रश्मि देसाईको अनुभव : १६ वर्षमा नशालु पदार्थ खुवाएर फाइदा लिन खोजे

मुम्बई । बिग बोसको १३ औ सृङ्खलामा सहभागी टेलिभिजन कलाकार रश्मि देसाईले १६ वर्षको उमेरमा काष्टिङ काउचको शिकार भएको खुलासा गरेकी छिन् । उनी १६ वर्षको हुँदा एक युवकले नाजायज फाइदा उठाउने कोशिस गरेका थिए ।

उनलाई अहिले पनि सम्झना छ । ति युवाले भनेका थिए ‘काष्टिङ काउच सामान्य कुरा हो । सहनुपर्छ नत्र कसैले पनि काम दिँदैनन् ।’

रश्मिलाई ति युवाले काम मिलाइदिने भन्दै अडिसनका लागि बोलाए । अडिसनमा जाँदा उनी निकै उत्साहित थिइन् ।
जब उनी अडिसन दिने ठाउँमा पुगिन् निकै सुनसान थियो । ति युवाले कोल्ड ड्रिंकमा नशालु पदार्थ खुवाउने प्रयाश गरे । तर, सकेनन् । अढाइघण्टापछि उनी घर आइपुगिन् र आमालाई सबै कुरा भनिन् ।

रेष्टुरेन्टमा बोलाएर थप्पड

उनले आमाको सल्लाहमा एक रेष्टुरेन्टमा भेटनका लागि युवकलाई बोलाइन् । जब युवक रेष्टुरेन्टमा आइपुगे । आमाले एक झाप्पड हान्दै भनिन् ‘अब मेरी छोरीलाई हेरिस् भने तेरो हालत थप खराब हुनेछ ।’

The post रश्मि देसाईको अनुभव : १६ वर्षमा नशालु पदार्थ खुवाएर फाइदा लिन खोजे appeared first on Rajdhani Daily News.

अर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध

Previous articleकोरोना संक्रमण : कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै
Next articleदिल्ली हिंसामा घर जलाइएपछि दुखित् छन् सीमा सुरक्षा बलका यी जवान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।