Home ताजाखबर ९ वर्षीय बालकको केपी ओलीलाई चिठ्ठी- युवा अवस्थामा विदेशिने अवस्थाको अन्त्य गर्न...

९ वर्षीय बालकको केपी ओलीलाई चिठ्ठी- युवा अवस्थामा विदेशिने अवस्थाको अन्त्य गर्न आग्रह

काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले चिठ्ठी थमाउँदै युवा अवस्थामा विदेशिनुपर्ने अवस्थाको अन्तय गर्न आग्रह गरेका छन् ।

नेकपा(एमाले)ले सुरु गरेको मध्य पहाडी पदयात्राको क्रममा सुर्खेत पुगेका ओलीलाई स्थानीय गुर्भाकोट नगरपालिका १० भेडाबारीका ९ वर्षीय किशोर पौडेलले युवा विदेशिने अवस्थाको अन्त्य गर्न आग्रह गरेको चिठ्ठी थमाएका हुन्।

उनले लेखेको चिठ्ठी सार्वजनिक गर्दै ओलीले मध्य पहाडी लोकमार्ग निर्माण , ग्रामीण विद्युतीकरण र इन्टरनेटको विस्तार रोजगारी सिर्जनाका लागि थालीएको आयोजना भएको उल्लेख गरेका छन्।

उनले सन्दर्भ स्थानीय सन्देश राष्ट्रिय भन्दै लेखेका छन्, ‘हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए।’

उनले अगाडि लेखेका छन्, ‘मैले सोचें – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’

Previous articleसंघीयतालाई संस्थागत गर्न सके मात्रै देशको विकास सम्भव : देउवा
Next articleसमाचार प्रतिगमनतिर फर्कने कुरा गर्नेहरू देशद्रोही हुन् : ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।