रत्ननगरको चाउचाउ फ्याक्ट्रीको दोश्रो तलाबाट लडेर एकजनाको मृत्यु

उज्यालो नेपाल- रत्ननगर नगरपालिका वडा नं. १४ पिठुवामा रहेको स्मार्ट फुट एण्ड स्न्याक्स प्रा.ली. (चाउचाउ फ्याक्ट्री) मा भवनको दोश्रो तलाबाट लडेर एकजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोहि स्थान बस्ने वर्ष ५५ का बल बहादुर गुरुङ छन् । घटना हिजो असार १८ गते मंगलबार बिहान ११:५० को समयमा भएको हो ।

फ्याक्ट्रीको कार्यालयमा बिजुलीको काम गर्ने क्रममा एक्कासी दूईतला माथीबाट भुईमा खसेका गुरुङको शरिरको विभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि स्थानिय बकुलहर अस्पताल टांडी लगिएको थियो ।

उनको उपचारको क्रममा झन्डै १२:१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Previous articleखोलेसिमलमा सुनचाँदी पसलमा भएको लुटपाटको घटना पसल संचालककै योजनामा भएको प्रहरी दाबी
Next articleवर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।