आईजिपी थापा र मेयर रेग्मीबीच भेटवार्ता; कालिकामा ईन्पेक्टरसहितको इलाका प्रहरी कार्यालय स्थापनाको लागी छलफल

चितवन, साउन १४ — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र कालिका नगरपालिकाका मेयर विनोद रेग्मीबीच आज भरतपुरमा एक महत्त्वपूर्ण भेटवार्ता भएको छ।

भेटका क्रममा मेयर रेग्मीले कालिका नगरपालिकामा ईन्पेक्टरको दरबन्दीसहितको प्रहरी चौकी स्थापनाको विषयमा चासो राखेका थिए।

प्रतिक्रिया स्वरूप प्रहरी प्रमुख थापाले कालिका नगरपालिकामा छिट्टै ईन्पेक्टरसहितको इलाका प्रहरी कार्यालय स्थापना हुने कुरा बताएका छन्।

कालिका नगरपालिकामा शान्ति सुरक्षाको सुदृढीकरणका लागि लामो समयदेखि स्थानीय जनप्रतिनिधिहरूले यस्तो माग राख्दै आएका थिए।

भेटवार्ता पछि मेयर रेग्मीले विश्वास व्यक्त गर्दै भने, “यो पटक पक्कै काम हुन्छ भन्ने हाम्रो दृढ विश्वास छ।” उनले यस कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नगरपालिकाको तर्फबाट सम्पूर्ण सहकार्य हुने जानकारी दिएका छन् ।

प्रहरी कार्यालय स्थापनापछि कालिकामा सुरक्षा व्यवस्था थप मजबुत हुने, अपराध नियन्त्रणमा प्रभावकारी योगदान पुग्ने, र नागरिकको सुरक्षाप्रति विश्वास बढ्ने अपेक्षा गरिएको छ।

Previous articleधादिङकी छोरी, चितवनकी शान — दिलिजा रुवाली ‘दि भ्वाईस अफ किड्स सिजन ४’ को चम्किलो तारा
Next articleकालिकाको उदयपुर पार्कमा वृक्षारोपण कार्यक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।