रोकिराखेको ट्रक सँग बस ठोकिँदा चितवनमा २० जना घाईते

0
23

भरतपुर । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

Previous articleपिठुवा खानेपानीमा जुटेन सहमति; निर्वाचन तालिका सार्वजनिक
Next article१८औं सौराहा फूड फेस्टिबल केहि बेरमा सुरु हुँदै : सांसद हरि ढकालले उद्घाटन गर्ने