भारतीय गायक बप्पी लाहिरकाे नेपाली गीत (भिडियो सहित )

इटहरी / चर्चित भारतीय गायक बप्पी लाहिरीको स्वरमा रहेको नेपाली गीत सार्वजनिक भएको छ । भारतीय गायक बप्पीकाे ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको नेपाली राष्ट्रिय गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक बप्पी पनि प्रस्तुत छन् ।

बप्पीले गाएको यो पहिलो नेपाली राष्ट्रिय गीत हो । प्रदीप काफ्लेको रचना रहेको गीतमा बीबी अनुरागीले संगीत भरेका छन् । निर्मल शर्माको निर्देशनमा बनेको भिडियोमा रामेश्वोर केसी, प्रदीप काफ्ले , योगिता महर्जनलगायतको अभिनय रहेको छ।

 

The post भारतीय गायक बप्पी लाहिरकाे नेपाली गीत (भिडियो सहित ) appeared first on Purbeli News.

ढुक्क हुनुहोस्, थप ऊर्जा लिएर फर्किन्छु : प्रम ओली

Previous articleरोहित घिमिरेको प्रेमको छुरा सार्बजनिक ( भिडियो सहित )
Next articleकमल थापाको दाबी : एमसिसी नेपालको हितमा छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।