संघीयतालाई संस्थागत गर्न सके मात्रै देशको विकास सम्भव : देउवा

ओखलढुंगा – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयतालाई संस्थागत गर्न सके मात्रै देशमा विकास सम्भव भएको बताउनुभएको छ ।

ओखलढुंगामा वीपी स्मृति भवन र कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले यस्तो बताउनुभएको हो ।

अहिलेको संविधानमा एकल पार्टीले बहुमत ल्याउन गाह्रो भए पनि सबै नेता कार्यकर्ता एक भएमा कांग्रेसले बहुमत ल्याउने र चाहेजस्तो विकास गर्ने उहाँको भनाइ थियो ।

देउवाले संविधानले आदिवासी, जनजाति, महिला, मधेसी, अल्पसंख्यक सबैको प्रतिनिधित्व गरेको समेत बताउनुभयो । जिल्ला सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले अहिले चर्चामा रहेको एनसेल घोटल छानविनका लागि माग गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, प्रचार विभाग प्रमुख, केन्द्रीय सदस्यहरु मीनबहादुर विश्वकर्मा, राजिब कोइराला, प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश सभापति उद्धबबहादुर थापालगायतको सहभागिता रहेको थियो । जिल्ला सम्मेलन भोलिसम्म चल्ने कांग्रेसले जनाएको छ ।

Previous articleएकीकृत समाजवादीको महाधिवेशन जेठमा हुने
Next article९ वर्षीय बालकको केपी ओलीलाई चिठ्ठी- युवा अवस्थामा विदेशिने अवस्थाको अन्त्य गर्न आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।