Home Blog Page 1402

धितोपत्र बजारमा सुधार टिकेन

काठमाडौँ / मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिदबिक्री भयो ।

कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढेको छ । सो उपसमूहको शेयर १६२.७४ अङ्कले बढेको छ । बैंकिङ ८.६१, व्यापार ११.१३, होटल २३.६७, विकास बैंक १७.७२, जलविद्युत् १५.९३, वित्त १.९४, निर्जीवन बीमा २३.०५, उत्पादन २३.५८, अन्य ५.९४, लघुवित्त १०.३६ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ६१ करोड १२ लाख २८ हजार ७४६ मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु नौ करोड नौ लाख ३१ हजार १८५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु सात करोड ६९ लाख नौ हजार २३४, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८३ लाख ६७ हजार ३५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८१ लाख ७१ हजार ५७९, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ४१ लाख २७ हजार ११२ र एनआइसी एसिया बैंकको रु दुई करोड ९५ लाख ७७ हजार ४८८ मा खरिदबिक्री भयो ।

स्टकका अनुसार आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फण्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाए । यस्तै सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैङक ७.५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फण्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.९९ प्रतिशतले गुमाए ।

The post धितोपत्र बजारमा सुधार टिकेन appeared first on Purbeli News.

ललितपुर महानगरद्वारा ११ क्लबलाई सहयोग, थ्री स्टारले पायो १६ लाख

सुनको मूल्यमा गिरावट

काठमाडौँ / सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।

The post सुनको मूल्यमा गिरावट appeared first on Purbeli News.

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि

एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’

काठमाडौं / विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रा. लि.ले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबार (माघ ८) बाट संचालनमा आएको छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्छन् ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित मात्र रु १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् । यो सिमको विषेशता भनेको यसमा पे यज यु यो रेट लागु हुदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म समयसिमा रहेका विभिन्न पाँच कक्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्छन् ।

पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित रु २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्छन् ।

अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित रु १,४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित रु २,८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउँनेछन् । पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।

विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।

टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।

The post एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ appeared first on Purbeli News.

गोलको खडेरी अनुभव गर्दै मेस्सी, गोल्डेन बुट प्रतिस्पर्धामा देखिए निकै कमजोर

काठमाडौं नेचुरोपेथी अस्पतालमा एनआरएनलाई विशेष छुट !

काठमाडौं, ०८ माघ । काठमाडौं नेचुरोपेथी अस्पताल बसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच सम्झौता भएको हो । उक्त सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म […]

भरतपुर महानगरद्वारा सुर्तीजन्य पदार्थ निषेध

शहीद स्मारक ए डिभिजन लिग : मछिन्द्रद्वारा नेपाल पुलिस पराजित

काठमाडौं, ०८ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई एक शून्य गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्जितले गोल गरेका थिए । खेलको ५४ औं मिनेटमा रञ्जितले […]

एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’

कांग्रेसलाई एकजुट गराउन देउवा, पौडेल र सिटौला छलफल, यस्तो छ सहमतिको विन्दु !

काठमाडौं – नेपाली कांग्रेस पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

सभापति देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहले कार्यदल स्तरमा भएको छलफलबारे जानकारी गराएका छन् ।

कार्यदलको छलफलका आधारमा सहमतिको विन्दु खोजिने कांग्रेस स्रोतले जनाएको छ । ‘कार्यदलका सदस्यले के–के छलफल भयो भनेर सुनाउने काम गरेका छन्,’ नेता पौडेलले भने, ‘त्यसपछि सामान्य कुराकानी भएको छ । कुनै निष्कर्ष निस्किएको छैन ।’ पुनः छलफल गर्ने गरी बैठक सकिएको जनाइएको छ ।

पौडेल र सिटौला समूहले १४ औं महाधिवेशनको कार्यतालिका सच्याउनुपर्ने, क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउनुपर्ने लगायत माग राखेका छन् । पौडेलको मागप्रति सभापति देउवा लचिलो देखिएका छन् ।

महाधिवेशनको कार्यतालिका केही संशोधन गर्ने र पार्टीका विभागको संख्यामा भागबण्डा मिलाउने गरी सहमतिको विन्दु खोजी भइरहेको स्रोतले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिने ६२ ट्याक्सी चालक कारबाहीमा

राष्ट्रिय सभा सदस्य निर्वाचन निर्वाचन स्थल आइपुगे मतदाता

काठमाडौं, ७ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा भोली (बिहीबार) बिहानदेखि हुँदैछ ।

१८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि मतदान स्थल पुगिसेका छन् ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५ सय ६ समेत गरी २ हजार ५६ मतदाता छन् । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ ।

निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ । सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा भाग लिन अनुरोध गरिएको छ ।

मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ ।

निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउने कार्यमा सहयोग पु¥याउन मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायत सर्वसाधारण नागरिकसँग आयोगले आग्रह गरेको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि उक्त निर्वाचन हुन लागेको हो ।

एक सदस्य भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।

राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्य छन् ।

The post राष्ट्रिय सभा सदस्य निर्वाचन निर्वाचन स्थल आइपुगे मतदाता appeared first on Koshi Online.

चेक रिपब्लिकद्वारा नाला गुम्बालाई एम्बुलेन्स सहयोग

कटहरीमा एकता प्रकृया टुंगियो

विराटनगर, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कटहरी गाउँपालिकाको एकता प्रकृया टुंगिएको छ ।

बधुबार बसेको बैठकले जिम्मेवारी बाडफाड गर्दै पार्टी एकता प्रकृया टुंगो लगाएको हो ।

गाउँकमिटि अध्यक्ष जीतनारायण सरदकारको अध्यतामा बसेको बैठकले आठवटा संगठन विभागको जिम्मेवारी बाडफाड गरेको थियो ।

बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी मुकेश बुढाथोकीलाई दिएको छ ।

आर्थिक विभागको जिम्मेवारी किशोर भट्टराई, स्कुल विभाग प्रमुखको जिम्मेवारी किशोरकुमार पाण्डेलाई दिएको छ ।

त्यस्तै युवा तथा खेलकुद विभागको जिम्मेवारी सुरेन्द्र राजवंशी, श्रम तथा स्वरोजगार विभागको जिम्मेवारी युवराज राजवंशी, कृषि तथा भूमि सुधार विभागको जिम्मेवारी शिवशंकर यादव, अनुशासन विभाग प्रमुखको जिम्मेवारी योगेन्द्र यादव र संसदीय दल प्रमुखको जिम्मेवारी पृथ्बीलाल सरदारलाई दिएको छ ।

बुधबार बसेको बैठकमा नेकपाका प्रदेश सदस्य मृत्युन्जय झा, गाउँपालिका इञ्चार्ज प्रदिप साह, सुवास कुमार सरदार, श्यामकुमार मण्डललगायतको उपस्थीति रहेको संगठन विभाग प्रमुख मुकेश बुढाथोकीले जानकारी दिए ।

The post कटहरीमा एकता प्रकृया टुंगियो appeared first on Koshi Online.

प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा गणेशमान

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल

कञ्चनपुर, ८ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका–४ असैँना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने ।

पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको छु भने ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका ढकालले नयाँ संविधान बनेपछिको निर्वा्चित सरकारले २ सय ४२ नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका लागि जग्गा दिने कुरा कानूनमै उल्लेख गरिएकाले जग्गाको मालिक बनाएर नै छाड्ने दृढता व्यक्त गरे ।

अपराधी पत्ता नलाग्दासम्म क्षतिपूर्ति पाउनेसम्मको कानून निर्माण गरिएको पनि उनले बताए ।
उनले भने, ‘सुकुम्वासी समस्या समाधानका लागि भूमिसम्बन्धी कानून बनेको छ । जुन ठाउँमा वर्षौंदेखि बस्नुभएको छ । नडराइकन बस्नोस् । अधिकार सम्पन्न आयोग बनाएर जनताका हातमा जग्गाधनी पूर्जा उपलब्ध गराउँछौँ ।’

The post एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल appeared first on Koshi Online.

मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशको सूचीमा : प्रधानमन्त्री

कमेडी च्याम्पियनमा इटहरीका सुमनले दिए अहिले सम्मकै उत्कृष्ट प्रस्तुती

इटहरी / अहिले नेपालमा कमेडी रियालीटी शाे ‘कमेडी च्याम्पियन’ चलिरहेको छ । पहिलोपटक नेपालमा सुरु भएको यो रियालीटी शाेको चर्चाकाे शिखरमा छ । शाेमा प्रस्तुत हुने प्रतिस्पर्धीहरूले दर्शक स्रोता दिनहुँ बटुल्दै छन् ।

यसैबीच ‘कमेडी च्याम्पियन’मा अर्गयानिक कमेडियनकाे परिचित सुनसरी इटहरीका सुमन कोइरालाले मंगलबार आफ्नाे प्रस्तुतीबाट चारै जना जज्हरूलाइ उठाउन सफल भएका छन् । उनले प्रस्तुत गरेकाे दलालकाे भुमिकाले सबैकाे मन जितेकाे थियाे । कमेडी च्याम्पियनकाे हाल सम्मकाे प्रस्ततीहरूमा चारै जना जजहरूले उठेर ताली बजाएकाे याे पहिलाे पटक हाे । इटहरीका सुमन काेइरालाकाे प्रस्तुती …

The post कमेडी च्याम्पियनमा इटहरीका सुमनले दिए अहिले सम्मकै उत्कृष्ट प्रस्तुती appeared first on Purbeli News.

तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने आधार तयार