Home Blog Page 1403

सावित्रा सम्मिलित गोकुलम केरला एफसी भारतीय महिला लिगमा छनोट

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलीत गोकुलम केरला एफसी भारतीय महिला लिगमा छनोट भएको छ।

समग्रमा अलकापुरा लाई ९-१ ले हराउँदै गोकुलम आइ लिगमा छनोट भएको हाे। बुधबार दोस्रो लेगमा गोकुलमले अलकापुरालाइ ८-१ ले हराएको छ।

गोकुलमको जितमा सावित्राले २ गोल गरिन्। उनलै दुवै गोल खेलको पहिलो हाफमा गरेकी थिईन्। कमलाले ३, दयाले २ र मनिषाले १ गोल गरे। 

पहिलो लेगमा गोकुलमले अलकापुरालाई १-० ले हराएको थियो।

लिगमा गोकुलमबाट सावित्रा भण्डारी मैदान उत्रदा डिफेन्डिङ च्याम्पियन सेथु एफसीमा अनिता बस्नेत सहभागी छन्। गोकुलम समुह बी र सेथु समुह ए मा रहेको छ। शुक्रबारदेखि सुरु हुने आइ लिग फेब्रुअरी १४ सम्म चल्नेछ।

इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला, इरान समर्थित समूहको गरेकाे अमेरिकाकाे दाबी

सन्दीपको टोलीको तेस्रो हार

अष्ट्रेलियामा जारी बीग बास क्रिकेटमा सन्दीप लामिछाने सम्मिलीत टोली मेलवर्न स्टार्सले तेस्रो हार भोगेको छ। एडिलेडले मेलवर्नलाई घरेलु मैदानमा ११ रनको झिनो अन्तरमा पराजित ग¥यो। टि–ट्वान्टीमा ९८ विकेट लिइसकेका सन्दीपले सय विकेट लिन अर्को खेल पर्खनुपर्ने भएको छ। आजको खेलमा कुनै विकेट लिन नसकेका सन्दीप सयौ विकेट लिनबाट चुके। 

सन्दीपले सय विकेट पुरा गर्न अब अर्को खेल पर्खनु पर्ने भएको छ। १० औं ओभरमा बलिङ गर्न आएका सन्दीपले ३ ओभरमा २४ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। एडिलेडले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको मेलर्वन स्टार्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सक्यो। मेलवर्नका पिटर ह्याण्ड्सकोम्बले ६५ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेनन्।

अष्ट्रेलियामा जारी बिग बास लिगमा एडिलेडले दिएको नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ। एडिलेडका पिटर सिडलले सर्वाधिक ४ विकेट लिए। पहिले ब्याटिङ गरेको एडिलेड स्टार्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रनको योगफल तयार पारेको थियो।

एडिलेडका जोनाथन वेल्सले ३६ बलमा ४ चौका र २ छक्का सहित ५५ रनमा अविजित रहँदै टोलीलाई बलियो योगफलमा पुर्याए । एलेक्स करिले २१ बलमा १ चौका र ३ छक्का सहित ३३ रनको योगदान दिए। म्याथ्यू सर्टले १५ बलमा १ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे।

मेलबर्न स्टार्सका क्लिन्ट हिन्चलिफले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। ग्लेन म्याक्सवेलको नाममा १ विकेट रह्यो।

सेवामूलक काममा पनि ध्यान देऊ

भलिबल पुरुषतर्फको सेमिफाइनल समिकरण पुरा

तीन विभागीयसहित हेल्प नेपाल स्पाेर्टस् क्लब आरबीबी एनभीए पुरुष क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्। काठमाडौंको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बुधबार भएको खेलमा बुलबुले रारा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल सेमिफाइनल पुगेपछि पुरुषतर्फको समिकरण पुरा भएको हो।

यसअघि तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन्।

बिहीबार हुने सेमिफाइनलमा विभागीय डर्बीमा आर्मी र एपीएफ तथा पुलिस र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ।

बुधबारको खेलमा हेल्प नेपालले बुलबुले रारालाई २५–१६,२५–२० र २५–१९ ले पाखा लगायो। त्यसअघि पुलिसले नयाँ बजार सामाजिक क्लबलाई २५–११,२५–९ र २५–१२ ले हराएको थियो।

आजै भएको अर्को खेलमा एपीएफले बुद्ध टोललाई २५–१८,२५–१७ र २५–११ ले तथा साविक विजेता आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो।

महिला र पुरुष दुवैतर्फको सेमिफाइनल खेल बिहीबार हुनेछन्। महिलातर्फको सेमिफाइनलमा साविक विजेता नेपाल एपीएफ र नेपाल पुलिस क्लब तथा होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

सरकारको विपक्षमा फिल्म बनाउँछु : प्रकाश झा

 नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि ओमानले गर्‍यो टोली घोषणा

नेपालमा आगामी २२ गतेबाट सुरु हुने विश्वकप लिग–टु अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि ओमानले १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

नेपाल र अमेरिका सम्मिलित सिरिजका लागि ओमानले बुधबार जिसान मक्सुदको कप्तानीमा टोलीको घोषणा गरेको हो।

ओमानले घोषणा गरेको टोलीमा जिसान मक्सुद (कप्तान), अक्युब इलियास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमद फैजबट, कलीमुल्लाह, बिलाल खान छन्।

यस्तै वैकल्पिक खेलाडीमा अमिर कालिम, कुराम नवाज खान, गोपेन्द्र बोहोरा र अजय लालचेता छन्।

ओमानले नेपाल आउनुअघि मुम्बईमा १० दिन अभ्यास गर्नेछ भने केही स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।

६ खेल खेलेको ओमन ४ मा जित र २ मा हार भोग्दै अंक तालिकाकोे चौथों स्थानमा छ।

८ खेलमा ६ मा जित र निकालेको अमेरिका पहिलो स्थानमा रहेको छ। आयोजक नेपालले भने कुनै खेल खेलेको छैन।

ओमानले आफ्नो पहिलो खेल आयोजक नेपालसँग माघ २२ गते खेल्ने छ।

यसअघि अमेरिकाले सौरभ नेत्रवलकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ।

लिग टु नेपाल सिरिजको तालिका

माघ २२ नेपाल भर्सेज ओमान
माघ २३ ओमन भर्सेज अमेरिका
माघ २५ नेपाल भर्सेज अमेरिका
माघ २६ नेपाल भर्सेज ओमान
माघ २८ अमेरिका भर्सेज ओमान
माघ २९ नेपाल भर्सेज अमेरिका

२६ औं खेलसम्म लिभरपुलकाे अपराजित यात्रा कायमै, म्यानचेस्टर सिटी २५ अंकले पछि पारे

नेपाली राष्ट्रिय फुटबल टोलीले इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले इंग्ल्यान्डको यू–२३ सी टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलमा लोरेन जोन्सले हस्ताक्षर गरे। सम्झौतासँगै दुई टोलीबीच होम एन्ड अवेको आधारमा दुई मैत्रीपूर्ण खेल हुनेछन्।

नेपाली टोली २०७७ को जेठमा इंग्ल्यान्ड भ्रमणमा निस्कने छ। खेल आगामी जेठ १२ गते अल्डरसट एफसीको मैदानमा हुनेछ।

यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टोली नेपाल भ्रमणमा आउने छ। नेपालमा हुने खेलको मिति भने तय भइसकेको छैन।

मैत्रीपूर्ण खेलको सम्झौता गर्न इंग्ल्यान्ड फुटबलका एन्ड्री सा र लाउरेन जोन्स सोमबार नेपाल आएका थिए।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो, ६९ हजार संक्रमित

भालेजुधाइ हेर्न गएका व्यक्ति भालेको आक्रमणमा मारिए

भारतको आन्ध्र प्रदेशमा भालेको आक्रमणमा परेर एक व्यक्तिको ज्यान गएको छ। उनी अवैध भालेजुधाइ हेर्न गएका थिए।

भारतको सर्वोच्च अदालतले भालेजुधाइलाई अवैध घोषित गरेको छ।

प्रहरीले जनाएअनुसार भालेजुधाइका लागि भालेको खुट्टामा ब्लेड कसिएको हुन्छ। भाले तर्सेर दर्शकको भीडमा उड्दा सोही ब्लेडले पेटमा लागेर सरिपाल्ली बेंकटेश्वर राव नामक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले भालेजुधाइका आयोजकमाथि कारवाही चलाएको छ। एजेन्सी

शुभ बिहानी मनकामना माइको दर्शन गरि आज आइतबारको राशिफल हेर्नुहोला।

कुटपिट गर्ने सांसद दीपक ‘मनाङे’ विरुद्ध जाहेरी दर्ता

गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) विरुद्ध कास्की जिल्ला फुटबल संघकाका अध्यक्ष मिलन गुरुङले उजुरी दर्ता गराएका छन्। मंगलबार मनाङेबाट तीन झापट खाएका उनले कुटपिट तथा दुव्र्यवहार भएको भन्दै कास्की प्रहरीमा उजुरी दर्ता गराएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार केसीले उजुरी परेको पुष्टी गरे। अब के हुन्छ? भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘अब अनुसन्धान हुन्छ।’ पक्राउ पनि हुन सक्छ? भन्ने प्रश्नमा उनले भने, ‘यो कानुनी प्रक्रिया अनुसार हुन्छ, जाहेरी अनुसारको अनुसन्धानले जे देखिन्छ,त्यही हुन्छ।’

लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै मनाङेले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए। अध्यक्ष गुरुङले नेपालखबरसँग कुरा गर्दै आफूमाथि भएको हातपातको कानूनी कारबाही खाेजेकाे बताउँदै भने, ‘सार्वजनिक ठाँउमा गाली गलौज गरे। मुक्का प्रहार भयो। मैले मेरो जिउज्यानको सुरक्षाको लागि निवेदन दिन लागेको हुँ। दुख गरेर काम गरेको छु। कहिलो राम्रो भयो होला कहिले कमजोर रह्यो होला।’ उनको भनाई थियो,‘सम्झाउनुपर्ने ठाँउमा उल्टै मुक्का प्रहार गर्नुभयो।’

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको र मनाङेले सोही विषयलाई लिएर सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हान्दा आफूले मंगलबार भने संयमता अपनाएको दावी गरे। ‘मैले संयमता अपनाएँ। प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरेँ,’ उनले भने। उनले गण्डकी प्रदेशको इज्जत जोगाउन आफु संयम बनेको जिकिर गरे।

‘मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो । कार्यक्रम केही ढिलो भएको थियो । उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो । मनाङबाट आएको टोलीलाई होटल,ग्राउण्ड नमिलाईदिने भन्दै कराउनुभयो। फुटबलमा डे आफ्टर/बिफोर हुन्छ। मैले त्यो बारे बुझाउन खोजे। तर पैसा नतिर्ने भन्दै कराउनुभयाे। मैले सहंदै गएँ। उहाँले मुक्का हान्नुभयो’,गुरुङले बेलिविस्तार लगाए।

यता हिजो भएको घटनाबारे जानकारी दिने भन्दै सांसद गुरुङले यता केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ्न।

याे पनि:
मनाङे भन्छन्: ठूलो कुरो गर्‍यो, हान्दिएँ
दीपक मनाङेद्वारा कास्की फुटबल संघका अध्यक्षमाथि हातपात

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ : मुख्यमन्त्री गुरुङ

सुकुम्बासीलाई स्वास्थ्यमन्त्रीको ढाडसः जहाँ बस्नुभा’छ नडराई बस्नुस्, लालपुर्जा दिन्छौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन्।

शुक्लाफाँटा नगरपालिका–४ असैना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौं कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने। पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको छु भने।

कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २४२ नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका लागि जग्गा दिने कुरा कानूनमै उल्लेख गरिएकाले जग्गाको मालिक बनाएर नै छाड्ने दृढता व्यक्त गरे। अपराधी पत्ता नलाग्दासम्म क्षतिपूर्ति पाउनेसम्मको कानून निर्माण गरिएको पनि उनले बताए।

‘सुकुम्वासी समस्या समाधानका लागि भूमिसम्बन्धी कानून बनेको छ’, उनले भने, ‘जुन ठाउँमा वर्षौंदेखि बस्नुभएको छ। नडराइकन बस्नोस्। अधिकार सम्पन्न आयोग बनाएर जनताका हातमा जग्गाधनी पूर्जा उपलब्ध गराउँछौँ।’ सो अवसरमा प्रतिनिधिसभाका सदस्य नरबहादुर धामीले पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत चालु आवमा रु २५ लाख बजेट विनियोजन भइसकेकाले सो कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे। रासस

बस र ट्रक ठोक्कीँदा तीन जना घाइते

सैनामैनाका वन अधिकृत घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ।

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। रासस

चीनबाट फर्केका विद्यार्थी भन्छन्: सरकारले हामीले सोचेभन्दा राम्रो व्यवस्था गरेको रहेछ

लाइसेन्स बनाइदिन रकम लिने विचौलिया पक्राउ

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र बनाउन लिखित परीक्षामा पास गरिदिने भन्दै रकम अशुल्ने दुई जना विचौलयालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाजुराको जुगाडा गाउँपालिका–६ घर भई ठुलोभर्‍याङ बस्ने वर्ष २५ को मान बहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका–४ घर भई स्वयम्भू बस्ने वर्ष ३८ को गणेश गुरुङ रहेका छन्।

महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय ठुलोभर्‍याङ, स्वयम्भूबाट उनीहरुलाई दुई हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी बृत्त, स्वयम्भूमा बुझाईएको छ।

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्रमा सफाइ तिब्र