चार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा चार गोल गरे

बार्साले एइबरलाई ५–० ले जितेको खेलमा मेस्सीले ह्याट्रिक पुरा गर्दै चार गोल गरे।

मेस्सीले शनिबार राति एइबरविरुद्धको खेलमा १४ औं, ३७ औं, ४० औं र ८७ औं मिनेटमा गोल गरेका थिए।

मेस्सीले यस सिजन गेटाफे, लिभान्टे, भ्यालेन्सिया र रियल बेटिससँगको खेलमा लगातार गोल गर्न सकेका थिएनन्।

चार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा गोल गरेका हुन्।

यस गोलसँगै मेस्सीको गोल्डेनबुट सपनामा आशा जागेको छ। गोल्डेनबुट प्रतिस्पर्धामा मेस्सी १८ गोलसहित छैठौं स्थानमा उक्लिएका छन्।

यस प्रतिस्पर्धामा सिरो इमोबाइल २६ गोलसहित शीर्ष स्थानमा छन्। २५ गोलसहित रोवर्ट लिवानडोस्की दोस्रो स्थानमा, २१ गोलसहित क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा, २१ नै गोल भएका टिमो वेर्नर चौथो स्थानमा छन्।

शनिबार जित निकालेसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्साको २५ खेलबाट ५५ अंक छ। दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ५३ अंक छ।

कोरोनाः इटलीमा एकै दिन १०० को मृत्यु, ६ करोडलाई घरभित्रै बस्न निर्देशन

Previous articleठूलालाई चैन, सानालाई ऐन भन्ने उखान त्यसै बनेको होइन : परराष्ट्रमन्त्री
Next articleसताक्षी गोल्डकपको उपाधि मछिन्द्रलाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।