सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन

Click Image

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि व्यक्ति बेपत्ता, बलात्काललगायतका आरोप छ ।

बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिीया युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ ।

साथै अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् । सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको सर्लाही पठाउने तयारी गरेको छ ।

Previous articleयस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने
Next articleशिक्षक सरुवा प्रकरण: नेपाल मावीको प्रअको कार्यकक्षमा लागेको ताला नेविसंघले फोड्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।