। चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छन्।

जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छन्। सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी उक्त लिग खेल्न माघ ७ गते भारत गएकी हुन्।

दाेस्रो पटक सो लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छन् गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिइन्। सेथु गत संस्करणको च्याम्पियन पनि हो। सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन्। उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

सावित्रालाई ओजिलको जर्सी

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ। ओजिलका एजेन्ट इकुट सोगुटले सो उनलाई जर्सी हस्तान्तरण गरेका हुन्। जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ।

लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरेकी थिइन्। सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छन्। सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ।

सामाजिक सञ्जालबाट सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार