स्ववियू निर्वाचन स्थगित

काठमाडौं, ६ फागुन । १४ फागुनमा हुने भनिएको स्वतन्त्रत विद्यार्थी युनियनको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले १४ फागुनलाई तोकेको थियो । विश्वविद्यालयले नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो ।

सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको जनाकारी दिए ।

विद्यार्थी संगठनहरुबीच एकमत नहुँदा स्ववियू चुनाव स्थगित भएको उनले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।

The post स्ववियू निर्वाचन स्थगित appeared first on Koshi Online.

04 April को सूचना: कतारमा पासपोर्ट बनाउन दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??

Previous articleभिटेनले फेरी गाए छाडा गीत (भिडियो सहित)
Next articleअतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।