वाई वाई ग्लोकल टिनमा आवेदन माग

काठमाडौं । ग्लोकल प्रालिको वाई वाई ग्लोकल टिन हिरो कार्यक्रमको ग्लोकल टिन हिरो इन्डियाको दोस्रो संस्करणका लागि आवेदन माग गरेको छ । दोस्रो संस्करणको घोषणा गरिएसँगै ग्लोकल प्रालि एवं सीवाईडीए दुवै पक्षले खुसी व्यक्त गरेका छन् । ग्लोकल प्रालि र भारतीय राजदूतावासले एक कार्यक्रम आयोजना गरेर वाई वाई ग्लोकल टिन हिरो इन्डियाको दोस्रो संस्करण सञ्चालन भएको घोषणा गरेको हो ।

देशभरिका प्रभावशाली किशोर किशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नवीन आयाम बोकेका हुन्छन् । सानै उमेरमा पनि ठूलाठूला सपना एवं नवीन प्रयासका कामले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठूलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाइन्छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रूपान्तरणका कार्यलगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान् किशोर किशोरीले आवेदन दिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीको कार्यलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरूलाई थप प्रोत्साहन गरी उनीहरूलाई संसारमाझ चिनाएर अरू किशोर किशोरीलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

ग्लोकल टिन हिरोलाई दक्षिण एसियाली राष्ट्रबीच प्रचार गर्ने लक्ष्य हामीले लिएको छ । २०१९ मा ग्लोकल टिन हिरोबाट विभिन्न क्षेत्रका भारतीय किशोर किशोरी सम्मानित भएको पनि कम्पनीले जनाएको छ ।

The post वाई वाई ग्लोकल टिनमा आवेदन माग appeared first on Rajdhani Daily News.

अमेरिकामा टोर्नाडोका कारण बिमानहरु ध्वस्त, मृतकको संख्या २५ को मृत्यु

Previous articleसिटिजन्स बैंकद्वारा एक लाख आर्थिक सहयोग
Next articleचीनबाट ल्याइएका सबै नेपाली स्वस्थ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।